गोल्डेन पिक हाइ स्कूलले आयोजना गरेको गोल्डेन उत्सव २०७६ सम्पन्न

गोल्डेन पिक हाइ स्कूलले आयोजना गरेको गोल्डेन उत्सव २०७६ सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फागुन १० 
विद्यालय.व्यवस्थापन.समितिका अध्यक्ष अनिल कु खत्रिको अध्यक्षतामा उद्दघाटन भएको सो कार्यक्रममा सिनियर एजुकेशन विशेषज्ञ पिटर एस्लिङ्गर , अङ्ग्रेजि भाषा विशेषज्ञ आनेमेरि एस्लिङ्गर, जन प्रतिनिधि, राष्ट्रिय स्तरका कलाकार, सञ्चार कर्मी, समाज सेवि, राजनीतज्ञ,बुद्धिजीवी, अभिभावक उपस्थित भएको कार्यक्रममा विद्यालयक प्रधानाध्यापकले  अतिथी तथा अभिभावकलाई स्वागत गर्दै स्वगत मन्तव्य राखेका थिए।
सो कार्यक्रमका अतिथी तथा अभिभावकलाई कक्षा नर्सरी देखि दश सम्माका विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरि विभिन्न खालका मनोरञ्जनात्मक क्रियाकलाप गरेर अझ कार्यक्रमको सोभा बढाएका थिए ।
उक्त गोल्डेन उत्सवको अबसर पारेर बिद्यालयको शैक्षिक स्थिती, अहिले सम्म सम्पन्न गरेका मनोरञ्जनात्मक क्रियाकलाप आदिको बारेमा सबै उपस्थित अभिभावक, विद्यार्थीको माझमा प्रस्तुत गर्दै विभिन्न खालका क्रियाकलापमा प्रथम, दितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कर वितरण गरेर सम्मान गरेको हो ।
उक्त उत्सबमा गोल्डेन पिक स्कूलको शैक्षिक क्षेत्रको उन्नति र प्रगति  देखेर स्वजरल्यान्ड बाट आएका  सिनियर एजुकेशन विशेषज्ञ पिटर एस्लिङ्गर , अङ्ग्रेजि भाषा विशेषज्ञ आनेमेरि एस्लिङ्गर लाइ विद्यालयले सम्मान गरेको हो 
उक्त कार्यक्रमका अध्यक्ष तथा बिध्यालय विद्यालय.व्यवस्थापन.समितिका अध्यक्ष अनिल कु खत्रिले उपस्थिति सम्पूर्ण अभिभावकलाई सम्मान गर्दै विद्यार्थीको शैक्षिक क्षेत्रको सुधारमा आफू र विद्यालय सकारात्मक ढंगबाट अगाडी बढेको र बढने कुरा बताउदै सो कार्यक्रम समापन गरेका थिए।
तपाइँको प्रतिक्रिया ।