काठमाडौं महानगर वडा नं १४ का वडावासीलाई सुरक्षित राख्ने प्रयासमा छौ : शोभा सापकोटा( वडा अध्यक्ष)

काठमाडौं महानगर वडा नं  १४ का वडावासीलाई सुरक्षित राख्ने प्रयासमा छौ : शोभा सापकोटा( वडा अध्यक्ष)

कपन अनलाइन।

अहिले विश्व कोरोना भाइरस बाट विश्वका हरेक देशहरुले आफ्ना नागरीकलाई सुरक्षीत राख्न हरेक प्रयासहरु गरीरहेका छन् ।  नेपालमा पनि केन्द्रसरकार,प्रदेशसरकार र स्थानिय सरकार आफ्ना नागरीकलाई सुरक्षित राख्न बिभिन्न प्रकारको योजना बनाएर कार्यनयन गरिरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिका वडा न. १४ मा कोरोना भाइरसको जोखिम न्युनिकरण र राहततिरणको विषयमा कपन अनलाइनका बामदेव भट्टले  वडा अध्यक्ष शोभा सापकोटा संग  गरेको  कुराकानी प्रस्तुत गरिएको छ।

कपनअनलाइन :कोरोना भाइरसको महामारिमा कसरी वडाबासीलाई सुरक्षित राख्ने प्रयास गर्नु भएको छ ?

शोभा सापकोटा:केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्यसुरु गरे देखि नै म र मेरो सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं आफ्ना नागरिक  घर आगनमा छौं ।हामिले पहिलो चरणमा तिन प्रकारको कार्य गरेका थियौं।

जनचेतना जगाउने,माक्स र सेनिटाइजर बितरण गर्ने, हेल्प डेक्स संचालन गर्ने कार्य सम्पन्न गर्नुका साथै  साबुन पानीले हातधुने जागरण ल्याउन  वडा भित्र रहेको चोक चोकमा हातधुने प्रदर्शनी गरिएको छ  ।
कपनअनलाइन :कोरोना भाइरसको परिक्षण  कसरी  गरिरहनु भएको छ ?
शोभा सापकोटा:यो वडामा अहिले सम्म तेस्तो अफ्ट्यारो  केस  आएको छैन । विदेश बाट आउनु का  २८ जनालाई होम क्वारेट्टाइममा राखेका छौं तेस्तो नराम्रो खबर आएको छैन ।

हामिले टोल टोलमा गएर कोरोना भाइरष लागेको संका भएको ब्यक्तिको खोजी गरिरहेका छौं ।हाम्रो वडामा तिन ठुला हस्पिटलहरु रहेकाले अरु स्थानीय तह जस्तो क्वारेनटाइन हल त बनाउनु परेको छैन । तर ती हस्पिटलहरु सग समन्यन गरी आबश्याक पर्दा हाम्रो वडाका नागरीक राख्न सकिने ब्यबस्था मिलाएका छौं । यसको लागी मैले वडा भित्र रहेका सबै स्वास्थ्य सेवादिने क्षेत्र सग छलफल गरेको छू । उहाँहरुले आबश्याक पर्दा जस्तोसुकै सहयोग गर्नै बचन दिनुभएको छ ।
कपनअनलाइन :यो प्रक्रियामा स्थानिय बासिन्दा , युबा र समाजका  अगुवाहरुको कस्तो सहयोग पाउनु भएको छ ?
शोभा सापकोटा:मेरै अध्यक्षतामा सर्बदलिय र  सर्बपक्षिय बिपत ब्याबस्थापन समिती गठन गरिएको छ । यो वडामा रहनु भएका सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, प्रत्रकार, वुद्धिजिवी  आदिमहानुभावहरु निकै सक्रियता पुर्वक लाग्नु  भएको छ ।
यसमा युवाहरुको सक्रियता एकदमै सराहनीय रहेको छ । उहाँहरुको उपस्थितीले हामीलाइ धेरै सहयोग महसूस भएको छ । सबै पक्षको राम्रो सहयोग पाएको छु ।
कपनअनलाइन :राहत बितरण प्रक्रिया कसरी संचालन गर्नु भएको छ ?
शोभा सापकोटा:बिपत ब्यबस्थापन समितिको बैठका वसेर वडा भित्र रहेका प्रत्येक  टोलमा  सहजकर्ता तोकेर  ती सहजकर्ता मार्फत  राहत आबश्यक पर्ने महानुभाबहरुको तथ्यांक  संकलन गर्ने काम भएको छ  । लगमग ४१०० परिवारलाई  हामीले राहत दिनुपर्ने देखियो । नगरपालिकाले दिएको आठलख रुपँयाको सामान घटाघटको आधारमा खरीद गरियो ।

