यस महामारीका विरुद्ध लड्नु हाम्रो प्रमुख जिम्मेवारी हो : कुसुम कुमार कार्की (सदस्य,बागमती प्रदेस )

यस महामारीका विरुद्ध लड्नु हाम्रो प्रमुख जिम्मेवारी हो : कुसुम कुमार कार्की (सदस्य,बागमती प्रदेस )

कपन अनलाइन

काठमाडौं चैत १७ /कुसुम कुमार कार्की 

यति बेला विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व आतंकित छ ।कोरोना भाइरसको प्रकोप नियन्त्रणको लागि सम्पूर्ण विश्व आफ्नो सम्पूर्ण सामर्काथ्यका  साथ लडिरहेकोछ ।

यसै सन्दर्भमा नेपाल सरकारले पनि लकडाउन (Lockdown) को घोषणा गरेको छ । घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले गर्न सक्ने सबै भन्दा कठिन कार्य गरिरहेकाछौँ साथसाथै हामीले जानी नजानी विश्वको एउटा कुनामा बस्ने मानिसको जिवन रक्षाको लागि पनि सहयोग पुर्याईरहेका छौ  ।

यतिबेला लकडाउन (Lockdown) को नियमलाई अक्षरश पालना गरेर नेपाल सरकारलाई मात्र हैन संसारका सबै सरकारहरुलाई आफ्नो ठाउँबाट सहयोग पनि गरिरहेकाछौँ ।

यस्तो संवेदनशील समयमा नागरिकले बहन गर्नुपर्नेहरु महत्वपूर्ण जिम्मेवारी निम्न रहेका छन :

१) यस्तो बेलामा सरकारको भुमिका अभिभावकको जस्तो मात्र हुने गर्दछ । शासन गर्ने सरकार यतिबेला खोज्न सकिंदैन,खोज्नु हुँदैन पनि । यस्तो अवस्थामा सरकारको भुमिका भन्दा ठूलो भुमिका नागरिकको हुने गर्दछ ।ठूलो हुरी वतासमा आफ्ना बच्चाहरुको ज्यान जोगाउन लागेको चराको जस्तै हो अहिलेको अवस्थामा सरकारको भुमिका, त्यसैले बच्चाहरुले माऊ चरालाई सहयोग गरे जस्तै नागरिकहरुले पनि सरकारलाई सहयोग गर्नु नै आपतबाट बाहिर निस्कने उपायको खोजि हो। त्यसैले सरकार तथा राज्यका जिम्मेवार निकायबाट जारी हुने निर्देशनको पूर्ण पालना गरौँ ।

२)हालसम्म विदेशबाट आएका ब्यक्तिहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको तर त्यस्ता ब्यक्तिबाट अन्य ब्यक्तिलाई भाइरस सरे नसरेको, सरेको भए कुन मात्रामा, कहाँ, कसरी ? भन्ने कुराको एकिन नभए सम्मको लागि लकडाउन (Lockdown) को पूर्ण पालना गर्नु अर्थात घरमा सुरक्षित बस्नु नै सबैभन्दा उत्तम उपाय हो र सबैभन्दा ठूलो समाजसेवा हो ।

३) ज्यान बनाउने नाममा विहान बेलुकाको हिडाई बन्द गरौँ ।

४) खाद्यान्न वा अन्य सामाग्री किनमेल गर्ने नाममा अनावश्यक हिडडुल बन्द गरौँ ।

५) समाजसेवा गर्ने नाममा अनावश्यक सम्पर्क बन्द गरौँ । कामको सम्पादन सकेसम्म फोन सम्पर्कबाट गरौँ ।

६) अनावश्यक भिडभाड हुने कुनै गतिविधी नगरौँ । भिडभाडमा संलग्न नहोऔँ ।

७) माहामारीको रुपमा देखिएको यस प्रकारको विपदको अग्रिम तयारी कसैका लागि पनि सम्भव हुने विषय हुँदैन, काम गर्ने दौरानमा कमिकमजोरी हुन सक्छन् । तपाई हामीलाई सुरक्षित राख्नको लागि असंख्य ब्यक्तिहरु आफ्नो ज्यान जोखिममा पारेर खटिई रहनु भएकोछ । काम गर्नेहरुको हौशला बढाउने जिम्मेवार नागरिक बनौ ।

तर हाम्रा सामान्य असावधानी तथा समाजसेवाका नाममा गरिने विभिन्न गतिविधीले Lockdown को मूल मर्म माथि जानी जानी प्रहार गरेर भयानक गल्ती गरिरहेका त छैनौ भन्ने अवस्था भने सिर्जना भएकोछ ।

समाजका अगुवाहरुले आफु पनि घरमा बस्ने र आफ्नो तर्फबाट सबैलाई घरमै बस्न अनुरोध गर्नु पर्नेमा जान्ने बुझ्नेहरुबाटै विभिन्न नाममा लकडाउन (Lockdown) को उलंघन भएकोले आगामी दिन अझ भयावह हुँदैन भन्न सकिदैन ।

