बुढानिलकण्ठ -१२ का १३० परिवारलाई बालविकास समाजको सहयोगमा खाद्यान्न सहयोग

बुढानिलकण्ठ -१२ का १३० परिवारलाई बालविकास समाजको सहयोगमा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ७ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्ने दैनिक ज्याला मजदुरी गर्ने १३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा नं १२ का विभिन्न गलैचा कारखाना तथा निर्माण मजदुरका रुपमा काम गर्ने मजदुरहरुलाई बालविकास समाजको सहयोगमा उक्त खाद्यान्न वितरण गरिएको थियो।

बालविकास समाजका सल्लाहकार समिति, कार्यसमिति पदाधिकारी तथा संस्थामाकार्यरत सबै कर्मचारीहरुबाट संकलन गरिएको आर्थिक सहयोगले प्रदान गरिएको उक्त सहयोग  बालविकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाल र वडा नं  १२ काअध्यक्ष शम्भु भट्टराईले हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा नगर कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा सदस्य पुरुषोत्तम नेपाल ,वडा सदस्य डिल्ली प्रसाद खतिवडा,बुढानिलकण्ठ नगर प्रहरी प्रमुख रमेस खतिवडा  सहित समाजका कर्मचारी तथा स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।उक्त सहयोग वडा नं   १२   पहिचान गरेका मजदुर तथा विपन्न परिवारहरुलाई मात्र समेटिएको थियो ।

सो अवसरमा वडा अध्यक्ष सम्भु भट्टराईले वडाका तर्फबाट पनि राहत वितरण गर्ने काम भइराखेको र यो संकटको घडीमा संस्थाले सहयोग गर्ने  वडासँग समन्वय गरेर  सहयोग गरेकोमा संस्था प्रति आभार प्रकट गरेका थिए।

तपाइँको प्रतिक्रिया ।