त्राहिमाम विश्वमा राम-राज्यको चाहना

त्राहिमाम विश्वमा राम-राज्यको चाहना

कपन अनलाइन 

काठमाडौं ,चैत २५/सम्झना शर्मा ढकाल

हिन्दुहरुको महान चाड रामनवमी भर्खरै सकिएको छ |यसलाई चैते दशैं पनि भनिन्छ | हिन्दु धर्मावलम्बीहरु रामलाईभगवान विष्णुको दशौँ अवतार मध्ये सातौ अवतार मानेर पूजा अर्चना गर्दछन् | चैतशुक्लपक्ष नवमी तिथिका दिन यो पर्व मनाइन्छ ।

सधैं हर्षोल्लासले मनाइने यो पर्व यसपाली शुन्य रह्यो |विश्वमा फैलिएको महामारीका कारण घरबाहिर ननिस्किने आदेश आए लगत्तै कतै पनि कुनै प्रकारको चहल पहल देखिएन तथापि यस पर्वको आफ्नै ठुलो महत्व छ  ।

रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकिद्वारा रचित, संस्कृत महाकाव्य रामायणमा उल्लेखित छ। उनको विषयमा तुलसीदासले भक्तिकाव्य श्री रामचरितमानसको रचना गरेका थिए । विशेष रूपले उत्तर भारत र नेपालमा हिन्दु धर्मावलम्बीमाराम धेरै पूज्यनीय मानिन्छन् । उनीआदर्श पुरुष हुन्।

अयोध्याका राजा दशरथ तथा रानी कौशाल्याका जेठा सुपुत्रका रुपमा उनको जन्म भएको थियो  । श्री रामका अरु तीन भाईहरु थिए, लक्ष्मण , भरत र शत्रुघ्न  । उनको विवाह जनकपुरका राजा जनककी छोरी सीतासंग भएको थियो ।रामको कार्यकाल त्रेतायुगको मानिन्छ |श्री रामको जीवन चरित्र मानव जीवनको कथा हो । रामकथावैरागी, गृहस्थ र राजनीतिज्ञ सबैका लागि उपयुक्त मानिएको छ ।

राजा राम सत्य, प्रेम, करुणा एवं दयाका मूर्ति थिए। उनले व्यक्तिगत स्वार्थलाई कहिले पनि महत्व दिएनन्। उनलाई १४ वर्षको वनवास पठाउँदा पनि माता पिताप्रतिको उनको आदर भावमा कमी आएन।भाइ भरतले पनि राज सिंहासनमा वस्न मानेनन् र राज सिंहासनका उत्तराधिकारी दाजु राम भएकाले बरु रामलाई फर्काउन वनमा गए। रामले आफ्नापिता, माता, भाइहरु, जनताप्रति गरेको व्यवहार अहिलेसम्म पनि उदाहरणीय मानिन्छ।उनको शाशन पद्धति असत्यमाथि सत्यको विजयमा आधारित थियो  ।

जुन राज्यमाअन्याय, अत्याचार दुःख दरिद्रता छैन त्यस्तो राज्यलाई हामी अहिले पनि रामराज्य भनेर सम्वोधन गर्दछौं । तर यसको विपरीत जहाँ अन्याय, अत्याचार, धर्म र धर्मका साधकहरुमाथि प्रहार हुन्छ र ईश्वरप्रतिको निष्ठा हुँदैन र म नै राज्य हुँ, म नै सर्वेसर्वा हुँ भन्ने अहंभाव हुन्छ, त्यस्तो राज्यलाई असुरराज्य वा असुरको शासन प्रणाली भन्ने गरिन्छ। असुरको शासन प्रणालीको उदाहरण दिनु पर्दा हामी हिरण्यकसिपु वा कंसको शासनलाई लिने गर्दछौँ ।

हिरण्यकसिपु ईश्वरको अस्तित्व छैन भन्थ्यो।उसले ईश्वरका मन्दिरहरु भत्काउन लगायो। ईश्वरका भक्तहरुलाई यातना दिएर मार्‍यो। कसैले पनि नारायणको नाम लिएमा उसले मृत्यु दण्ड दिन्थ्यो। जनताले दिनै नसक्ने गरी कर लगाउँथ्यो। कर तिर्न नसक्नेलाइ मार्न लगाउथ्यो। त्यस राज्यमा न्याय भन्ने कुरा थिएन र व्यक्तिगत स्वार्थले प्रश्रय पाएको थियो।जता-ततै दम्भ , अराजकतार अधर्मको राज्य थियो ।

