सरकार भन्दा नागरिक काे लहडिपन किन ?

सरकार भन्दा नागरिक काे लहडिपन किन ?

कपन अनलाइन

काठमाडौं ,चैत १२।

नोभल कोरोना भाइरस बारे नेपालका साक्षर सम्पूर्ण समुहले के गर्न हुने के गर्न नहुने भन्ने विषयमा डाक्टरको भुमिका निर्वाह गर्ने सम्मको बौद्धिकता देखाइरहेका छन ।

समाजमा आफुलाई अत्यन्त सजक र उपल्लो तहको अध्यन गरेको व्यक्तिका रुपमा यो समुह पर्दछन । यो भाइरसको संक्रमण बाट बच्ने, संक्रमण भएपश्चात के गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा यो समुह यति धेरै जानकार भएको पाईन्छ कि मानौ कोरोनाका विरुद्ध सबै नेपाली सचेत छन । उनिहरुलाई यो भाइरसले छुन सक्दैन ।

यो पहिलो वर्गको संख्या नेपालमा अत्याधिक रहेको छ । समाजका कयौं मानिसहरु साक्षर पनि छैनन । समाजिक सञ्जाल बाट पनि टाढा छन । दैनिक जिवनयापनका लागि अनिर्वाय काम या परिश्रम आवश्यक छ । उनिहरुलाई रोग संग लड्ने होइन , केबल जिउन पाए पुग्ने अवस्था पनि हाम्रो देशमा छ । यहि समाजमा तेस्रो वर्गमा राज्य सञ्चालकहरु अनि राज्यका शिर्ष व्यक्तित्वहरु पर्दछन । स्रोत, साधानले परिपूर्ण तहलाई यस समुमा राख्न सकिन्छ ।

आवश्यक्ता अनुसारको उपचार, चिकित्सक अनि वाह्य मुलुकको उपचार पनि उनिहरुको लागि प्रश्सत छ । यो समुहको संख्या न्युन छ । महत्पूर्ण वर्गको रुपमा पाँचौ वर्ग समाजका स्वास्थकर्मी , सुरक्षाकर्मी अनि स्वयसेवी कार्य गर्न चाहानेहरु यसमा पर्दछन ।

समाजको सबै तह र वर्गले यो समुहको कार्यलाई सहज हुने, उनिहरु संग सहकार्य गर्ने परम्परा नेपालमा कमै मात्र देख्न पाइन्छ । विपदको उद्धारका लागि यो समुह निकै ठुलो भगवान बन्छ । तर त्यहि समुहको अनुरोध, सुचना अनि जानकारी हामी यसरी लत्याईदिन्छौ कि हामी सर्वेसर्वा हौ । यो भ्रम बाट हामी बाहिर आउन नसके आज या भोली कोरोना वा अन्य कुनै सक्रमणले हामीलाई तहसनहस पार्ने छ ।

हाम्रो अवस्था भयावह नै छ । सरकार सेमि लकडाउन भन्छ, तर उसको क्रियाकलाप र निर्णयहरुले उसैलाई जिस्काउछ । सरकारका हरेक निर्णयहरुको कार्यान्वयमा उ आफै बाधक बनिरहेको छ , नियमको खिलाफमा गइरहेको छ ।

पुरानो पद्धती ,पुरानै कार्यशैलीले नेपालको सरकारी संयन्त्रलाई निकै बदनाम बनाइरहेको छ । यसलाई परिवर्तन गर्ने क्षमता पनि कोहि राख्न सक्दैन ।

फरक तवरले कार्य गर्न पनि खोज्दैन । अत्यावश्यक बाहेक सबैलाई बन्द गरौ प्रधानमन्त्री भन्दछन अनि त्यहि क्याविनेटका मन्त्रीहरु सरकारी कर्मचारीहरुलाई विदा छैन भन्छ । २५ जनाको सख्या तोक्छ , आफै सयौको भेला गर्छ ।

न्युनतम सख्यामा निजामती कर्मचारीको प्रयोग गर्ने , प्रयोग गरिएका कर्मचारीलाई पूर्ण सुरक्षित वातावरणामा राख्ने यो योजना त सरकारको कतै देखिएको छैन । सरकार सबै कुरामा हामी अब्बल छौ भन्छ ,तर संक्रमितहरुको उपचार पद्धती , स्वास्थकर्मी अनि सुरक्षाकर्मीको एक व्यक्ति एक मास्क पनि अभाव हुने अवस्था आइसकेको छ ।

कुनै सुरक्षित स्थान वा खुल्ला स्थानहरुमा अस्थायी शिविर वा क्याम्प समेत बनाउने कार्य गर्ने ढलमल ढलमल गरिरहेको छ ।

संक्रमित व्यक्तिहरु भेटिए , उनीहरुलाई बोक्ने, सवारी सधान, सवारी ,चालक, स्वास्थकर्मी यो अत्यन्त जटिल अवस्था छ । तथ्यपी भए जति श्रोत र साधान प्रयोग गर्नु बाहेक सरकार पनि नागरीक हो । सरकारलाई सहयोग गर्नु नागरीकको धर्म हो ।

विषम अवस्थामा पक्ष , विपक्षमा रहनु भन्दा एकै आवाजमा उठ्नु हो । जसका लागि नेतृत्वदायी क्षमता र भुमिका भने सरकारको नै रहन्छ ।

मुख्य विषय भनेको कानुनको समानता र अनुशासन नै हो । यो विषयमा न सरकार प्रतिवद्ध छ , न नागरीक नै सचेत छन । हामीले राजनैतिक तर्क र बहसमा विषयलाई जता लैजान खोजे पनि स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रीय सरकारको वर्तमान अवस्थालाई मुल्याङकन गर्ने हो भने हामी संग स्पष्ट योजना र संयन्त्र नै तयार भएको छैन ।

