गोल्डेन जाम्बोरी २०७६ सम्पन्न

गोल्डेन जाम्बोरी २०७६ सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन १२। सरस्वतीनगर स्थित गोल्डेन पिक हाइ स्कुलले आयोजना गरेको गोल्डेन जाम्बोरी २०७६ सम्पन्न भएको छ ।

बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष फरक फरक उद्देश्यका साथ विद्यालयले यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार खत्रीले बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका नृत्य, संगित, विभिन्न विषयमा नाटक, योगाको महत्व बुझाउनका साथ साथै योगाका पोजहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुहरुले नेपालका विभिन्न समुदायहरुको संस्कृती झल्काउने भेषभुषा, गित र नृत्य प्रस्तुत गरेका थिए । तराईको थारु समुदाय, पहाडका तामाङ्ग, लामा, गुरुङ्ग, राई, लिम्बु, नेवार, हिमालका शेर्पा समुदाय देखि सुदुर पश्चिमका हुडकेली नाच र पुर्वका प्रख्यात लोकनृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

दीगो विकास लक्ष्यको ३ र १३ नम्बर लक्ष्यमा आधारित स्वस्थ्य जीवन र स्वच्छ वातावरण राख्नु हाम्रो जिम्मेवारी शिर्षकमा विद्यार्थीहरुले नाटक प्रर्दशन गरेका थिए । मनोरञ्जन र सन्देशमुलक गीति नाटक र नृत्य पनि प्रस्तुत गरेका थिए ।

नेपाल बहु भाषी, बहु संस्कृति र बहु धार्मिक देश भएको र हामी सबै मिलेर बस्नु पर्ने सन्देश दिएका थिए । निर्मला हत्या काण्डका बारेमा घोचिलो प्रस्तुती नृत्य मार्फत पस्केका थिए । हाल चलेका हरेक प्रकारका नृत्यका फर्महरुमा बालबालिकाहरुले प्रस्तुती दिएका थिए ।

यो वर्ष भरी उत्कृष्ट नृत्य टोली, बास्केटवल खेलाडी, फुलवल खेलाडी हस्तलेखन, चित्रकला, संगित तथा गायन, उद्घोषण, कर्तव्यनिष्ठ, इमान्दार साथै जेहेन्दार विधामा विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल छत्रमणि राई र स्वीजरल्याण्डका पिटरले पुरस्कार प्रदान गरे । विद्यालयको विद्यार्थी परिषद्को अध्यक्ष तथा डाइनामिक लिडरका रुपमा सर्वज्ञा राईलाई सम्मान गरिएको थियो ।

उक्त दिन विद्यालयको मुख पत्रिका विभिन्न क्षेत्रका व्यक्तित्वहरु मर्फत् विमोचन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।