कोभीड–१९ सामु घुडा टेक्दै विश्व

कोभीड–१९ सामु घुडा टेक्दै विश्व

कपन अनलाइन

काठमाडौं ,चैत २४ /सन्तोष खड्का

एउटा चिया पसलेलाई देश कसरी चलाउनु पर्छ भन्ने थाहा हुन्छ तर उस्लाई सँधै मिठो चिया कसरी बनाउने भन्ने कुराको मेलो हुन्न त्यसैले म जस्तो बबुरोले देशरुपी सवारी हाँक्नेलाई यसरी गुडाउनु पर्छ भन्नु हत्केला ले रविलाई छेक्नु जस्तै हुने भान हुदाहुदै   पनि मनमा लागेका केही भनुकी जस्तो लाग्यो ।

मेरो मूल आशय चाहीँ जसरीकुनै खेलमा प्रशिक्षकले सल्लाह सुझाव दिन्छ तर आफै  चाहिँ  मैदानमा उत्रिदैन, फेरी भन्न लाई त भनिएला प्रशिक्षक हुनलाई पनि त योग्यता चाहिन्छ, सामान्य नियम र कौशल जान्ने वितिकै  प्रशिक्षण दिन सकिदैन ।

यसो भन्दै गर्दा सल्लाह, सुझाव एवं समिक्षा भने जस्ले पनि दिन सक्छ, आखिर “अर्ति भनेको घर्तीको पनि लिनु” भन्ने मान्यता अझैपनि सान्धर्भीक छ । फेरी हामीले बुझ्न जरुरी छ की यसो भन्दा “घर्ती” थरलाई होच्याउन खोजेको चाहीँ पक्कै हैन ।

युग पनि कस्तो आयो, मानव जातिको ईतिहासमा पुरा विश्वलाई नै फेरी समस्या आयो, अब यस्बाट पार पाउन भने आधुनिक मानव सामर्थ राख्द छ ।

विभिन्न घटनाक्रमलाई केलाउँदा हाम्रो सरकारलाई गालि गर्नुपर्ने कुनै कारण देख्दिन किनकी अरु ठूला, शक्तिशाली र विकसीत देशले समेत समयामा दुरदर्शीता नदेखाउँदा आज जाबो “कोभीड–१९” सँग घुडा  टेकीराको छ भने हामी को हौँ र ? हामी सँग त्यस्तो दिव्यदृष्टि कहाँँ थियो र? भए पनि कसैले सावधानी अपनाउँ भन्दा कस्लेपो टेर्छ  होला र ?

“कोभीड–१९स” को समय रेखा

मति २०७६ महत्वपूर्ण घटनाहरु

१ मङ्गशीर –   कोभीड–१९  चिनमा पहिलो सङ्क्रमित (अनाधीकारीक÷ प्रतिवेदन अनुसार)

१५ मङ्गशीर-  कोभीड–१९  द्वारा हुबाई प्रान्तमा पहिलो आधिकारीक सङ्क्रमित

१५ पौष-     कोभीड–१९  द्वारा हुबाई प्रान्तमा पहिलो आधिकारीक मृत्यु

२८ पौष-     कोभीड–१९  को थाईल्याण्डमा पहिलो (चिन बाहिर) सङ्क्रमित

३ माघ-      विश्व स्वास्थ्य संगठनको आग्रहमा त्रिभुवन विमानस्थलमा अवतरण हुने यात्रुहरुको तापक्रम परीक्षण सुरु ।

