टोखा नगरपालिका वडा ५ मा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई राहत बितरण

टोखा नगरपालिका वडा ५ मा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई राहत बितरण

कपन अनलाइन

काठमाडौं ,चैत २४।

टोखा नगरपालिकाले आज वडा नं. ५ बाट राहत बितरण शुभारम्भ गरिएको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी तथा उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा मंगलबार नेपाल सरकारले टोकिए बमोजिमको चाम, दाल, नुन, चिनि, तेल र साबुन खाद्यान्न सामाग्री सहित पहिलो चरणको राहत वितरण गरिएको टोखा नगरपालिका वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिएका छन् ।

वडामा गठित अनुगमन समितिबाट सिफारिस भएर आएका दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई राहत दिने क्रममा आज पहिलो चरणमा १७५ घरपरिवारलाई राहत बितरण गरिएको र निश्चित स्थान टोकि बाँकी रहेकालाई पनि राहत वितरण गरिने अध्यक्ष ढकालले बताएका छन् ।

टोखा नगरपालिकाले नगरका सबै वडाहरुमा राहत बितरण गर्नका लागि अभिलेख तयार गरिसकेकोले तदारुकताका साथ राहत बितरण गर्नका लागि तयारी भैरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।

टोखा नगरपालिकाले कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई वडा कार्यालय मार्फत् राहत बितरण गर्न लागेको नगर प्रमुख अधिकारीले बताएका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि नगरबासीहरुलाई आग्रह समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।