त्यसै गरी कंसले आफ्नोस्वार्थ पूर्तिका लागि आफ्नै पितालाई कारागारमा राखेर शासन आफ्नो हातमा लियो। आफ्नै बहिनी देवकीलाईमार्न समेततयार भयो। आफू सुरक्षित हुन गोकुलका बालबालिकाहरुलाई मार्न लगायो। जनताबाट बढी भन्दा बढी कर उठाउँथ्यो। अन्न ,दूध, दही आदि चिज कर बापत वुझाउनु पर्दथ्यो।

उसले भगवान् कृष्णप्रति डाहा गर्‍यो र मार्ने समेत षडयन्त्र गर्‍यो। त्यसकारण जनता कंससित त्रसित थिए। जनतालाई दुःख दिनु नै कंसको दैनिक काम हुन्थ्यो। त्यसकारण कंस राज्यकसैले वेहोर्न नपरोस भन्ने गरिन्छ।

हाल हामीले भोगिरहेको शासन प्रणालीमा रामराज्यलाई कतिको महत्व दिइएको छ भन्ने नै आजको चर्चाको विषय हो ।रामराज्यसत्य ,धर्म र नैतिकतामा आधारित थियो।

कुनै पनि देशकोलोककल्याणकारी शासन पद्धति र शान्ति सुव्यवस्था तथा स्वच्छ न्याय अवस्थालाईरामराज्यमा कल्पना गरिन्छ। तर हालको शासन व्यवस्थामा नेताहरुलेअरु देशभन्दा आफु तल नरहने र नीतिहीन उन्नतिको पथमा सधै अग्रगामी हुने सोचलाईलागु गर्नेगरेको हुँदाशान्ति र सुरक्षा नै भंग भएको छ । न्याय व्यवस्थामा पनि जसको हातमा लठ्ठी, उसैको भैंसी भन्ने उखान चरितार्थ भएको देखिन्छ।

रामराज्य नैतिकतामा आधारित थियो। हाल नैतिकताको धज्जी उडेको छ। पाश्चात्यजीवन शैली ,व्यवहार र मानसिकताले मोजमज्जा गर्नु र कुनै पनि प्रकारले धन आर्जन गर्नु नै जीवनको आदर्श हुन गएको छ। लागुपदार्थ सेवनगरी लठ्ठ पर्नु, खुलम खुल्ला अंग प्रदर्शन गर्नु, स्वार्थ प्राप्तिकालागि वेइमानी गर्नु, अन्याय गर्नु, धोखा दिनु, कमजोरतथा निर्धामाथि हैकम चलाउनु ,छलछाम गर्नु सामान्य कुरा भएकोछ। यसले गर्दा सभ्य, सदाचारी, नैष्ठिक नागरिकलाई जीवन निर्वाह गर्न ज्यादै कठिन हुँदै गएको छ। देश हाँक्ने नेताहरुदेखि साधारण जनतामा पनि नैतिकताको खडेरी परेको देखिन्छ।

अहिले स्वधर्मलाई अनादर गर्दै परधर्म अवलम्बन गर्नेबढ्दो प्रवृत्तिमाअरुले हाती चढे आफु धुरी चड्ने प्रचलन बढ्दो छ ।यसले गर्दा हाम्रा मूल्य मान्यता, संस्कार वा संस्कृतिमा आघात पर्नसक्नेकुरामा कुनै संकोच छैन। यस्तै गरी आदर्श व्यक्ति भनिएका व्यक्तिहरु विभिन्न दुराचारमा संलग्न भएको कुरा प्रकाशमा आउनाले रामराज्य एक कल्पना मात्र रहन गएको छ। यो कुरो सर्वब्यापी र सर्वबिदितै छ ।

महाभारतका प्रसिद्ध पात्र विदुरका अनुसार देशको शासन व्यवस्था धर्म अनुकूल हुनु पर्छ। उनका अनुसार सत्य, न्याय, धर्म तथा नीति शासन व्यवस्थाका प्रमुख आधार स्तम्भ हुन्। राज्यमा यी आधारभूत स्तम्भ कमजोर छन् वा स्तम्भनै छैनन् भने त्यहाँका शासक स्वेच्छाचारी हुन्छन् र जनताले दुख पाउँछन्।

