बागमती प्रदेस सरकार द्वारा कोराना रोकथामको काम संगै बजेटका बिषयमा छलफल सुरु

बागमती प्रदेस सरकार द्वारा  कोराना रोकथामको काम संगै बजेटका बिषयमा छलफल सुरु

कपन अनलाइन
हेटौंडा, चैत २५।
बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसंगै आगामी बजेका बिषयमा छलफल सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने बिषयमा प्रारम्भिक छलफल भएको हो ।

कोराना रोकथाम, नियन्त्रण र उपचारसंगै अब आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एबम् सचिबहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन  ।
छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागि सबैले सहमति जनाएका छन  ।

जति सङ्कट भएपनी आन्तरिक रुपमा आगामी बजेटका बिषयमा छलफल गर्न केहि समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए  । उनले भन्नुभयो–‘अहिलेको समयमा कार्यलय बन्द गर्ने होइन, भित्र बसेर काम गर्ने हो, जिम्मेवारीहरु धेरै छन्, काम गरौं काममा जुटौं’ ।

गएका बर्षहरुमा बनाएका बजेटको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे  । हामी हरेक कुरामा परिबर्तन गर्छौ भनेर निर्बाचित भएर आएको भन्दै अबपनि हामीले कामहरुको गति अझ बढाउनुपर्ने बताए  ।

उनले भने –‘कुरा मात्र नयाँ हैन अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परीबर्तन ल्याउन सरकारले हर सम्भब प्रयास गर्नुपर्छ, नयाँ बिचार नयाँ योजनाका साथ काम गर्नुपर्छ ।’
बजेटलाई कामकाजी मात्र हैन, कसरी प्रभावकारी बनाउन ? कुन मोडेलको बजेटले हाम्रो प्रदेश सम्बृद्ध हुन्छ त्यो छुट्टाएर काम गर्न सक्यो भने सम्बृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।
जनताले अनुभुत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्षय रहेको उहाँको भनाई थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्त्वपूर्ण कुराहरु समाबेश गरेर योजना बनाउन पनि उहाँले आग्रह गनुभयो ।

आर्थिक वृद्धि र रोजगारीको आधार देशमा सिर्जना गर्नुपर्ने भन्दै यस्ता कुरामा बिषेश ध्यान दिन पनि उनको आग्रह थियो । देशमा रोजगारी सिर्जना गर्ने अवस्था, शिक्षा, स्वास्थ्य तथा खानेपानीका योजना प्राथमिकता हेरेर योजना बनाउन पनि उनको सुझाब थियो ।

कृषि, शिक्षा लगायतका क्षेत्रका अनुदानलाई कटौटी गरेर बिना ब्याजमा ऋण दिनेगरी बजेट ल्याउने पनि उनको भनाई थियो । बजेट बनाउनुभन्दा अगाडि निति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै सबै मन्त्रालयहरुलाई दुबैको तयारी थाल्नुपर्ने बताएका छन  ।
बिगतमा भन्दा फरक अनुभुती हुने गरि बजट ल्याउन छलफल गराउन सुरु गरीएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए । अहिले मुलुक कोरोना भाईरसका कारण लकडाउन भएपनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिएका छन  ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक बिकास मन्त्री युवराज दुलाल, योजना आयोगका कार्यबहाक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिबहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।