६ माघ-      कोभीड–१९  को कोरीया र संयुक्त राज्य अमेरीकामा पहिलो सङ्क्रमित

१० माघ –    कोभीड–१९  को फ्रान्समा पहिलो सङ्क्रमित पुष्टि

कोभीड–१९  को नेपालमा पहिलो सङ्क्रमित

११ माघ –    कोभीड–१९  को अष्ट्रलियामा पहिलो सङ्क्रमित पुष्टि

१३ माघ –    कोभीड–१९  को जर्मनीमा पहिलो सङ्क्रमित पुष्टि

१४ माघ –    संयुक्त राज्य अमेरीकाले टेस्टीङ कीटको विकास

१६ माघ-     कोभीड–१९  को भारत र जापानमा पहिलो सङ्क्रमित पुष्टि

१५ माघ   विश्व स्वास्थ्य संगठन द्वारा “जन–स्वास्थ्यमा आपतकालिन” समयको घोषणा

१७ माघ  –  कोभीड–१९  को ईटली, स्पेन र संयुक्त अधिराज्यमा पहिलो सङ्क्रमित पुष्टि

संयुक्त राज्य अमेरीकाद्वारा “जन–स्वास्थ्यमा आपतकालिन” समयको घोषणा र

चीनमा जाने र आउने सम्पुर्ण हवाई यात्रामा निषेध

४ फागुन –  चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई उद्वार ।

७ फागुन –  कोभीड–१९  को इरानमा पहिलो सङ्क्रमित पुष्टि

१८ फागुन-  कोभीड–१९  सङ्क्रमित देशबाट नेपाल आउने सम्पुर्ण विदेशीहरुलाई अराइभल भिसामा रोक ।

सरकारद्वारा नेपाली जनतालाई भिडभाड नगर्न आग्रह र विद्यालयको शैक्षिक सत्र चैत्र ५ सम्म सक्न निर्देशन ।

२५ फागुन-  नेपालबाट सिगांपुर हुदै  अष्ट्रेलिया(तासमानिया) पुगेका एक नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि

२६ फागुन-  संयुक्त अरब इमीरेट्समा २ नेपाली सङ्क्रमित भएको पुष्टि

२८ फागुन –  कोरोना भाईरसको प्रकोपलाई विश्व स्वास्थ्या संगठनद्वारा महामारीको रुपमा घोषणा

४ चैत्र   –  कोभीड–१९ बाट बेलायतमा बस्दै आएका ६६ वर्षे पहिलो नेपालीको मृत्यु

९ चैत्र  –    नेपालद्वारा आफ्नो सिमाना पूर्ण रुपले बन्द ।

१० चैत्र-     नेपालमा कोभीड–१९  को दोश्रो सङ्क्रमित

भारतद्वारा पूर्ण रुपमा “लक डाउन” लागु ।

११ चैत्र  –  नेपालद्वारा पूर्ण रुपमा “लक डाउन” लागु ।

२२ चैत्र-    नेपालमा कोभीड–१९  को तेश्रो सङ्क्रमितको पुष्टि ।

नेपालमा कोभीड–१९  को चौथो सङ्क्रमितको पुष्टि ।

नेपालमा कोभीड–१९  को पाचौँ सङ्क्रमितको पुष्टि ।

नेपालमा छैटौ  सङ्क्रमितको पुष्टि ।

एकै दिज ३ जनामा कोभीड–१९ सङ्क्रमितको पुष्टि ।

यो सँगै नेपालमा वर्तमान अवस्थामा ८ जना कोभीड–१९ सङ्क्रमित र पहिलो पल्ट नेपालमा नै भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा पुगेको ।आज सम्म आइपुग्दा ६ जना नेपालीको विभिन्न देश मा मृत्यु लगभग ६०० को हाराहारी मा विश्वभर सङ्क्रमित

भाविष्य   उज्वल पनि अन्धकार पनि :

यसरी सरसर्ती हेर्दा हामी सामु सधाझैँ भविष्यको गर्भमा के होला भन्ने जिज्ञासा त छदैँ छ तर अहिलको परिस्थितिमा हामी माझ डर पक्कै छ , नभए पनि बढ्दै जानेछ । अहिले बजार र घरघरमा यो परिस्थितिलाई चिनको “ग्र्यान्ड डिजाइन” को खेल भनेर एक किसिमको काल्पनिक सिद्वान्तको सविस्तार वर्णन सुरु गरिएको छ ।

