बिपन्न परिवारलाई कल्याणकारी स्वयं सेवक संघ नेपाल (WVAN) को सहयोग

बिपन्न परिवारलाई कल्याणकारी स्वयं सेवक संघ नेपाल (WVAN) को सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत १७।

कल्याणकारी स्वयं सेवक संघ नेपाल (WVAN) ले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र  १२ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

कल्याणकारी स्वयं सेवक संघ नेपालले वडा नं ११ का नरहरी नेपाली ,मिंग्मा शेर्पा र सुन्दर नगरकोटी र वडा नं १२ का जगन्नाथ शाह र संजु तामांगको विपन्न परिवारलाई आवस्यक खाद्यान्न सामाग्री वितरण गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , कल्याणकारी स्वयं सेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामांग ,कल्याणकारी स्वयं सेवक संघ नेपाल बुढानिलकण्ठका अध्यस्ख गणेश मिश्र ,सचिव शंकर न्यौपाने सहित अन्य स्वयंसेवकले ति परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन्।

सो अवसरमा दाल, चामल, तेल, चिनी र नुन जस्ता उपभोग्य सामाग्री बितरण गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।