कोरोना भाइरस र चीनमा रहेका हाम्रा विद्यार्थी

कोरोना भाइरस र चीनमा रहेका हाम्रा विद्यार्थी

कपन अनलाइन

काठमाडौँ,माघ २४ /अर्जुन पाण्डे

 मान्छे आफ्नु हुन्छ, रोग आफ्नु हुँदैन । मानिसलाइ मायाँ गरिन्छ, रोगलाइ माया गर्न सकिन्न । रोगलाइ फाल्नै पर्छ । अहिले चीनमा कोरोना भाइरस संक्रमित शहरमा रहेका नेपाली विद्यार्थीलाइ घर ल्याउने, नल्याउने बारे बहस छ । बहस गर्नु समयोचित छ । घरपरिवार आफ्ना सदस्य प्रति जति संवेदनशील छन् राज्य एउटा अभिावकका नाताले त्यत्ति नै संवेदनशील हुनुपर्छ । यो मानवीय कुरा भयो ।
अब आजको परिवेश र ज्वलन्त प्रश्न तर्फ सोचौं : चीनमा रहेका विद्यार्थीहरु घर ल्याउनु जरुरी छ वा उनिहरु त्यहीँ सुरक्षित छन् ? अहिलेको मूल् प्रश्न यो हो । चिकित्सकका भनाइ अनुसार कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेको १४ दिन सम्म लुकेर बस्छ । र अत्यन्तै सजिलैसंग हावाको माध्यमबाट एकबाट आर्कोमा सर्छ । यदि आउँदा आउँदै बाटैमा कोही कसैमा सल्किएको रहेछ भने र काठमाडौंको चीसो हावामा यसले फैलिने मौका पायो भने ? नेपालमा त्यसले भयावह अवस्था नल्याउला भन्न सकिन्न । दुइ दिन मै ठुला अस्पताल बनाउन सक्ने देशमा त यसलाइ नियन्त्रण गर्न कत्रो हम्मे हम्मे छ । कति सकस छ । हाम्रो जस्तो देशमा के होला ? जहाँ एयरपोर्टमा बाहिरबाट आउनेको भाइरस चेक गर्न बसेका डाक्टर नै टेवलमा नभेटिएका खबर आइरहेछन् । फेरी ति विद्यार्थीलाइ कहाँ राख्ने ? अर्को समस्या छ । आफ्नो ठाउँमा त्यस्ता मानिस नल्याउ भनेर सबैतिर आवाज उठेका छन् । सबै त्रसित छन् ।
दोश्रो कुरा चीनीयाँहरुका अनुसार भाइरस नियन्त्रण उन्मुख छ । र स्वयं चिनियाँ सरकार भन्दैछ नेपाली विद्यार्थीैहरुमा भाइरस संक्रमण छैन । उनिहरुको जिम्मा  चीन सरकारले लिन्छ । ढुक्क भए हुन्छ । अब एकाध हप्तामा तापक्रम बढ्न थालेपछी भाइरस नियन्त्रण भै स्थिती सामान्य भैहाल्छ ।
तेश्रो कुरा  जसरी केही पश्चिमा देशहरुले आफ्ना नागरिक फिर्ता लैजान हतार गरे र त्यस्तो व्यावहारले मित्र राष्ट चिन खिन्न छ त्यै लहै लहैमा लाग्नु हामिलाइ किन परेको छ र ? हामीलाइ यो वा त्यो मुलुकले के गर्यो भन्ने चासो भन्दा पनि आफ्नो चासो नै महत्वपूर्ण छ । वास्तवमा त्यहाँ सुरक्षित वातावरण छ तर हाम्रोमा ? सुरक्षा एक थरीको मात्र होइन, सबैको हुनु पर्छ । परिवारको माया भनेर झ्याम्म अंगालो हाल्न जान सक्ने अवस्था आज कसैको छैन । ख्वक्क खोक्ने वित्तीकै वरीपरि सबैको सातो उड्छ । अवस्था यस्तो छ ।
चौथो कुरा यदि कसैमा संक्रमण रहेछ भने एयरपोर्टबाट ल्याउँदा ल्याउँदै बाटोमा भाइरस चुहिन सक्छ भनिएको छ । त्यसरी चुहिएको भाइरस काठमाडौंमा कहीँ एउटालाइ मात्र पनि सरयो भने त्यसले कस्तो रुप लेला ? आज सम्म सुरक्षित रहेका विद्यार्थी बाटोमा संक्रमित भै दुर्घटना भए त्यसको जिम्म कस्ले लिने ? अन्यमा सरे त्यसको जिम्मा को लिने ?
तसर्थ आज भावनामा मात्र बगेर हैन समस्या माथी ठण्डा दिमागले सोच्नु पर्दछ । राज्यले अभिभावकत्व लिन खोज्नु सकारात्मक हो तर उसले सबैको भलाइलाइ ध्यान दिनु पर्दछ न कि एक थरिको समस्यालाइ मात्र हेरेर हुन्छ ।

तपाइँको प्रतिक्रिया ।