बिदेस बाट आएका नगरवासीको विवरण उपलव्ध गराउन बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेलको अनुरोध

बिदेस बाट आएका नगरवासीको विवरण उपलव्ध गराउन बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेलको अनुरोध

कपन अनलाइन 

काठमाडौं ,चैत १२।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले नगरपालिकाले विदेस बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।

यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै नगर प्रमुख खरेलले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।

त्यस्तै नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइन निर्माणका लागि स्थान उपलव्ध गराउने घोषणा गरेका नगरवासीलाई धन्यवाद दिदै नगरप्रमुख खरेलले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए ।

त्यस्तै यस विचमा नगरपालिकाका पसल वा अन्य सेवा उपलव्ध गराउने संस्थाले कुनै कालोबजारी वा अवान्छित गतिविधि गरेको खण्डमा सिधै ९८५१०९८७३० मा आफुलाई सम्पर्क गर्नका  लागि अनुरोध गरेका छन ।

बुढानिलकण्ठ नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख खरेलले अति आवस्यक कम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।