बिगतको अस्थिर राजनिती बाट केहि सिकौं
कपन अनलाइन
काठमाडौं ,चैत १७/मुरारी भण्डारी
बिगत १८० बर्ष अगाडि देखिको नेपालको राजनैतिक ईतिहास पल्टाउदा यस्तो तथ्य देखा पर्दछ। जुन ईतिहास सारमा यस्तो पाइन्छ।जुन एउटा सफल नेपाल सबल नेपालको परिकल्पना गर्ने जो कोहि नेपालिको लागी ज्यादै पिडा दाइ तथ्य फेला पर्दछन।
अनि नेपालको कहाँ बाट बिकास हुन्छ अनि तपाइको समृद्ध नेपालको चहाना कसरि पूरा हुन्छ। झन १८३७ देखि १८४६ सम्म ता ८ पटक मन्त्रीमण्डल परिबर्तन हुन्छ।
तत्कालिन समयको ईतिहास पल्टाउदा रणजङ्को राजनैतिक सक्रियताको कारण भिमसेन थापाको पतन हुन्छ र सोझा रङ्गनाथको उदय हुन्छ उनलाई पनि हैरानी दिदा त्यो खप्न नसकि मुख्तियारी पदको बिना लोभ राजिनामा हुन्छ।त्यस पछि राजनैतिक तानतानको अबस्था सृजित हुन्छ।
त्यही तानातनको बिचमा पुश्कर शाहा लाई मुख्तियारीको जिम्मेवारी दिन रणजङ्ग लगायत सफल हुन्छन र रणजङ्ग नेपथ्य बाट राजनितिको जोडघटाउमा लागिरहन्छन।
यो बेलामा भिमसेन थापालाइ झुटा मुद्दा चलायर जेलमै सडाउने सम्मको हर्कत राख्दछन।यहि बिचमा राजा र रानी अन्य भाइ भारदार बिच असमजदारी शृजित गराइ पुष्कर शाहा लाई हटाइ आफै रणजङ्ग पाडे मुख्तियारी समाल्न सफल हुन्छन।
यसै समय बाट राजा र जेठि रानी बिच मनमुटाब शुरुगराइ आफू मजबुत हुँदै देशको ढुकुटी माथी मनोमानी रुपले हस्तक्षेप गर्दछन।
तत्कालिन अबस्थामा देशको आर्थिक तथा बितिय अबस्था नाजुक हुँदै जान्छ।नेपालको इतिहासमा सेनाले आधिकारीक बिद्रोह त्यही समयमा गरेको इतिहासमा पढन पाइन्छ।रणजङ्को त्यतिबेलाको रबाफ सान बढिरहेको थियो इनले त्यही समयमा इन्डियाको केही ठाउमा हमला समेत गर्नभ्याएका थिए।
तर सफल हुन सक्दैनन र त्यही निहुलाइ आधार मानी उता इन्डियाले पनि रणजङ्ग बिरुद्द आन्तरिक असन्तुष्ट पोख्दै राजालाई रणजङ्ग हटाउन दबाब शृजना गर्दछ।
अन्तत रणजङ्ग पदमुत्त हुन्छन त्यस मुख्तियारी पोस्टमा फत्तेजङ्ग शाहा नियुक्त्त हुन्छन।यो सब कृयाकलाप जेठी महारानिलाइ मन नपरेको हुन्छ।राजा लाई हटाएर आफ्नो छोरा शुरेन्द्रलाइ राजा बनाउने भित्री चाहानामा तुषारापात हुन्छ।
राजालाइ घुर्क्याउदै बनारस हिड्छिन।राजा पनि उनै साथ जान्छन तर उनिहरुलाइ इन्डियाले प्रबेशमा रोक लगाउछ पुन जुन बाटो गएको हो सोही बाटो फर्कन्छन।फर्केपछी फेरि उहीँ प्रकारको सत्ता खिचातानिमा सामेल हुन्छन तर सफल हुदैन।
यो सब सफल नभएपछी जेठी रानी काशी जान लाग्छिन बाटोमा औलोले भेट्छ बाटैमा उनको मृत्यु हुन्छ।यहि मौकामा कान्छी महारानीले पाडेहरुलाई उचालेर राज काज राजाबाट आफुमा हत्याउन सफल हुन्छिन कान्छी महारानी राज्यलक्ष्मी ।
उनको हातमा सत्ता आउँछ अनि नेपालको राजनितिमा माथबिरसिह प्रधानमन्त्री बन्छन।यसपछी आफ्ना बिरोधिहरु मेलै सक्ने अभियान शुरु हुन्छ।यो सब हेर्दा अंग्रेज़ हरुलाइ त्यति चित्त बुझेको हुदैन।त्यही बिच उनलाइ सक्नको लागि उनकै आफ्नै भान्जा जङ्गबहादुर प्रयोग गर्न शुरु गरे।
