नेपाल डेरी एसोसिएसनको अपिल  

 नेपाल डेरी एसोसिएसनको अपिल  

 

कपन अनलाइन

काठमाडौं,चैत १७। बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड- १९ को महामारीबाट आइपरेको विषम परिस्थितिमा नेपाल डेरी एसोसिएसनले दुध ब्यबसायी, किशान दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सर्व साधारण जनतालाई समय र परिस्थितिलाई बुझी सरकारले गरेको लकडाउनलाई सहयोग पुर्याउन निम्न अपिल जारि गरेको छ।

  • महामारी फैलिन नदिन र संक्रमणको जोखिम नियन्त्रण गर्न संकलन तथा वितरणको बेला मास्क, पन्जा स्यानीटाईजर आदि प्रयोगमा ध्यान दिन आग्रह गरेको छ।
  • कोरोना संक्रमणको डर र त्रास हटाई यस परिस्थितिमा दुध संकलन, ढुवानी, प्रशोधन र बिक्रि वितरणमा संलग्न कर्मचारीहरुलाई हौसला प्रदान गर्ने र मनोबल बढ्ने किसिमको बाताबरण सृजना गर्ने र त्यस्तो अति आबश्यक खाद्य बस्तु बालक देखि बृद्धसम्म नभई नहुने र सबै रोगका लागि लड्न सक्ने पौष्टिक तत्व हुने भएकोले दूधलाई आम सर्वसाधारण उपभोक्तामाझ पुर्याउन सबैले आफ्नो क्षेत्रबाट
    सहयोग गर्न आग्रह गरेको छ।
  • असहज र विषम परिस्थितिमा स्थानीय प्रशाशनसंग समन्वय गरि दुध संकलन र बिक्रि वितरणलाई प्रभावकारी सेवा दिन सम्पूर्ण दुध ब्यबसायी एबं कृषकहरुमा अनुरोध गरेको छ।
  • महामारी नियन्त्रणका लागि सम्भव भएसम्म माध्यमबाट सचेतना र उपलब्ध भएसम्मका सुरक्षा सामग्री बितरण गरी सहयोग गर्न आग्रह गरेको छ।
  • कही कतै शंकास्पद बिरामी देखिएमा यो विषम परिस्थितिलाई सहज बनाउन सुरक्षित तबरणले सम्बन्धित निकाय वा अस्पतालसम्म पुर्याउन सहयोग गर्न आग्रह गरेको छ।
  • आपतकालीन अवस्थामा वडा वासीहरुको लागि विशेष अपिल गरेको छ। यस महामारीमा वडा वासीको सुरक्षा र अन्य आवस्यक सहयोगका लागि वडाले निम्न अपिल गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।