ललितपुर महानगरपालिका – ५ बाट चितुवाको छालासहित दुईजना पक्राउ

ललितपुर महानगरपालिका – ५ बाट चितुवाको छालासहित दुईजना पक्राउ

कपन अनलाइन

ललितपुर ,फागुन १४। ललितपुर महानगरपालिका–५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका–५ घर भई काठमाडौं आरुबारी बस्दै आएका २६ वर्षीय विपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका–१ घर भई काठमाडौं महांकाल बस्दै आएका २२ वर्षीय रोशन कार्की रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।