मामा भान्जाको बिछ चरम द्द्वोन्द्द हुन्छ।यो द्वोन्द बाट बिधिबत जङ्गबहादुरको उदय हुन्छ।पहिला उल्लेख गरेजस्तो सत्ताप्राप्तिको लागि विभिन्न नामको मार काटको पर्व सुरु हुन्छ।
कोत पर्व भण्डारर्खाल पर्व औलो पर्व आदि आदि। जङ्गबहादुरको उदय पछि आफ्ना भाइभारदार हरुको लागि पालै पालो श्री ३ हुने रोलक्रम थियो तिनै भाइभारदार बिच खिचातानी नियमित भैरहन्छ।
रणोदिप कुवर , बिरशम्सेर,देब शम्सेर,चन्द्र शम्सेर,भिम शम्शेर,जुद्द शम्शेर,पदम शम्शेर,मोहन शम्शेर सम्म आइपुग्दा सत्ताको वरिपरि खुडा खुकुरी,सुरा सुन्दरी,र भाइ-भारदार पारिवारिक कलहको चपेटामा देश फसिरहन्छ ।
त्यस चपेटा बाट २००७ सालमा राजा बाट प्रजातन्त्रको घोषणा हुन्छ, र पनि राजनैतिक स्थिरता कायम हुन सक्दैन।राजनैतिक आचरण,सस्कार, बिकासको अभावको कारण बारम्बार उहीँ समस्या दोहोरि रहन्छ। झन २०४६ पछि देखि अहिले सम्म ता पटक पटक २५ जना प्रधानमन्त्री (मन्त्रीमण्डल ) बनेको पाइन्छ।
१. कृष्णप्रसाद भट्टराई
२. पटक २ गिरिजाप्रसाद कोइराला ५ पटक
३. शेरबहादुर देउवा ४ पटक
४. लोकेन्द्रबहादुर चन्द २ पटक
५ मनमोहन अधिकारी १ पटक
६. सुर्य बहादुर थापा १ पटक
७. झलनाथ खनाल १ पटक
८. पुष्पकमल दहाल(प्रचण्ड )२ पटक
९. माधब नेपाल १ पटक
१०.बाबुराम भट्टराई १ पटक
११ .खिलराज रेग्मी १ पटक
१२. सुशील कोइराला १ पटक,
१३. के पि ओलि २ पटक
र राजाको पालामा शासन ब्यबस्था आफै समालेको अबस्था समय लाइ जोड्दा २५ हुन जादोरहेछ।
यसरी हेर्दा आहिलेको यो अबस्थामा बर्तमान प्रधानमन्त्री केपि ओलि २०७४;जेष्ठमा भएको निर्बाचनमा बाम गठबन्धन बाट बहुमत प्राप्त झन्डै दुई तिहाइको मतभार सहित सत्तामा हुनुहुन्छ।
यसरी हेर्दा बिगत देखि हालसम्म नेपालको ईतिहासमा सत्ता प्राप्तिको लागि ५ बर्षे प्रधानमन्त्रीको कार्यकाल ३ महिना देखि नै ढाल्ने, ढलाउने, बनाउने घिनलाग्दो खेलमा खर्चियको पाइन्छ।
त्यसैले देश बिकास आर्थिक बिकास प्रशासन सुधारको लागि खासै समय र ध्यान नपुगेकै कारण नेपालको राजनिती अस्थिर छ र नेपालको अर्थ ब्यबस्थाले गतिलिन सकिरहेको छैन। जहाको त्यही छ फिनिसिङ्ग आउन नसकेको हो भन्न सकिन्छ।
जुन आज झण्डै दुइतिहाइको सरकारमा पनि त्यो गहिराही बाट निक्लन नसकिरहेको आभाष पाइन्छ।किनकी यहाँ पनि उहीँ पुरानै खानदानी रोग छ।दल छ दल भित्र गुट छ उपगुट धेरै छ्न असफल बनाउने खेल धेरै,वाद बिवाद सृजित हुन्छन फसाउन खोजिन्छ ,यसैमा फसिरहेका छौ ।
जुन नेपाल र नेपालिको भाग्य र भबिस्य प्रती त्याग तपस्या बलिदानी गरेका राजनेता हरुले सुझबुझका साथ चनाखो भएर ध्यान पुर्याउनुको अर्को बिकल्प आजको दिनमा छैन। हामी सबै नेपालिको भग्य र भबिस्य जोडिएको हुदा यो चाहनामा खबरदार तुषारापात नहोस।