हाम्रो शिक्षा र स्वास्थ आम नागरीक पहुँचमा छैन । नागरीकहरुले सरकारलाई विश्वाश नगरेको हो वा पिडा नपरी ध्यान नदिने हाम्रो वानी परेको हो । नागरीकको भुमिका सरकारले पूर्ण रुपमा निर्देशन दिएपछि जनताले त्यो मान्नुपर्ने हो तर यसो किन हुन सकिरहेको छैन ।

किनकी हाम्रो समाज टेलिभिजनमा देखिएको मन्त्रीज्यूहरुको रवैया स्थानीय सरकारको नेतृत्वले भने जस्तो पूर्ण तयारी ,पुर्व तयारी गर्न नसक्ने अवस्थामा छ ।

मुल्यबृद्धि देखी कालोवजारी सम्म , वेरोजगारी समस्या देखी भ्रष्टकर्मचारीको मारमा परेर मनोवैज्ञानिक रुपमा समाज निरासावादी बनेको छ । यस विचमा यो महामारीको अवस्था हाम्रा लागि जटिल छ ।

एकातर्फ कहालीलाग्दो आर्थिक अवस्था, स्थानीय निकाएहरुमा भइरहेको भ्रष्टाचार अनि राजनैतिक नेतृत्वप्रति बढ्दै गएको वितृष्णा यो महामारी जित्न सक्ने मनोविज्ञान अत्यन्तै कमजोर छ । यस अवस्थामा एक सचेत नागरीकको निर्णय भनेको आफु बाच्ने र आफ्नालाई बचाउने नै हुनुपर्दछ । तर्सथ केहि दिन अत्यन्त धैर्यताका साथ सुरक्षित रुपमा घरमा बस्ने विषयलाई प्राथमिकता दिनु पर्दछ ।

यो महामरी पढेका, जानेका र बुझेकालाई नलाग्ने अनि अरुलाई लाग्ने भन्ने हुदै हुदैन । विकसित राष्ट्रका सर्वाधिक शक्तिशाली व्यक्तिहरुमा समेत सक्रमण देखिएको उदाहरण हाम्रो अगाडी स्पष्ट छन ।

तर्सथ आफु खुसी रहने आफ्नालाई खुसी बाड्ने वातावरण बनाएर सुरक्षित बस्नु नै बुद्धिमानी हुनेछ । समाजिक उत्तरदायी, राजनैतिक सक्रियता नेपालको राजनैतिक दलहरुको गठन र सक्रियता अनि यसको भुमिका यहि समयमा हेर्न लायकको हुनुपर्ने हो ।

सरकार सञ्चालन गर्ने लाई पूर्ण सहयोग गर्दै, सरकारले घोषणा गरेका कार्यक्रमहरुको अनुगमन गर्दै , विपतमा समेत घोटाला गर्ने वानी परेको एउटा तप्कालाई चुनौति दिदै कार्य गर्ने सकेको खण्डमा निरासावादी जनताले समग्र राजनीतिलाई सम्मान गर्ने अवसर पनि बन्न सक्छ । विकसित राष्ट्रहरुको अवस्था फरको हो ।

हाम्रो जस्तो राष्ट्रहरुमा सरकार जस्तै बलियो राजनैतिक दलहरु हुन्छन । यस अवस्थामा राजनैतिक दलका कार्यक्रताहरु आफु पनि सुरक्षित बन्दै हरेक पिडाहरुमा जनता संगै रहनु पर्दछ । यसले समाजलाई बलियो त पार्छ नै राजनीतिलाई पनि सहि मार्गमा ल्याउन प्रेरित गर्छ । यसो गर्नलाई सडकमा नै जानुपर्छ भन्ने पक्का होइन ।

महत्वपूर्ण साथी सुरक्षाकर्मी र स्वास्थकर्मी प्रति धन्यवाद हामी सकारात्मक कम नकारात्मक समाचारलाई बढि समय दिने मनोबृति बाट अगाडी बढिरहेका छौ । स्वास्थसेवी र सुरक्षाकर्मी संग अहिले पनि व्यक्तिगत सुरक्षा समाग्रीहरु छैन ।

यसका वावजुत हाम्रो आशा र भरोस भनेको नै उनिहरु हुन । हामीले हाम्रो विषयमा ध्यान दिइरहदा उनिहरुको अवस्थाका बारेमा सोच्न समेत भ्याउदैनौ यति सम्मकी हामी उनिहरुलाई धन्यवाद र कृतज्ञ अनि अभार व्यक्त गर्न शब्द पनि दिन चाहादैनौ ।

एम्बुलेन्स चालक देखी परिचर सम्म सिपाही देखी उच्च अधिकृत सम्म उनिहरुलाई हाम्रो जस्तो सुविधा पनि छैन कि सुरक्षित घरमा बस, महामारीका समयमा अनेकन घटनाहरु घट्छन, फेरी पनि उनिहरु नै हाम्रो आशा र भरोसा हुन ।

तर्सथ महामारीमा हामी सुरक्षित घरमा खुसी साथ बसेका छौ भने उनिहरुलाई हौसाला बढाउने ,सम्मान गर्ने अनि उनिहरुले गर्ने कर्म प्रति हाम्रो पनि खुसी बाड्ने माहोल मात्रै पनि हामीले समाजिक सञ्जाल बाट दिन सक्यौ भने हाम्रो समाजले केहि राहत पाउन सक्छ ।

तपाइँको प्रतिक्रिया ।