वास्तवमा धर्मविहीन राज्यको कल्पना पनि गर्न सकिँदैन। धर्म विहीन नीतिले समाज तीव्र गतिले पतनतिर उन्मुख हुन्छ। धर्म बिना राष्ट्र जीवन्त हुन सक्दैन| यहाँ धर्मको अर्थ शाशकको नैतिकता र मानवहितको विचार नै हो | राष्ट्रको रक्षाका लागि सत्तापक्षमा मानवीय धर्म बलियो हुन अतिनै आवश्यक छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि उनीहरुमा मानवीय धर्म र संयमित आचरणहुनु आवश्यक छ।

अहिले विश्वमा भौतिक विकास चरम उत्कर्षमा पुगेपनि मानिसमा रोग, भोक, शोक, अशान्ति, झगडा, युद्ध, आत्महत्या, आतङ्कमा वृद्धि भैरहेको छ र यसले गर्दा जीवन कष्टकर भइरहेको छ।

यसको मुख्यकारण मानवीय धर्मप्रति आएको अनास्था र नैतिकतामा आएको ह्रास नैहो। अरु भन्दा म के कम भन्ने होडबाजीमा लाग्दा नै आज विश्व अनेक प्रकारका रोग व्याधि ,अशान्तिमा होमिइरहेको छ । हुँदा हुँदै मानिसहरुमा जीवन रक्षाको चुनौती देखा परेको छ ।

यस परिस्थितिमासबै दल, नेतृत्ववर्ग र जनताले चाहेमा आफ्नोचरित्र, व्यवहार र नीतिमा सुधार गर्न सके रामराज्यको पुनस्थापनानहोला भन्न सकिन्न।

अहिले पनि रामराज्य को परिकल्पना गर्दारामको राज्यमा जसरी सारा मानिस खुशी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए| आफ्नो शासकीय कौशलताका कारणरामलाई मर्यादा पुरुषोत्तम भनिन्छ अर्थात् उनी पुरुषहरु मा उत्तम मानिन्छन् | हामीले यस भावलाईअनुशरण गर्न सके मात्र रामनवमीलाई महत्वपुर्ण पर्वको रूपमामनाउनुको अर्थ होलाभन्न अत्युक्ति नहोला ।

आदिकवि भानुभक्त आचार्यलेत्यसबेलावाल्मिकीयरामायणकोभावानुवाद गर्नुको रहस्यको सहजै अनुमान लाउन सकिन्छ | अशिक्षित, अन्धविश्वासले ग्रस्त नेपाली समाजलाई अज्ञानताको अन्धकारबाट बाहिर निकाल्नु यस काव्यकोप्रमुख उद्देश्य थियो ।

हरेक सदस्यको परिवारप्रतिको उत्तरदायित्व, साना- ठुलाको आचरण , सदाशयता , ज्ञान- तपस्या सहनशीलता आदिको उत्तम नमुना हो रामायण  । मानवताको घेरो बाहिर नगईकन आफ्नो पवित्र चरित्रद्वारा समस्त मानव समाजलाई कल्याणप्रद उत्तम उपदेश दिनेगरेको हुनाले रामलाई मर्यादा पुरुषोत्तम भनेको हो र यीनै चरित्रलाई उजागर गर्दै राज्य संचालनको कुशल व्यवस्थापन गर्दा उनको शाशनकालमा सबैले शान्ति सुरक्षा र समृद्धिको अनुभूति गरेका हुनाले नै रामराज्यको उपनाम दिइएको हो  ।

भौतिकवादको प्रचण्ड रणभूमिमा रामनवमीको पावन पर्वले पुनः एकपल्ट रामराज्यलाई झकझक्याएको छ | समस्त मानवजातिमा मर्यादित , कर्तव्यपरायण,नीतिवान र विश्वबन्धुत्वको भावना जागृत गर्न र रामराज्यको पुनः स्थापना गर्न होस्टेमा हैंसे थप्न यस पर्वले ठुलो स्तम्भको काम गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।