कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित सुकुम्बासी बस्तीमा एनटीए द्वारा राहत वितरण

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित सुकुम्बासी बस्तीमा एनटीए द्वारा राहत वितरण

कपन अनलाइन

काठमाडौँ, चैत्र २५ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६  स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संगै रहेको सुकुम्बासी बस्तीमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहकार्यमा राहत वितरण गरिएको छ ।

 विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण प्रभावित दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी टोलका परिवारलाई सोमबार तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्का स्वयम उपस्थित भइ राहत सामग्री वितरण गरेका हुन् । उक्त क्षेत्रमा बसोबास गर्दै आएका १० घरका परिवारलाइ राहत वितरण गरिएको थियो  ।

वितरण गरिएको खाद्य राहत सामग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका छन् । एक परिवारलाई करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको अध्यक्ष  अशोक खड्काले कपन  अनलाइनलाइ  जानकारी गराए  । उनले  दोश्रो चरणमा मंगलबार कागेश्वरी मनोहरा नगरपालिका वडा २ स्थित आलापोटमा रहेका निम्न आर्थिक अवस्थाका परिवार, दलित र एकल महिलालाई राहत वितरण गर्न लागिएको जानकारी गराए।  २०७२ सालको भूकम्पमा पनि एनटीएले भूकम्प पिडितलाइ राहत वितरण गरेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।