तेस्रो उपत्यकाव्यापि अन्तर निब्स राष्ट्रियगित नृत्य प्रतियोगिता सम्पन्न

कपन अनलाइन
काठमाडौं ,फागुन १६।तेस्रो उपत्यकाव्यापि अन्तर निब्स राष्ट्रियगित नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेणु महतोको अध्यक्षतामा, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेलको प्रमुख अतिथ्यतामा उद्घाटन भएको सो औपचारिक कार्यक्रममा विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, संचारकर्मी,शिक्षासेवि, निर्णयाकको उपस्थिति रहेको थियो।
सो कार्यक्रम विद्यालयका प्राध्यापक डिएन महत्तोले स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खरेलले जो नाच्दछ त्यो सबै भन्दा बढि बाच्दछ, जो गाउछ त्यो सबै भन्दा बढि सन्तुष्ठि हुन्छ भन्दै नाच मानव जिबनको लागि महत्त्वपूर्ण योगा हो जसले मानिसलाई फुर्तिलो तन्दुरुस्त बनाउछ भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका  थिए।
निब्स राष्ट्रियगीत नृत्य प्रतियोगितामा विभिन्न विद्यालयले राष्ट्र र राष्ट्रियता झल्कने मौलिक गित र नृत्य प्रदर्शन गरेका थिए भने सो कार्यक्रममा उपस्थित वृद्ध वृद्धालाई खादा माला लगाएर विद्यालय परिवारले सम्मान गरेको थियो ।
उक्त कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेणु महत्तोले उपस्थिति सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै सो निब्स राष्ट्रियगीत नृत्य प्रतियोगिता समापन गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।