राहात बितरण प्रक्रिया मा हामी अली लचिलो भएका छौ ।कागजपत्र नभएकाहरु हामी भोकै छौं भन्दै आउछन् के गर्ने अनूहार हेर्दा माया लाग्छ मानबिय नाता ले सकेसम्म सबैलाइ दिएका छौं । वडामा सामाजिक दुरी कायम गरी दुइठाउँमा खानाको मेस चलेको छ ।

कुलेश्वर  महादेब मन्दिरमा सामुदायिक  प्रहरीको सक्रियतामा मनकारी दाताहरुले दिनुभएको दानबाट   बिहान बेलुकाखान अप्ठेरो परेका नगरीकलाई दैनिक भोजन  गराउने कम निरन्तर रहेको छ।

अर्को यो फलफूल मण्डिको छेउको नयाँबस्तीमा पनी त्यहाँको यूबाहरुको सक्रियतामा मनकारी दाताहरुबाट प्राप्त दानले दैनिक मेस संचालन गरिरहेको छ  ।
कपनअनलाइन : लकडाउन त लम्बियो वडाको अबको योजना के छ  ?
शोभा सापकोटा:नगरपालिका सग थप रकम माग गर्न  हामीले राहतदिनुपर्ने सख्यांको अभिलेख  पठाएका छौं । ठुला ठुलाब्यापारीहरुले  जिन्सीदान गर्नू भएकोछ भने   फेरी दान गर्ने इच्छा देखाउनु भएको छ ।अरु गैरसरकारी संथाहरुसंग पनी सम्पर्क भएको छ।हामी त्यो अवस्था संग सामना गर्ने तयारीमा छौ।
कपनअनलाइन :अन्तमा वडाबासीलाई केहि भन्नु छ ?
शोभा सापकोटा:जनघनत्व बढि भएको यस वडाका वास्तविक  आँखा  भनेका जनता हून त्यसैले  कुनै परिवारमा बिरामी भएको वा खान नपाएको अबस्था छ भने हामीलाइ खबर गरिदिनुहोस् । यो वडा उच्च जोखीममा रहेको वडा हो किनकी यो वडा  काठमाडौं भित्रिने मुखमा पर्छ।

त्यसैले म मेरा वडा वासीदाजुभाई, दिदीबहिनीहरुलाई विनम्रअनुरोध गर्दछु सकेसम्म घर बाट बाहिर ननिस्कन र  निस्कनु परेमा सामाजिक दुरी  कायम राख्न अनुरोध गर्दै यदि कुनै अप्ठ्यारो परेमा  जनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दछू ।
मेरा सहकर्मी जनप्रतिनिधीहरु हामी संगै संधै लागी परेका छौं ।

प्रकोप संग लडन आमा समुह ,महिला समुह , स्थानिययुवाहरु सुरक्षाकर्मी, स्वास्थ्याकर्मीको पनी उच्च सहयोग रहेको छ भने केही महानुभावहरुले  जिन्सी सहयोग  दिएर हाम्रो मनोवल बढाउनु भएको छ । कलकारखाना,फलफुल मण्ढि ,तरकारी पसल र  कार्यलय बन्द गरिदिएर पनि हामिलाइ सहयोग सबैलाइ धन्यवाद दिन चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।