बुढानिलकण्ठको कोषमा पण्डित सिताराम लामिछाने प्रतिष्ठानको २५ हजार सहयोग

बुढानिलकण्ठको कोषमा पण्डित सिताराम लामिछाने प्रतिष्ठानको  २५ हजार सहयोग

कपन अनलाइन 

काठमाडौं ,चैत २४।

बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा पण्डित सिताराम लामिछाने प्रतिष्ठानले २५ हजार रुपैया सहयोग गरेको छ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले स्थापना गरेको सो कोषका लागि  प्रतिष्ठानका तर्फ बाट भोलानाथ लामिछाने र बिनोद लामिछानेले  बुढानिलकण्ठ नगरप्रमुख उद्दव खरेललाई चेक हस्तान्तरण गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई समेत उपस्थित रहेको सो अवसरमा सहयोग हस्तान्तरण गर्दै प्रतिष्ठानले विपदको घडीमा आफ्नो दायित्व पुरा गर्नका लागि सो सहयोग गरेको जनाएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।