१५ मङ्सिरमा अनाधिकारीक रुपमा यस् कोभीड–१९  एउटा नयाँ किसिमाको भाईरस हो भनिएपनि, आधिकारीक रुपमा पुष्टि भए सँग यस्को श्रोतसमेत पता लगाईन्छ र विस्तारमा रोक लगाउनका निम्ति चीनद्वारा विशेष कदमहरु चालिँदा विभिन्न देशले चिनबाट हुने हवाई यात्रामा विषेश कडाई र जाँच सुरु त गरियो तर त्यस कुरामा गभिरता भने लिएको देखिएन ।

नेपाललाई विश्व स्वास्थ्य संगठनले माघ ३ मा नै हाम्रो एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एउटा स्वस्थ्य डेस्क राख्नको लागि आग्रह गरे सँगै अरु मुलुकहरुलाई पनि त्यसो गर्न सुझाएको भेटिन्छ । १५ माघ सम्म आईपुग्दा भाइरसको विस्तार विश्वका केही प्रमुख देशमा मात्र यस्को सङ्क्रमण भए सँगै, विश्व स्वास्थ्य संगठनले “जन–स्वास्थ्यमा आपतकालिन” समय आउने भन्दै विशेष सतर्कता अपनाउनका लागि सम्पुर्ण विश्वलाई सङ्केत गरेको भेटिन्छ  । जबकी त्यो अवस्थामा(१५ माघ सम्म) निम्न लिखित आँकडा थियो ः

विश्वभरीजम्मा बिरामी सँख्या –  ९,४३९ (चीन बाहेक अन्य देश को सँख्याः जम्मा १३१)

मृत्यु सँख्या –  २१३ (बाँकी विश्वमा यो मिति सम्म कुनैपनि मृत्यु नभएको)

ठीक भएको सँख्या –  २१८

जम्म सङ्क्रमित सँख्या –  ९,८२३

यहाँ सम्म आईपुग्दा सबै देशहरु अझै ओछ्यानमा सुतिरहेको भान हुन्छ । यो बिन्दुबाट अघि बढ्दै गरेको स्थितिमा एकैपल्ट फागुन २८ मा जब विश्व स्वास्थ्य संगठनले कोभिड १९को प्रकोप लाई “महामारी” भनेर घोषणा गर्छ तबसम्म आईपुग्दा केही देशहरुमा केही सजग्ता अपनाइएता पनि यस् समस्यालाई अझैपनि नागरीकहरुद्वारा हल्कामा लिँदै गरेको अवस्था थियो र अझैपनि हामीमा त्यो हल्का पन छदैछ ।

वर्तमानः

यहाँनिर हामीले जान्नुपर्ने के हो भने जम्मा १३१ जनाको अवस्थाबाट आज भयाभह अवस्थामा हामी आईपुगेका छौँ । भन्नलाई अमेरीकामा सबैभन्दा बढी सङ्क्रमीत भएपनि, कोभिड – १९ ले अमेरीका भन्दा बढी प्रताडित चाहिँ युरोपलाई बनाको छ । शतप्रतिशत लोकतान्त्रिक मुलुक भनौदा युरेपेली मुलुकहरुले आफ्नो नागरीकले जिम्मेवारीपूर्वक सरकारको निर्देशन अनुसार दुरी कायम गर्छन भनेर हल्का निति लिँदा आज युरोपको हालत बेहाल भएको छ ।

अझ पनि स्विडेनले लकडाउन सुरु गरेको छैन, स्विडेनमा अझैपनि ५० सम्म एकै ठाँउमा भेला हुन मिल्छ भने दुरी चाहिँ कायम गर्नु भनिएको छ, बेलायतले देशव्यापी लकडाउन सुरु गरेको पनि धेरै भएको छैन, अष्ट्रेलिया लगायत देश हरुले लकडाउन निकै नै पछि लागु गरे र हविगत हाम्रो सामु छ ।