कृपया सबैले सबैलाई घरमा बस्न अनुरोध गरौँ । हप्ता, दश दिन घरमा बसेर सहयोग गर्ने हो भने छोटो समयमा नै सम्पूर्ण विश्व कोरोना भाइरस मुक्त हुन सक्दछ । हामी समान्य जिवनमा फर्कन सक्दछौँ ।

लकडाउन (Lockdown)  को समय उपयोगी बनाउन केही सुझाबहरु :

दैनिक भागदौडको जिन्दगीमा अभ्यस्त भैसकेका हामीहरुलाई समय बिताउन गाह्रो भएको हुन सक्दछ । लकडाउन  (Lockdown) को समय केहि लम्बिन सक्ने तथ्यलाई समेत मध्येनजर गरी यो समयको सदुपयोगको लागि निम्न उपायहरुको प्रयोग गर्न सक्दछौँ ।

१. संगै खेलेका, संगै पढेका साथीहरुको लिष्ट बनाउनुहोस र सम्पर्क गर्ने कोशिस गर्नुहोस । झन्नै झन्नै भुलिसक्नु भएका साथीहरुसंगको कुराकानीले रमाइलो महशुष हुनेछ ।

२.  इष्टमित्र जसलाई लामो समय देखि चाहेर पनि भेटघाट गर्न पाउनु भएको छैन भने सम्झनुहोस र सम्पर्क गर्ने कोशिस गर्नुहोस । आवत जावत नै झन्नै झन्नै बन्द भै सकेको सम्बन्ध पुन स्थापित हुनेछ ।

३.  जिवनको कुनै कालखण्डमा लेख्नु हुन्थ्यो तर विभिन्न कारणले लेख्न भ्याउनु भएको थिएन भने फेरी कलम चलाउनुहोस । जे लेख्नु हुन्थ्यो, जे लेख्न सक्नु हुन्छ तेही लेख्नुहोस । भविष्यमा आफ्ना सन्ततीहरुसंग कोरोना भाइरसको चर्चा गर्दा यस लेखको आफ्नै महत्व हुनेछ ।अझ सकिन्छ भने साथीभाईहरुको समूह तयार गरेर यो अवधिमा लेखिएका लेखहरुको किताव समेत निकाल्ने कोशिस गर्नुहोस् ।

४.  चाहेर पनि पढ्न नपाउनु भएको किताबहरुको लिष्ट बनाउनुहोस । आफुसंग छैन भने नजिक रहेका साथीभाईहरुसंग सम्पर्क गर्नुहोस ।आफुसंग भएको किताब साथीभाईलाई पनि दिने गर्नुहोस । पुराना किताब पढेर पनि सो किताबका बिर्सेका कुरा याद गर्न सकिन्छ ।

५.  जिन्दगीमा सफलता, असफलता जे जे प्राप्त भयो, एक चोटी ठंडा दिमागले सोच्नुहोस । सफलताका पनि असंख्य कारणहरु हुन सक्छन् ।सफलता के के कारणले प्राप्त भयो, सफलताका पछाडि क–कस्को हात छ ? असफलताका पनि असंख्य कारणहरु हुन सक्छन् । सम्झेजति कारणहरु लेख्ने कोशिस गर्नुहोस । आगामी दिनमा सहज ढंगले सफलता प्राप्त हुनेछ ।सहयोग गर्नेहरुलाई धन्यवाद भन्न भ्याउनु भएको छ कि छैन, छैन भने धन्यवाद भन्ने यो उचित समय हुनसक्दछ ।त्यस्ता नाम सम्झी सम्झी धन्यवाद भन्नुहोस । मनदेखि सहयोग गर्नेहरुको खाँचो भविष्यमा पनि पर्न सक्दछ ।

६.  भविष्यको योजना बनाउनुहोस । यतिबेला हामी अघिपछिको भन्दा प्रेसर रहित जिन्दगी बाँचिरहेकाछौँ । ठंडा दिमागले बनाउने योजनाले आगामी दिन सहज बन्न सक्दछ ।

७) बाँच्ने तरिकामा पुनर्विचार गर्नु पर्ने छ कि सोच्नुहोस ।हामी कसरी बाँचिरहेकाछौँ, भित्रि कुरा त आफैँलाई मात्र थाहा हुन्छ । हामी के को पछाडि दौडिरहेकाछौँ । हाम्रो मुख्य उद्देश्य के हो ? साँच्चै सुखी भएर दौडिरहेकाछौँ कि सुखको पछाडी दौडिरहेकाछौँ ? प्राप्त भएको प्रति हामी खुसी हुन सक्यौँ कि सकेनौ ?

