मार्स द्वारा आयोजित तथा लर्ड बुद्ध ईन्स्टिच्युटको ब्यबस्थापनमा भएको म्याथम्याटिक्स टपर्स कम्पिटिसनको ५औं संस्करण सम्पन्न

मार्स द्वारा आयोजित तथा लर्ड बुद्ध ईन्स्टिच्युटको ब्यबस्थापनमा भएको म्याथम्याटिक्स टपर्स कम्पिटिसनको ५औं संस्करण सम्पन्न

कपन अनलाइन       

काठमाडौँ, माघ २४। म्याथम्याटिक्स रिसर्च एंडस्टडीज  सेन्टर (मार्स) को आयोजना तथा लर्ड बुद्ध ईन्स्टिच्युटको  ब्यबस्थापनमा म्याथम्याटिक्स टपर्स कम्पिटिसन को  -५ औं संस्करण आज सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ नारायणटार पुल नजिक रहेको नामी कलेजमा आज बिहान भएको सो प्रतियोगिता उद्घाटन समारोहको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए।

 त्यसैगरी बिशेष अतिथिको रुपमा प्याब्सन केन्द्रीय महासचिब कुमार घिमिरे, नेपाल म्याथम्याटिक्स सोसाइटीका महा सचिब डाक्टर जीवन काफ्ले, लर्ड  बुद्ध ईन्स्टिच्युटका म्यानिजिंग डिरेक्टर बिधान लिम्बु  समाजसेवी पुण्य प्रसाद चौलागाई, इसान का अध्यक्षएबम होलि एन्जल्स स्कुल कलेजका प्रिन्सिपल राजकुमार श्रेष्ठ, निसानका केन्द्रीय अध्यक्ष एबम लिबर्टी स्कुल कलेजका प्रिन्सिपल ओम प्रसाद ढकाल  निसानका महासचिब एबम गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य, भेनस कलेजका डिरेक्टर कृष्ण गौतम, कागेश्वरी प्याब्सनका अध्यक्ष श्रीराम दाहाल  नामी कलेजका सी इ यो  पवन पोखरेल निसानका कोषाध्यक्ष एबम जिवन ताराका भाइस प्रिन्सिपल नवराज सापकोटा छहारी शिक्षा सदनका प्रिन्सिपल अनिल पराजुली लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिध,सहभागी बिध्यालयका बिद्यार्थीहरुको बाक्लो  उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता म्याथम्याटिक्स रिसर्च  एंड स्टडीज  सेन्टर (मार्स)का अध्यक्ष YE आचार्य – ओशोधाराका सागर दहालले गरेका थिए भने कार्यक्रम संचालन लर्ड बुद्ध इन्सिच्युटका कोर्डिनेटर असित मान श्रेष्ठले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा नामी कलेजका सी इ यो पवन पोखरेलले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा लर्ड बुद्ध इन्सिच्युटका का पुर्व बिद्यार्थी हाल आइ ओ एम मा अध्ययनरत विद्यार्थी सागर खड्का ले कार्यक्रमको उपयोगिता माथि प्रष्ट पारेका थिए। उनले लर्ड बुद्ध इन्सिच्युटमा अध्ययन गर्दा सो इन्सिच्युट मार्फत धेरै सिक्ने अवसर प्राप्त गरेको बताए ।उनले  अझै पनि इन्सिच्युटमा पढ्ने होर भन्ने सोचाइ रहेको  बताए उनले एसईई पछिको प्लस टु भनेको उच्च शिक्षाको ढोका हो, जहाँबाट सुदूर भविष्यको प्राज्ञिक यात्रा निर्धारण हुने  बताउदै करिअरको आधारशीला निर्माण हुने प्लस टुमा विद्यार्थीहरुले आफुलाई परिस्कृत पाठ्यक्रममा अभ्यस्त गराउनु पर्ने बताए । विद्यालय तहको शिक्षा र प्लस टुबीचमा रहेको दूरी घटाउने काम ब्रिजकोर्सले  गरेको बताए ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श दिनु ब्रिजकोर्सको अर्को बिषेशता  भएको बताउदै लर्ड बुद्द इन्स्टिच्युटले  बिद्यार्थीको  रुची, क्षमता, आर्थिक अवस्था अनुसार कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कसरी पढ्ने ? लगायतको विषयमा परामर्श र निर्णय लिन पनि सघाउ पुर्याईरहेको  बताउदै आफुलाई पनि त्यसले ठुलो सहयोग गरेको स्मरण गरेका थिए ।

