नेपाल दलित बिद्यार्थी संघ द्वारा नेपाल दलित संघको २३औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

नेपाल दलित बिद्यार्थी संघ द्वारा नेपाल दलित संघको २३औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

कपन अनलाइन

काठमाडौं फागुन ६।  नेपाल दलित संघको २३ औं स्थापना दिवस बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ ।फागुन ४ गते  आइतबार नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय कार्य समितिले  स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरि सो दिवस मनाएको छ। गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित जय नेपाल संचार गृहमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि सो दिवस मनाएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल दलित संघका अध्यक्ष एबम संघिय सांसद माननीय  मीन बिश्वकर्मा रहेका थिए भने बिशेष अतिथिको रुपमा नेबिसघंका  निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेस युवा नेता नैनसिंह महर,नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय सचिब दिपक सोनी , नेपाल दलित संघका केन्द्रीय सदस्य भीमसेन दमाइ ,नेपाल तरुण दल पुर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अधिकारी, नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले गरेका थिए भने कार्यक्रम संचालन नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय सदस्य सुवास बराइली ले गरेका थिए ।कार्यक्रममा नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय सदस्य अनिल सुनामले स्वागत मन्तब्य राखेका थिए।

कार्यक्रमको उदेश्य माथि प्रकाश पर्दै नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले नेपाली समाजमा परम्परागत रुपमा हुँदै आएको जातिय विभेद तथा छुवाछुत लगायतका कुसंस्कारविरुद्ध संगठित हुन र समाजमा परिवर्तनका आवाज बुलन्द पार्न नेपाली कांग्रेसको भ्रातृ संगठनका रुपमा दलित संघ स्थापना भएको  जानकारी गराए ।

वि.सं. २०५४ साल फागुन ४ गते यस संघले औपचारिक रुपमा नेपाली कांग्रेसको भ्रातृ संगठनको मान्यता पाएको जानकारी गराउदै सामाजिक कुसंस्कार र अमानवीय व्यवहारको शिकार भई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक एवम् प्रशासनिक क्षेत्रमा शोषित, उपेक्षित, उत्पीडित, अपमानित एवम् वञ्चितिकरणमा पारिएका दलित समुदायलाई राजनीतिक रुपले प्रशिक्षित गर्न संघको स्थापना गरिएको स्मरण गर्दै  नेपाली दलित बिद्यार्थीहरुको हक अधिकार प्राप्तिको लागि नेपाल दलित बिद्यार्थी संघको समेत स्थापना भएको बताए ।उनले नेपाल दलित बिद्यार्थी संघले हाल सम्म गर्दै आएको कार्यहरुको बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल दलित संघका अध्यक्ष एबम संघिय सांसद माननीय मीन विश्वकर्माले स्वेदश तथा विदेशमा रहेका लोकतन्त्रको मूल्य, मान्यता र संस्कृतिलाई आदर्शको रुपमा अनुसरण गर्ने सम्पूर्ण व्यक्तिहरुमा शुभकामना व्यक्त गरेका  थिए । उनले आयोजकलाइ धन्यबाद दिदै  दलित संघले स्थापनाकालदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न प्रतिबद्ध तथा सामाजिक न्याय, समानता, समानुपातिक सहभागिता र मर्यादाको पक्षमा निरन्तर पैरवी गर्दै आएको  पनि बताए ।

उनले नेपाल दलित संघको महाधिवेशन सिघ्र हुने जानकारी गराउदै  त्यसको निमित्त केन्द्रीय पदाधिकारी उनि  स्वयं केन्द्रीय अध्यक्ष भएको हैसियतले एकदमै कटिबद्ध आन्तरिक गृहकार्य गरिरहेको पनि जानकारी गराएका थिए ।नेपाल दलित संघ को संगठनप्रति सबै जनाले  संगठन लाइ नबिगारीकन आफ्नो आन्तरिक संगठनलाइ जोगाउन र बचाउनको निमित्त सक्रिय राख्नको लागि सबैजना लाग्नुपर्ने तर आफु एउटा ब्यक्ति बिशेषको राजनीतिलाई जोगाउन को निमित्त संगठनलाइ नबिगार्न पनि उनले अनुरोध गरेका थिए ।

  त्यसै गरि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  नेबिसघंका  निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेस युवा नेता नैनसिंह महरले  आयोजक लाइ धन्यवाद दिदै दलित संघको २३ औं स्थापना दिवसको शुभकामना ब्यक्त गरेका थिए।  उनले नेपाल दलित संघ मीन बिश्वकर्माको अध्यक्षतामा भएको  नेतृत्व सफल रहेको जानकारी गराउदै आज सम्म नेपाल दलित संघमा अहिलेको वर्तमान केन्द्रीय पदाधिकारी आइकन २०५४ साल देखि आज सम्मको संगठनलाइ हेर्ने हो भने चरम रुपले अगाडी बढेको जानकारी गराएका थिए।कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल दलित संघको २३ औं स्थापना दिवसको शुभकामना ब्यक्त गरेका थिए । स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।