८.  समय अभावका कारण, कतिपय तनावका कारण परिवारका सबै सदस्यहरु बसेर गफगाफ कम गरिरहेका हुन सक्दछौँ, गफगाफलाई महत्व नदिइरहेका हुन सक्दछौँ ।यो बेला खुलेर परिवारका सदस्यहरु विच विविध विषयमा गफगाफ गरौँ । खुलेर गरिने गफगाफले परिवारका सदस्यहरुको सम्बन्ध सुमधुर बन्दछ साथै परिवारका सदस्यहरुलाई नजिकबाट चिन्ने मौका मिल्नेछ ।

९.  किताब, आवश्यक कागजपत्र खोजेको बेलामा भेटिने गरी राख्नु भएकोछ ? छैन भने यो अत्यन्त उचित समय हो । खोजेकै चाहिँ नभेटिने, नखोजेको चाहिँ सबै भेटिने हामी मध्ये धेरैको समस्या नै छ । यस्तो फुर्सदको समय भोली फेरी प्राप्त हुने छैन त्यसैले यो समयको भरपुर सदुपयोग गरौँ ।

१०.  विभिन्न महत्वपूर्ण समयमा मोवाइलमा फोटो खिच्नु भएको होला । समय समयमा कम्प्युटरमा पनि राख्ने गर्नु भएको होला ।तर ब्यबस्थित किसिमले नराखेको कारण आफुले चाहेको फोटो प्राप्त गर्न सक्दैनौ हामी । हामीले नै प्राप्त गर्न सकेनौ भने अरु कस्ले प्राप्त गर्ला ? हाम्रा महत्वपूर्ण पल र इतिहास हामीसंगै मेटिनेछ, त्यसैले समयको सदुपयोग गरौँ । एकचोटी सबै फोटोहरु खोजौँ, विषय र समय सन्दर्भ मिलाएर नयाँ फोल्डर बनाएर राखौँ ।

११.  घरमा कति ठाउँमा मर्मत गर्नु पर्ने भएको हुन सक्दछ, सफा गर्नु पर्र्ने महत्वपूर्ण ठाउँमा पनि ध्यान नपुगेको हुन सक्दछ । आफैँले गर्न सक्ने काम पनि त्यत्तिकै रहेको हुन सक्दछ । सक्ने काम गरौँ, आफुले नसक्ने कामको लिष्ट बनाऊँ ।

१२.  घर वरपर रहेका रुख, बोट विरुवामा आज सम्म ध्यान दिएर हेर्न भ्याउनु भएको छ ? तपाइलाई त राम्रोसंग चिन्दछ रुख विरुवाले तर तपाईलाई कतिवटा रुख विरुवा छन् ? के के को विरुवा छन् ? भनेर कसैले सोध्यो भने बताउन सक्नु हुन्छ कि हुन्न । एकचोटी ध्यान दिएर हेर्नुहोस् ।

१३.  यस भन्दा अघि परिवार संगै मिलेर खाना बनाउने मौका मिल्यो कि मिलेन ? नमिलेको हुन सक्छ । हाम्रो जिन्दगीमै यस्तो समय फेरि कहिल्यै आउँदैन ।

घरमै दैनिक पिकनिक मनाउनुहोस । खाना बनाउने नेता चयन गर्न प्रत्येक पल्ट गोला प्रथा गर्नुहोस, नेतालाई अरुले सहयोग गर्नुहोस । मिठो खाना खाएर रमाउने बेला होइन यो, रमाएर खाना खाने बेला हो ।

१४.  परिवारसंगको फोटोहरु खिच्नुहोस । यतिबेला खिचिएका फोटोहरुको आफ्नै महत्व हुनेछ । छानिएका फोटोहरु पोष्ट गर्नुहोस ।

कतिपय समाजका अगुवाहरु समेत घरबाट निस्किएको देखिएको छ तसर्थ सबैलाई घरमै बस्न अनुरोध गर्दै कम्तीमा एउटा सन्देश आफ्नो तर्फबाट पोष्ट गर्नुहोस, नागरिकको दायित्व पुरा गर्नुहोस् ।

१५.  सम्भवत हामी बाचुञ्जेल फेरि यस्तो दिन देख्नु पर्नेछैन ।

विश्व एउटै लडाई लडिरहेको छ । संसारमा घटेका सबै घटनाहरु सम्बन्धित छन् । जतिसुकै दुखद भएपनि कोरोना भाइरसको आतंक यतिबेलाको सत्य हो ।

आफुले भोगेका, देखेका, खबरहरुमा आएका महत्वपूर्ण घटनाहरुको टिपोट गर्नुहोस । भविष्यमा यस्तै प्रकृतिका विपत्तिसंग सामना गर्न काम लाग्न सक्छ । त्यसैले डायरी लेख्नुहोस।

(कार्की बागमती प्रदेसका प्रदेस सभा सदस्य हुन् )

तपाइँको प्रतिक्रिया ।