वेस्ट मन्टेश्वरीले वेस्ट बन्दै अन्तरास्ट्रिय अवार्ड हात पार्न सफल

वेस्ट मन्टेश्वरीले वेस्ट बन्दै अन्तरास्ट्रिय अवार्ड हात पार्न सफल

कपन अनलाइन

काठमाडौं माघ २८  । वेस्ट मन्टेश्वरी चेन अफ स्कुल एजुकेसन एक्सलेन्स अवार्डबाट सम्मानित भएको छ । वेस्ट विजनेस वल्र्ड इन्टरनेसनल अर्गनाइजेसन (विडब्लुआइओ) अमेरिकाले प्रत्येक वर्ष वितरण गर्दै आएको एजुकेसन एक्सलेन्स अवार्डबाट यस वर्ष नेपालको वेस्ट मन्टेश्वरी सम्मानित भएको हो ।

शनिवार मलेसियाको राजधानी क्वालालम्पुरमा एक भव्य समारोह बिच अवार्ड कार्यक्रम भएको थियो । विश्वभरी पठनपाठन गराइने मन्टेश्वरी शिक्षा प्रविधिलाई सन् २००५ मा स्थापित वेस्ट मन्टेश्वरीले हालसम्म देशभरी १० हजारभन्दा बढी मन्टेश्वरी तालिम दिई यो प्रणाली लागू गर्नमा अग्रणी भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको विद्यालयकी प्रिन्सिपल सुश्मा लामाले बताइन् ।

यस विद्यालयको ९ वटा प्रिस्कुल, नेपालकै पहिलो मन्टेश्वरी हाई स्कुल तथा मन्टेश्वरी तालिम केन्द्र रहेको छ । हाल यस संस्थाले विभिन्न स्थानीय तहहरुको सहकार्यमा मन्टेश्वरी प्रयोगात्मक शिक्षा प्रणाली सामुदायिक विद्यालयहरुमा समेत थालनी गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।