चन्द्रागिरिमा जनमोर्चाको संंगठन अभियान तिब्र,सयौंले लिए सदस्यता

चन्द्रागिरिमा जनमोर्चाको संंगठन अभियान तिब्र,सयौंले लिए सदस्यता

कपन अनलाइन

काठमाडौं ,फागुन ११। काठमाडौको चन्द्रागिरिमा राष्ट्रिय जनमोर्चाको संंगठन अभियान तिब्र भएको छ ।

पार्टिको एकमहिने अभियान अन्तर्गत सुरू भएकाे अभियानमा सयाैंले पाटी सदस्य लिएका हुन् । पाटीकाे जिल्ला अध्यक्ष झविन्द्र वेलवासे,जिल्ला सदस्य तथा चन्द्रागिरि नगर ईन्चाज राेसन दानी,नगर अध्यक्ष माेहन जिसी लगायत नेताहरूकाे उपस्थितिमा संगठन विस्तार अभियान सुरू भएकाे हाे ।

पाटीले देश भर एकै साथ सुरू गरेकाे एक महिने संगठन विस्तार अभियान अन्तर्गत राष्ट्रिय जनमाेर्चाले चन्द्रागिरि नगरपालिकाका हरेक गाउँ टाेलटाेलमा पनि संगठन निर्माण तथा जनताहरू संग प्रत्यक्ष भेटघाटलाई तिव्रता दिएकाे छ ।

जिल्ला अध्यक्ष झविन्द्र वेलवासेले काठमाडौ जिल्लामा जनमाेर्चा प्रति जनताहरूकाे आकर्षण,उत्साह व्यापक वढि रहेकाे बताए ।

राष्ट्रिय जनमाेर्चाका युवा नेता राेसन दानीले चन्द्रागिरिमा राष्ट्रिय जनमाेर्चामा युवाहरूकाे जनसहभागिता र उत्साहाले पाटीमा ठुलाे याेग्दान मिल्ने उनको भनाई छ । उनले देशमा कायम बेथिति,भष्टचार,युवा वेराेजगारी,रमजनितिक वितृष्णा अन्तय गर्दै समुन्त समाज निर्माणकार्यमा अघि वढ्ने बताए ।

राष्ट्रिय जनमाेर्चा जिल्ला समितिकाे आयाेजनामा राष्ट्रिय जनमाेर्चाकाे केन्द्रीय अध्यक्ष चित्रवहादुर केसीकाे प्रमुख आतिथ्यतामा फागुन १ गते चन्द्रागिरि पाटी प्यालेसवाट काठमाडौ उपत्यकाको संगठन बिस्तार अभियानकाे उद्घाटन सुभारम्भ गरेका थिए ।

संघियता खारेजी,नागरिकता विधेयक, मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी खारेजी, लिपुलेक,लिम्पियाधुरा र कालापानीवाट भारतीय सेना हटनु पर्ने र जाली नक्शा खारेज गरि नेपाली भुमि फिता गर्नु पर्ने भन्दै आन्दोलन जारी राखेकाे छ ।

राष्ट्रिय जनमाेर्चाकाे फागुन १ गते वाट देश व्यापी संगठन निर्माण अभियान चलिरहेकाे छ ।

तपाइँको प्रतिक्रिया ।