जोसेफ बिज्ञान प्रदर्शनी २०७६ सम्पन्न

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ । जोसेफ माध्यामिक विद्यालयले आयोजना गरेको सृजनात्मक प्रदर्शनी ‘जोसेफ बिज्ञान प्रदर्शनी’ २०७६ कार्यक्रम सम्मपन्न भएको छ ।

जोसेफ माध्यामिक स्कुल प्रांगणमा प्रधानाध्यापक सुर्य बहादुर अधिकारिले उद्घाटन गरेको सो कार्यक्रममा विद्यार्थी, शिक्षक,शिक्षिका, जन प्रतिनिधि,संचारकर्मी, बौद्धिक व्यक्तित्व, सामाजसेविको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा जोसेफ माध्यमिक स्कूलका विद्यार्थीले बनाएका विज्ञान विषयका ज्ञान् बर्दक सृजनात्मक प्रदर्शनी सामग्रीको आफ्नो विद्यालय विद्यार्थी, शिक्षक अभिभाबकले अबलोकन गरेका थिए ।

विद्यार्थीले शिक्षण सिकाईको क्रममा के जाने कति जाने भनेर विद्यालयले मुल्यांकन तथा अवलोकन गर्ने क्रममा विद्याथीहरुले अध्ययन गरे जति प्रयोगात्मक माध्यमबाट व्यावहार देखाउन सफल भएको कुरा जोसेफ स्कूलका एक विद्यार्थीले वताएका छन।

कक्षा ४ देखि १० कक्षा सम्माका विद्यार्थीले बनाएको सृजनात्मक सामाग्री, क्षमता र प्रदर्शनिको मुल्यांकन र अवलोकन विद्यार्थीका अभिभाबकले गरेका थिए ।

शिक्षण सिकाईका साथ साथै प्रयोगात्मक क्रियाकलापबाट अगाडि बढ्दा शिक्षणमा नयाँ र थप सुधार आउने भएकाले सो सृजनात्मक प्रदर्शनी कार्यक्रम राखेको विद्यालयका प्रधानध्यापक सुर्य बहादुर अधिकारिले बताएका छन।

तपाइँको प्रतिक्रिया ।