त्यस हिसाबले नेपालले लकडाउन लाई एक जनामा देखिने वित्तिकै सुरु गर्नु एकदमै प्रशंसिय काम हो । हामीकाहाँ मास्क लाउने चलन छ तर युरोप अमेरीकामा थिएन, सङ्क्रमण भएको धेरै पछि सम्म पनि युरोपियन र अमेरकिनले  मास्क प्रयोग गर्न लाज माने र यो पनि एउटा नसोचिएको पाटो हो किनकि जब महामारीको सुरुवातको दिनहरु थिए तव उनीहरुको मा ट्वाइलेट पेपर र अन्य सामाग्रीको अवाभ भयो भने हामी कहाँ मस्कको ।विकसीत देशहरुमा भाईरसको सङ्क्रमण बढ्नुको अर्को कारण भने उनीहरुको धेरै यात्रा गर्ने प्रवृत्ती नै प्रमुख हो ।

युरोपियन र अमेरीकनहरु पर्यटन र व्यापारको निम्ति हामी भन्दा ज्यादा यात्रा गर्छन । युरोपमा त सजिलै एक देश बाट अर्को देशमा जान काठमाण्डौँ गरीपोखरा जानु भन्दा पनि सजिलो छ । नेपाल लगायत अन्य एसियाली र अफ्रिकि देशहरुमा सङ्क्रमण कम देखिनु कोभीड–१९  को जाँच कम हुनु पनि एक हो । ५० लाख जनसँख्या भएको नर्वेले १ लाख बढी कोभिड – १९ को परिक्षण गरिसक्यो भने भारतले ५० हजारमा पनि परिक्षण गरेको छैन, अनि कसरी बढेको आँकडा आउँछ त ।

बि.सी.जी खोपको कारणले गर्दा कम देखिएको भन्ने कुरा अड्कालबाजी मात्र हो । किनकि चिनियाहरुले उक्त खोप लागउँछन, भने नेपालमा सङ्क्रमित एक जना बाहेक सम्पुर्ण युवाहरु छन् भने सामान्यत उनिहरु उक्त खोपको पहँुच वाला थिए र भारतमा दिन दिनै भाइरस सङ्क्रमित बढ्नुपनि बि.सी.जी खोपले यस् भाईरसलाई कुनै असर नगर्नु हो ।

फेरी विश्वभर ६०० भन्दा धेरै नेपालीहरु कोभीड–१९  का सङ्क्रमित हुनु सानो सँख्या पक्कै होईन । के पनि हो भने सामान्यत हामी लगायत अल्प विकसीत देशहरुको जनतामा रोग प्रतिरोधात्मक शक्ति चाहिँ विकसीत देशका भन्दा ज्यादा हुन्छ । किनकि युरोप अमेरीकामा उन्मुलन भईसकेका रोगहरु अझै पनि हाम्रो जस्ता देशहरुमा विद्यमान छ र युरोपियन÷अमेरीकन हरु नेपाल लाागायत अन्य अल्प विकसित देश जाँदा सावधानीको रुपमा विभिन्न औषधि÷भ्याक्सीन प्रयोग गरेर मात्र प्रवेश गर्छन ।

अब हाम्रो देशको बिडम्बना भने, कहिले के हुन्छ भनेर भन्न सकिने अवस्था छैन किनकि पर्याप्त ढङ्ले न तथ्याङ्क राखिएको छ न त हामीमा कुनै रिसर्च गर्ने परिपाटि छ , हामी त मनोगढन्ते सिद्वान्तमा रमाउँछौँ, जस्तै कि पशुपतिनाथ/कोरोनेश्वरको कृपाले हामीलाई अहिले सम्म केही भएको छैन ।

