गोकर्णेश्वर क्षेत्रमा आयोजना हुने चामुण्डा रथयात्रा स्थगित

गोकर्णेश्वर क्षेत्रमा आयोजना  हुने चामुण्डा रथयात्रा स्थगित

कपन अनलाइन

काठमाडौं,चैत १७।

चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा आयोजना गरिने ऐतिहासिक चामुण्डा रथयात्रा यस वर्ष कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित गरिएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा थियो । यात्रामा हजारौँ भक्तजन सहभागी हुन्थे । रथयात्रा गर्दा भीड जम्मा भई रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले यस वर्षका लागि स्थगित गरिएको हो ।

यस वर्ष कोरोनाका कारण यात्रा गर्न नसके पनि मूर्ति निकालेर पूजाआजाको विधि भने पूरा गरिने कोषका अध्यक्ष विमलमान श्रेष्ठले जानकारी दिए  । यसैगरी अष्टमीकै दिन चैत १९ गते यात्रा चलाउन नसकेकामा क्षमापूजासमेत गरिने छ ।

 

तपाइँको प्रतिक्रिया ।