रामेश्वर फुयालले लिए मन्त्री पदको सपथ

रामेश्वर फुयालले लिए मन्त्री पदको सपथ

कपन अनलाइन

हेटौंडा , फागुन ३।

अन्ततः रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि नै निर्णय गरिसकेको भए पनि नेकपा प्रदेश कमिटीले रोकेको थियो ।

प्रदेश इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ‘मुख्यमन्त्रीको एकलौटी नचल्ने’ भन्दै रोक लगाएपछि शपथ ग्रहण हुन सकेको थिएन ।

तपाइँको प्रतिक्रिया ।