हाम्रो खानपानको कारणले गर्दा हामीमा भाईरस सँग लड्ने विशेष सुरक्षा कवज छ, क्षत्री,बाहुन लगायत केही समुदायमा १३ दिने कृया बस्ने कुरालाई यस् भाइरसको १४ दिने क्वारेनटाईन सँग जोड्ने आदि , यहाँ सम्म कि भिडभाड नगर्नु पर्नेमा हामीचाहीँ मन्दिर, मस्जिद र चर्च मा गएर प्रार्थना गरेर भाइरस भगाउन सम्म भगायौँ, यहाँ सम्मकि यस् भाइरसको निदानको निम्ति गौमुत्र समेत सेवन गरेको पाईयो ।

एउटा परिपाटि चाहीँ हामीमा नराम्रो छ, नजिकै छिमेकी कहाँ त्यत्रो समस्या पर्दा केही वास्ता गरेनौ(कानमा तेल हालेर बस्यौँ), जब समस्या अलि कति पर युरोप अमेरीका पुग्यो तब भाइरसले सिध्याउन सक्छ भन्ने महशुस भयो ।

पश्चिमाहरुले घरबहिर गएपछि हात धुनु पर्छ भने पछि मात्र हामीले त सदिऔँ गरीघरबाहिर गएपछि हात गोडा धुनुपर्छ भन्ने कुरालाई छोट्याएर पानाी छोए पुग्छ भन्ने कुरामा विकास गरेको सम्झियौँ ।

के कुरा बुझ्न जरुरी छ भने केही कुरा हाम्रा राम्रा छन् भने केही कुरा उनीहरुको । हामीले चिन सँग मिलेर कोभीड–१९  को विषयमा विशेषज्ञता हासिल गर्न सक्थ्यौँ तर दुःखको कुरा चिनबाट ज्ञान युरोप अमेरीका पुग्यो र लामो यात्रा गरेर ढिलो नेपालमा आई पुग्यो ।

अझैपनि हामी निदाईरहेका छौँ, अमेरीकाले कोभीड–१९  लाई जाँच्ने किट विकास गर्यो भने हामी अरुले बनाईसकको किट किन्न समेत ढिला सुस्ति गर्छौँ र अनेक प्रपन्च भईरहको विदितै छ ।

भविष्य :

युरोप र अमेरकिमा गरिएका विभिन्न अध्ययनअनुसार विश्वको ५० गरी६० प्रतिशत मानवमा यो महामारी फैलने सम्भावना भएको भनिएको छ भने यस् भाइरस विरुद्वको भ्याक्सीन बन्न अझै १२ गरी१८ महिना लाग्ने छ भनिएको छ ।

यस्को साथै यो महामरी पूर्णरुपमा निर्मूल हुनको लागि हामी २०२१ सम्म कुर्नु पर्ने हुन्छ  भनेर विभिन्न अध्ययनले देखाएको छ र यो भाईरसलागे पछि ठिक हुने सँख्या पनि उल्लेख्य भएकोले मानवजातिले यस भाईरस सँग लड्न सक्ने क्षमता विस्तारै विकास गर्दै जान सक्ने सम्भावना पनि उत्तीकै छ ।

युरोप र अमेरीकालाई चीनको अहिलेको अवस्थामा आईपुग्नको लागि जुन महिनाको(असार) अन्त्य सम्म लाग्नेछ भनेर विभिन्न आँकडाले देखाउँछ । तर जस्ले जे भने पनि यस् महामारीको कारण अमेरीका र युरोपले सबैभन्दा बढी हानी व्यहोर्नु पर्ने हुन्छ ।

