निश्चित समयमा मात्र सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गर्न काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाको अनुरोध

निश्चित समयमा मात्र सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गर्न काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाको अनुरोध

कपन अनलाइन

काठमाडौं बैशाख ४। काठमाडौं महानगरपालिका वडा नं ६का वडा अध्यक्ष दिपेन्द्र लामाले  वडा बासीलाई लक डाउन पूर्ण रुपमा कार्यन्वयन गर्न अनुरोध गरेका   छन। लक कडाउनमा  सर्वसाधारणको हेलचेक्य्राइँ बढेको भन्दै सबैलाई  लक डाउनको पूर्ण पालना गरि घरमा सुरक्षित रहन आग्रह गरेका हुन्  ।

उनले  विश्व ब्यापी महामारीको रुपमा फैलीएको  कोरोना(COVID-19)  बाट जोगिने सबै भन्दा उत्तम उपाय भनेको घरमा सुरक्षित बस्ने , हुलमुलमा नजाने र सामजिक दुरी कायम गर्नु बाहेक अर्को कुनै बिकल्प नभएको हुँदा कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अत्यावश्यक काम परेका बेला बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन ।

उनले अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै  मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाटमन्दिर दर्शन  जस्ता काम पनि नगर्न पनि अनुरोध गरेका छन । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ’फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने  भएकोले त्यसो नगर्न पनि अनुरोध गरेका छन ।

उनले  बैशाख ३ गते बसेको वडा समितिको निर्णय अनुसार काठमाडौं महानगरपालिका वडा नं ६ भित्र संचालित औषधी पसल बाहेक अन्य पसलहरु बिहान ५ देखि ९ बजे सम्म मात्र खुल्ला गर्ने निर्णय भएको जानकारी गराउदै औसधी पसल बाहेक अन्य खाद्यान्न लगायतको पसल बिहान ५ बजे देखि बिहान ९ बजे सम्म मात्र सामाजिक दुरी कायम गरि खोल्न अनुरोध गरेका छन । उनले अन्य समयमा पसल नखोल्न पनि अनुरोध गरेका छन। उनले सम्पूर्ण वडा बासीलाई २०७७ सालको शुभकामना ब्यक्त गर्दै

 

तपाइँको प्रतिक्रिया ।