क्वारेन्टाइन स्थल उपलव्ध गराउने पुष्पलाल मेमोरियल क्याम्पसको घोषणा

क्वारेन्टाइन स्थल उपलव्ध गराउने पुष्पलाल मेमोरियल क्याम्पसको  घोषणा

कपन अनलाइन

काठमाडौं ,चैत १२।

पुष्पलाल मेमोरियल क्याम्पस काठमाडौं महानगरपालिका ७ ले कोभिड १९ कोरोनाको जोखिम बाट बच्नका लागि आफ्नो क्याम्पसलाई क्वारेन्टाइन स्थलको रुपमा बुढानिलकण्ठ नगरपालिकाले  उपयोग गर्नसक्ने घोषणा गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि काठमाडौं महानगरपालिका वडा नं ७ ले उक्त स्थान प्रयोग गर्न सक्ने कलेजले जानकारी दिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने  बताउदै  कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकारले चालेको कदमको स्वागत क्याम्पसले स्वागत गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।