नेपाली कांग्रेस काठमाडौं -४ मा सम्पदा “लडाई”

नेपाली कांग्रेस काठमाडौं -४ मा सम्पदा “लडाई”

कपन अनलाइन

काठमाडौं ,माघ २८/पुन्यराज पुडासैनी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ मा अहिले सम्पदा “लडाई” चलेको छ।  यहाँ उल्लेख गरिएको लडाई शव्द कुनै भौतिक आक्रमण वा अन्य कुनै किसिमको प्रत्यक्ष लडभिड भने हैन यो त् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ मा देखिएका दुई समुह विचको कार्यक्रम मार्फत गरिएको राजनीतिक लडाईका वारेमा हो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ अहिले आफ्नो क्षेत्रका विभिन्न धार्मिक सम्पदाहरुको सरसफाई तथा प्रवर्धन भन्दै कार्यक्रम संचालन गर्दै आएका छन ।

त्यस्तै काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले पनि चरणवद्ध रुपमा निर्वाचन क्षेत्रका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्धन गर्ने भन्दै सरोकारवाला संग छलफल र कार्यक्रम संचालन गर्दै आएका छन।

धेरैलाई लाग्न सक्छ सांसद र सभापतिले आफ्नो निर्वाचन क्षेत्रका सम्पदा प्रति अगाध प्रेम र चासो देखाउनु कुन नौलो कुरा भयो र ? पक्कै यो नौलो र फरक कुरा हैन तर एउटा पार्टीका र एकै निर्वाचन क्षेत्रका दुई नेताले फरक फरक ढंगले एकै विषय संग सम्बन्धित कार्यक्रम संचालन गर्ने र एक अर्काको कार्यक्रममा सहभागी नहुनुले भने केहि प्रश्न अवस्य जन्माएको चर्चा काठमाडौं क्षेत्र नं ४ मा चलेको छ ।

नक्साल क्षेत्रको रीभाइट लाइजेसन  अभियानमा सांसद थापा

माथिको तस्विर सांसद थापाले नक्साल क्षेत्रमा बजेट बिनियोजन गरेर संचालन गरेको कार्यक्रमको हो जसमा उनले यो जस्तै अन्य सम्पदाहरुको प्रवर्धन गर्ने योजना तथा कार्यक्रम रहेको बताएका थिए ।

त्यस्तै माथिको तस्विर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठको संयोजनमा गगन थापाको बसोवास रहेको वडा नं ३० मा रहेको आनन्द भैरव  मन्दिर सरसफाई कार्यक्रमको हो।उक्त मन्दिर क्षेत्रको सरसफाई संगै क्षेत्रका अन्य सम्पदाको प्रवर्धन गर्ने अभियानमा रहेको राजु श्रेष्ठले बताउदै आएका छन ।

यहाँ पाठकहरुको मनमा अझै प्रश्न उठन सक्छ सांसद र सभापतिले सम्पदा संरक्षणमा अगाध माया प्रकट गर्दा के भयो र ? पक्कै पनि सम्पदा संरक्षणको अभियान विसुद्ध सांस्कृतिक  प्रवर्धनको  पहलकदमी  हुदा कसैले यसको वारेमा अनुमान वा टिप्पणी गर्नु बान्छनीय छैन वा हुदैन ।

तर एकै पार्टीका प्रमुख जिम्मेवारीमा रहेका नेताले एकै विषयमा फरक फरक अभियान संचालन गर्नु र एकको कार्यक्रममा अर्को उपस्थित नहुनु भने सोचनीय विषय हो भन्न सकिने आधार सिर्जना गरेको छ  र अहिले यसले काठमाडौं क्षेत्र नं ४ को नेपाली कांग्रेस र आम जनतामा चर्चा परिचर्चा र बहस उठान गरेको छ ।

यो विषय केवल एउटा कार्यक्रम संचालन संग जोडेर हेर्न नहुने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का एक सदस्य बताउछन । यो विगतको निर्वाचनको परिणाम  र आसन्न महाधिवेसनको तयारी संग जोडिएर भएको रिहर्शल रहेको उनको धारणा छ ।

नेपाली कांग्रेसको महाधिवेसनको चर्चा शुरु भए संगै काठमाडौं क्षेत्र नं ४ मा पनि यसले माहोल तताएको छ भने त्यसका लागि महाधिवेसन लक्षित समीकरण र समुह बन्दि गर्ने अभियानमा अहिले थापा र श्रेष्ठ देखिएका छन ।

पछिल्लो समय काठमाडौं क्षेत्र नं ४ प्रदेस ख मा गगन थापाले आफ्ना विस्वासपात्र विनोद चालिसेलाई सभापति बनाएर निरन्तर कार्यक्रम संचालन गरे संगै झस्किएका राजु श्रेष्ठले पनि त्यस पश्चात आफ्नो सक्रियता बढाएको नेपाली कांग्रेस बुढानिलकण्ठका एक सदस्य बताउछन । एकै दलका दुई पक्षको यो सक्रियता राजनीतिक उदेस्यले प्रेरित रहेकोमा भ्रम राख्न नहुने उनको बुझाइ रहेको छ ।र त्यहि प्रेरणा अहिले काठमाडौं क्षेत्र नं ४ का विभिन्न मन्दिर र अन्य सम्पदामा प्रकट भैरहेको हो भन्दै उनले व्यंग्य गरे।

आसन्न महाधिवेसनमा महामन्त्रीको दावी गर्दै देशब्यापी अभियानमा रहेका थापाको क्षेत्रमा यस किसिमको आन्तरिक प्रतिस्पर्धा पहिलो पटक भने भएको हैन यस अघि पनि थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यकमको ठिक एक दिन अगाडी क्षेत्रीय सभापति श्रेष्ठले पनि शुभकामना कार्यक्रम आयोजना गर्दै टकरावको संकेत दिइसकेका छन।

काठमाडौं क्षेत्र नं ४ का १२ वडा मध्ये १० वटा वडा र प्रदेस सभा ख मा पराजित बनेको नेपाली कांग्रेसमा अहिले चलिरहेको टकराव ,संघर्ष र लडाई भोलिका दिनमा सम्पदा बाट बैठक र कार्यक्रममा सर्यो भने अन्यथा मान्न नहुने  नेपाली कांग्रेसका एक पुराना नेता बताउछन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।