वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
कपन अनलाइन
काठमाडौं ,फागुन १४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने बैठकले विघटन गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया ।