चोभारको बनभोज स्थलको दुर्दशा

चोभारको बनभोज स्थलको दुर्दशा
कपन अनलाइन
काठमाडौं ,फागुन १४/ कमला लम्साल
किर्तिपुर नगरपालिका – ६ मा रहेको पिकनिक स्पटमा शनिबार र सार्वजनिक बिदाको दिन मानिसहरुको चहल /पहल निकै देखिन्छ । जाडोयाम सुरु भएसंगै उपत्यका मानिसहरु घुम्न / पिकनिक जान मन पराउछन । यस्तै घुम्न वा वनभोज खान आउने क्षेत्रको रूपमा परिचित छ चोभार पिकनिक स्पट । दैनिक १ सय जना र सार्वजनिक बिदाका दिन ३ देखि ४ सयका जनाले दरले यहाँ मानिस हरु घुम्न / बनभोज खान आउने गर्छन ।
काठमाडौँबाट ९.७ किलोमिटर नजिकै र यातायातको सुविधा सहज भएकोले गर्दा पनि आउनेको संख्या बढ्दो छ । हप्तामा ३०० हाराहारीमा आन्तरिक पर्यटनको आगमन हुने यस पिकनिक स्पटमा न त् शौचालय नै ब्यबस्थित छ ? त फोहोर ब्यबस्थापन नै? पुरै पिकनिक स्पट भरि एउटा पनि डस्टविन समेतको ब्यबस्था थिएन ।
फोहोरहरु अलपत्र जतासुकै फ्यकिएका थिए ।शौचालयमा पानीको ब्यबस्था थिएन् भने प्रयोग भएका प्याड र डाइपर्स डस्टविन नभएर अलपत्र फ्यकिएका थिए । जसले गर्दा पिकनिक स्पटको शोभा नै हराएको जस्तो देखिन्थ्यो ।
ब्यबस्थापनको जिम्मा लिएको चोभार विकास समाज एक्ले पाटि सुधार तथा ब्यबस्थापन समितिको ब्यबस्थापन सहजै जो कोहीले अनुमान लगाउन सक्थ्यो पिकनिक स्पट दुर्दशा देखेर । एउटा स्टल बाट ४ हजार उठाउने यो समितिले किन सही ब्यबस्थापन गर्न नसकेको हो ? थाहा भएन ? पिकनिक स्पटबाट चारै तिर हेर्दा सुन्दर दृश्यले मानिस हरुलाई लोभ्याए पनि पिकनिक स्पट अव्यबस्थित देख्दा जान मन नै मरेर आउने थियो ।
यति ठुलो पिकनिक स्पटमा एउटा पनि स्टलको निर्माण नगरिनु पनि आफैमा ब्यबस्थापन समितिको गैर जिम्मेवारीपन देखिन्छ । खुल्ल्ला ठाउमा नै खाना बनाउनु पर्ने त्यसमाथि पानीको अभाव यसले स्वत : पिकनिक स्पटको दुर्दशा झल्काई रहेको थियो ।
बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बुद्ध थिए । यिनले नै प्राचिन समयमा काठमाडौं उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर वस्ति बसालेको किम्बदन्ति पाइन्छ । स्वयम्भुपुराणकै आधारमा मञ्जुश्रीसित सम्बन्धित किंवदन्तिले आधिकारीक मान्यता पाएको छ । जस अनुसार चीनबाट आएका महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले काटेर चोभारको गल्छी खोलेको वर्णन गरीएको छ ।
एतिहासिक र संस्कृतिक रुपले भरिपूर्ण चोभारको पिकनिक स्पटलाई उचित ब्यबस्थापन गर्न नसकेको  एक स्थानीयले बताए।
तपाइँको प्रतिक्रिया ।