काठमाडौं बाहिर पनि शुरु भयो “एक घर एक रक्तदाता” अभियान

काठमाडौं बाहिर पनि शुरु भयो “एक घर एक रक्तदाता” अभियान

कपन अनलाइन

काठमाडौं ,बैशाख ७।

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान  चौथो हप्तामा प्रवेश गरेको छ ।

यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा थानकोट चन्द्रागीरी निवासी रीतुकुमार श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत मिति ७ बैशाख रगत संकलन गरिएको छ। चन्द्रागीरी नगरपालिका वडा नं ३ अन्तर्गत थानकोट क्षेत्रका २० जना स्थानीयले रक्तदान गरेका छन् ।

लकडाउनको समयमा रगतको अभाव भएको आवस्थामा सामाजिक संजाल  मार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गरेको बताउदै  रितुकुमार श्रेष्ठले घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर उक्त रक्तदान कार्यक्रम गरेको उनले जानकारी दिए ।

यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताए ।

“एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामा पनि व्यापकता लिएको बताउदै  उपशाखाका सचिव प्रकाश अमात्यले जानकारी सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्ने बताएका छन   ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको अवस्थामा  रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ ।

गत  साता शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले जानकारी दिएका छन

 

तपाइँको प्रतिक्रिया ।