शंखरापुर नगरपालिकामा आज देखि लक डाउनलाइ थप कडाइ गरिने

शंखरापुर नगरपालिकामा आज देखि लक डाउनलाइ थप कडाइ गरिने

कपन अनलाइन 

काठमाडौं बैशाख ४ । छिमेकि नगरपालिका  कागेश्वोरी मनोहरा नगर पालिका मा कोरोना संक्रमित भेटिए संगै शंखरापुर नगरपालिकाले लक डाउनलाइ थप कडाइ गर्ने भएको छ।  कोरोना संक्रमण जोखिम न्यूनीकरणको लागि सरकारले सरकारले समेत १५ गतेसम्म लक डाउनको अवधी बढाए संगै शंखरापुरमा समेत प्रशासनले लक डाउन कडा बनाउने र आवश्यक  परे बल समेत प्रयोग गरिने महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थीले बताएका छन। उनले अत्यावश्यक सेवा बाहेक अन्य सबै किसिमका पास समेत बन्द गरिने  बुधबार मात्र  १ सय जना पुरुष र  ३० जना महिला गरि १ सय ३० जनालाइ लक डाउन उल्लंघन गरे बापत होल्डमा राखेर  कारवाही  गरिएको र सवारी साधन समेत जफत गरेको जानकारी गराए ।

त्यसै गरि उनले सिन्धुपाल्चोक बाट आएकालाई उतै फर्काइएको बताउदै सिन्धुपाल्चोक,र काभ्रेको नाका पुर्ण रुपमा बन्द गर्न लागिएको पनि  जानकारी गराए ।कोरोना  भाइरस संक्रमणको  जोखिम बढे सँगै स्थानीयको  गुनासो बढेको अनावश्यक रूपमा हिडडुल गर्ने र चोक  चोकमा  बसि गफ हाक्नेहरूलाइ  देख्ना साथ भाटा कारवाही सम्म  गरिने चेतावनी दिदै उनले सबैलाइ  अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि अनुरोध गरेका छन ।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।