तितो सत्य हो कि हाम्रो भविष्य पूर्ण रुपमा भारतको भविष्य सँग निर्भर हुन्छ ।

त्यसैले यो प्रार्थना गरौँकीभारतमा(अरु देशमा पनि) राम्रो होस तब स्वत यहाँ पनि सहज हुँदै जान्छ ।समस्या यहीँनिर छ, यहाँ हामीले कोभीड–१९  जाँचलाई तिव्रता दिएनौ भने महिनौ सम्म लक डाउन लम्बिने निश्चित छ ।

हामी सँग चुनौतीको पहाड छ, न त हाम्रो सरकारले केही ठोस योजना ल्याउन सकेको छ , जनताले पनि आफूलाई भेडा झैँ देखाएका छन् र राजनैतिक दलको त के कुरा गर्नु खालाी क्रियामा प्रतिक्रया जनाउने बाहेक खासै केही देखिएन ।

कमसेकम विगत केही महिना गरीविदेशबाट फर्केका नेपालीहारुलाई सरकारले विशेष योजना ल्याएर कोभीड–१९  को परीक्षण गर्नको निम्ति आवहान गर्न सक्थ्यो र सेल्फ क्वारेनटईनमा÷कुनै क्षेत्र मा राख्न सक्थ्यो ।

यहाँ त सरकारले औपचारीक रुपमा त्यसो पनि गर्न सकेको छैन र त्यसरी भित्रिएका हाम्रा लाहुरे दाजुभाई तथा दिदि बहिनीहरु आफैपनि सम्पर्कमा आएका छैनन् ।

स्थानीय निकाय र प्रान्तिय सरकारले यो नै समय हो कौशल देखाउने । हुन त कुनै मानवीय आवश्यक्ता ख्यालै नगरी स्थानीय निकायको सिमाना कोरीएको अवस्थामा भएपनि  एक अर्को स्थानीय निकायले संयुक्त काम गरेको खण्डमा यतीखेर धेरै सहज हुन्छ । यो लकडाउनको अवस्थामा सबैभन्दा महत्वपुर्ण कुरा भनेको खाद्यान्न र दैनिक उपभोग्य सामाग्री हो । हामी सँग यस्को कुनै लेखाजोखा नै छैन ।

विशेष गरि काठमाण्डौ लगायत शहरी क्षेत्रमा भोटर सँख्या बाहेक कति जनसँख्या छ भन्ने कुराको मेलो छैन , हामी सँग दैनिक कति खाद्या सामाग्री चाहिन्छ भन्ने तथ्याङ्क छैन ।

कमसेकम प्रत्यक स्थानीय निकायले आफ्नो क्षेत्रमा कस्लाई चाहिँ भाइरस छैन भन्ने कुराको निक्र्योल गर्न पनि सक्छ  र प्रत्यक स्थानीय निकायले खाद्य सामाग्रीलाई केन्द्रिकृत तरिकाले विक्री गर्ने व्यवस्था मिलाउँदा राम्रो हुन्छ, अझ सकीन्छ भने सहरमा त घरमा नै पुराईदिने व्यवस्था समेत मिलाउन सकिन्छ ।

यसरी खाद्य सामाग्री आउने ठाउँ गरीजाने ठाउँ सम्म विशेष निगरानी गर्न सकिन्छ, जस्ले गर्दा कोभीड–१९  ले व्यापक्ता पाउन सक्दैन । यस्का निम्ति अन्य राजनैतिक  दल, गैर सरकारी संस्था र स्थानीय युवाहरुलाई स्वयमसेवकको रुपमा प्रयोग गर्न सकिन्छ ।

हामीसँग भएका  डाटा लिने अनलाईन माध्यम बाट विभिन्न क्षेत्रका जनताहरुबाट शरीरको तापक्रम लिने व्यवस्था मिलाउँदा एकदमै प्रभावकारी हुन्छ, सकिन्छ भने एस.एम.एस बाट पनि यसो गर्न सकिन्छ ।

निकट भविष्यमा कोभीड–१९  को समस्या नसुल्झिएमा हामी सँग के छ त प्लान “बी”?