कार्यक्रममा  गणित बिषयका बिज्ञ बाशुदेव दवाडीले ले बिद्यार्थीहरुलाई प्रश्नहरु कसरी बनाइन्छ र त्यसको उत्तर कसरी लेख्नु पर्छ भन्ने बिषयमा प्रकाश पारेका थिए। उनले गणित लाइ हाउगुजी मान्न नहुने भन्दै मिहेनत गरे सफल भइने बताएका थिए । उनले यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई सिर्जनशील बनाउन सहयोग पुग्ने भन्दै आयोजकलाइ धन्यबाद दिएका थिए।उनले आउदै गरेको एस ई ई को पुर्व सन्ध्यामा  आयोजित सो प्रतियोगिताले बिद्यार्थीहरुलाई गणित बिषयमा थप अभ्यास हुने हुदा उनीहरुको लागि सो कार्यक्रम सहयोगी हुने बिश्वास ब्यक्त गर्दै सफलता को शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा गणित बिषयका शिक्षकहरुलाइ सम्मान गरिएको थियो जसमा सुमन श्रेष्ठ, अनुप राउत, सोनाम छिरिंग शेर्पा,प्रदिप घिमिरे,सबिना लामा प्रण श्रेष्ठ, मधुसूदन ढुंगाना,सुयन पौडेल,किशन कुमार रोय,सुरेश निरौला,दिवाकर नेपाल,प्रताप बस्नेत,सुमन कार्की,सर्मिला नेपाल,सरोज श्रेष्ठ,मुरारी चालिसे,महेश राई,रबिन बस्नेत,भोला प्रसाद,ढुंगेल,बिशाल भट्ट, गरिमा श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा ईन्स्टिच्युटका म्यानिजिंग डिरेक्टर बिधान लिम्बुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै येस्ता कार्यक्रमले बिद्यार्थीहरुमा सिर्जनशीलता बृद्दी गर्न सहयोग पुर्याउने हुँदा प्रत्येक वर्ष लर्ड बुद्द इन्स्टिच्युटले सक्रियता पुर्वक कार्यक्रम आयोजना गर्न सहयोगी भूमिका खेल्दै आएको बताएका थिए ।उनले ५ औं संस्करण सम्म आइपुग्दा सहयोग गर्ने सबै प्रायोजक तथा सहभागी बिद्यालय र बिद्यार्थीहरुलाई धन्यबाद दिदै  उनले बिद्यार्थीहरुलाई आउदै गरेको एस ई ई परिक्षामा उत्कृष्ट हुन समेत अनुरोध गरेका थिए ।कार्यक्रममा   प्याब्सन केन्द्रीय महासचिब कुमार घिमिरे , नेपाल म्याथम्याटिक्स सोसाइटीका महा सचिब डाक्टर जीवन काफ्ले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए।  उनले यस्ता प्रतियोगिताले बिद्यार्थीहरु बीच रहेको गणितका प्रतिभा प्रष्फुटन गर्नको साथै उनीहरुमा भएको सृजनशीलतालाइ थप उजागर गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका  थिए ।उनले गोकर्णेश्वर नगरपालिका यस्ता प्रकारका कार्यक्रममा सहयोग गर्न तत्पर रहेको भन्दै उचित योजनाका साथ आएका कार्यक्रममा नगरपालिकाले सकेको सहयोग गर्ने पनि बताएका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै म्याथम्याटिक्स रिसर्च  एंड स्टडीज  सेन्टर (मार्स)का अध्यक्ष YE आचार्य – ओशोधाराका सागर दहालले  बिद्यार्थीहरुलाई योगको सानो बिधि बाट शान्त बनाउदै प्रतियोगितामा उत्कृष्ट हुन अनुरोध गरेका थिए।

उनले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने  तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।सो प्रतियोगितामा करिब  एक सय ५० वटा बिद्यालय का करिब ६ सय बिद्यार्थीहरुले प्रतियोगितामा सहभागी भएका थिए उक्त प्रतियोगिताको उत्तरपुस्तिका बिभिन्न चरणमा परिक्षण गरि उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।