विषेशगरी यो अवस्था खाद्य सङ्कट नै प्रमुख हो । नेपालमा अहिले मकै,भटमास लगायत तरकारी जस्ता बाली लाउने बेला हो, हामीले किसान लाई कसरी सुरक्षीत रही काम गर्न माहोल बनाउन सकिन्छ  भन्ने कुरा ध्यान दिएको देखिन्न ।

यतातिर विशेष ध्यान दिन जरुरी छ । यती मात्र नभई हामीले पुलीङ  वा सामूहीक कृषिको योजना बनाई खाद्य समाग्रीको उत्पादन बढाउने हो भने यस्तो परीस्थितिमा सजिलै अन्तराष्ट्रिय बजार पाउन सक्छौँ, धेरै पर नगईकन हामीले भारत को कुनै प्रान्तमा मात्र खाद्यन्न विक्री गर्न सकियो भने हाम्रो लागि यो राम्रो अवसर त हुने नै छ, र अवगत रहोस् आफ्नो देशवासीलाई त यसै पनि खाद्यन्न चाहिन्छ नै ।

अर्को अवसर भनेको यदि एसीयाली मुलुकहरुले कोभीड १९ को महामारीलाई यो विन्दुबाट धेरै बढ्न नदिनेहो भने एसियाले विश्व अर्थ व्यवस्थामा पकड जमाउन सक्छ । यहीँनीर आएर यो सबै खेलको खेलाडी भनेर चीनलाई इंगित गर्न खोजिए पनि यो केवल चीनलाई मिलेको ठुलो अवसर हो ।

साङ्घाई सहयोग संगठनको २०१९ मा किर्गीस्तानमा भएको शीखर सम्मेलनमा स्थानीय मुद्रामार्फत व्यापार गर्ने चर्चा चल्दै गर्दा उक्त विषयलाई यो समयमा लागु गर्ने हो भने अमेरीकी डलर भाउ घटी विश्वमा नै आर्थीक उथलपुथल आउन सक्छ । तर त्यसका लागि यस् संगठनको प्रमुख राष्ट्रहरु चीन, भारत, रुस र पाकीस्तान एक ठाउँमा आउनु पर्छ तर भारत र पाकीस्तान को आन्तरीक कलह र भारत ले भर्खैरै मात्र डोनाल्ड ट्रम्पलाई भव्य स्वागत गरेकोले यी शक्ति राष्ट्रहरु एर्क ठाउँमा यो विषमा आउन त्यति सजिलो भने छैन र प्राविधिक समस्या पनि उत्तिकै छ ।

महत्वपूर्ण कुरा चाहिँ के हो भने नेपालमा माघ गरीविदेशबाट आएका लगभग २ गरी ३ लाख जनसँख्याको यात्रा ईतिहास पहिचान गरि, अवस्था हेरीकोभीड–१९  को परीक्षण गर्नुपर्छ र फागुन गरीचैत्र सम्म आएका हरुको सम्बन्धित व्याक्ति सँग सम्पर्कमा आएका समेत पहिचान गरी परीक्षण गर्नु पर्छ ।

यस् कार्यका लागि सबैभन्दा महत्वपूर्ण भनेको त्यसरी आएका व्यक्ति हरु आफै स्थानीय निकायमा सम्पर्क गर्नु पर्छ तर हामी धेरै नै गैर जिम्मेवार छौँ , त्यसरी जानुपर्नेमा लुकी लुकी बसिराकौ छौँ र विस्तार सङ्क्रमण बढाउँदैछौँ । स्थानिय निकायले भने एकदमै ज्यादा क्रियाशील हुन जरुरी छ भने अन्य राजनीतिक दल र गैर सरकारी सँस्थाहरुले स्थानीय निकायलाई अनिवार्य सघाई एउटा सभ्यताको प्रमाण दिनुनै आजको आवश्यक्ता हो ।

 

तपाइँको प्रतिक्रिया ।