चामुण्डा माबी पूर्व बिद्यार्थी मन्च द्वारा आयोजित सरस्वती पुजन तथा सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ,माघ २२। श्री पञ्चमी (सरस्वती पूजा) पर्वको अवसर पारेर माघ १६ गते चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चद्वारा आयोजित “सरस्वती पूजन तथा सम्मान समारोह २०७६ सफलता पुर्वक सम्पन्न भएको छ ।
बागमती प्रदेशको निवर्तमान प्रदेश प्रमुख एवं सिएनएन हिरो अनुराधा कोइरालाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा संघिय सांसद सरिता न्यौपाने, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , लामो समय चामुण्डा माध्यमिक बिध्यालयको शिक्षक एबम प्रधानअध्यापक रुपमा सेवा गरेकी शिक्षक जयन्ती लम्साल, शिक्षा प्रेमी समाजसेवी रामहरी अर्याल , बिध्यालय व्यवस्थापन समितिका सल्लाहकार दिपक सिंह भण्डारी गोकर्णेश्वर नगरपालिका धार्मिक समिति संयोजक दिवाकर भण्डारी, चामुण्डा माबी पुर्व बिद्यार्थी मन्चका उपाध्यक्ष रत्नमान लामा आँशु लगायत मन्चका पदाधिकारी बिध्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष समाजसेवी एबम पुर्व लायन्स गभर्नर कुमार राज सुवेदीले गरेका थिए भने कार्यक्रम संचालन पूर्व बिद्यार्थी मञ्चकाका सहसचिब बच्चुराम शर्मा कुइकेलले गरेका थिए।कार्यक्रमको शुभारम्भ “सरस्वती पूजन सहित गरिएको थियो भने सोहि दिन शहिद दिवस समेत परेको हुँदा एक मिनेट ज्ञात अज्ञात शहिदहरुको नाममा मौन धारण गरिएको थियो ।
कार्यक्रम संयोजक नवराज पुडासैनीले स्वागत मन्तब्य राखेका थिए भने चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष समाजसेवी एबम पुर्व लायन्स गभर्नर कुमार राज सुवेदीले कार्यक्रमको उदेश्य तथा चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्चको बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा जिवन पर्यन्त शिक्षा सेवामा समर्पित शिक्षक स्व. रामचन्द्र राना मगरलाई मरणोपरान्त कार्यक्रमका प्रमुख अतिथि बाट विशेष सम्मान अर्पण गरिएको थियो उनको सम्मान उनका छोरा राजु राना मगरले ग्रहण गरेका थिए। त्यसै गरि विद्यालयको स्थापनामा विशेष योगदान गर्ने शिक्षा प्रेमी एवं समाज सेवी रामहरी अर्याललाई पनि सम्मान गरिएको थियो भने लामो समय चामुण्डा माध्यमिक बिद्यालयको शिक्षक एवं प्रधान अध्यापकको रुपमा सेवा गरि विद्यालयको भौतिक पुर्वाधार विकास, विद्यालयको शैक्षिक गुणस्तर विकास एवं तत्कालिन जोरपाटी गा.वि.स. पेरिफेरिको शिक्षाको गुणस्तर विकास गर्न विशेष योगदान पुर्याए वापत जयन्ती लम्साललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै पुर्व बिद्यार्थी एबम संघिय सांसद माननीय सरिता न्यौपानेले आयोजकलाइ धन्यबाद दिदै महान सहिदहरुको योगदानलाइ स्मरण गरेकी थिइन्। उनले चामुण्डा स्कुल र त्यहाका शिक्षक र शिक्षिकाका कारण आफु आज यो ठाउमा उभिन सफल भएको बताइन ।उनले आफ्नो राजनीति यात्रा पनि चामुण्डा स्कुल बाट सुरु भएको बताएकी थिइन्। बिद्यालयले भौतिक संरचनाको विकास मात्र गरेर हुदैन त्यसको सही ब्यबस्थापन तथा ब्यबस्थापनको लागि सही कर्मचारी पनि आबश्यक पर्ने हुँदा त्यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ त्यसमा पनि ध्यान दिन जरुरी रहेको बताइन।उनले बिद्यालयको ब्यबस्थापन, तथा सरसफाइमा पनि ध्यान दिनुपर्ने उनले बताइन।स-साना बिद्यार्थीहरुलाई खाना र लाउन मात्र नभई स्वस्थ कसरी बन्न सकिन्छ भनी सिकाउनु पर्नेमा जोड दिएकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै वागमति प्रदेशको निवर्तमान प्रदेश प्रमुख एवं सि एन एन हिरो अनुराधा कोइरालाले आयोजकलाइ धन्यवाद दिएकी थिइन् ।उनले त्यति बेला गुरुहरुले अनुशासन र नैतिक शिक्षा दिएकै कारण आज पुर्व बिद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान गरेको बताइन। उनले आफ्नो गुरुको लागि विद्यार्थीहरुले सुरु गरेको यो अभियान अनुकरणीय रहेको बताइन।उनले आज एस ई ई परिक्षामा कोहि पनि फेल नहुने व्यवस्था प्रति इंकित गर्दै त्यो व्यवस्थाले बिद्यार्थीमा पढ्नु पर्छ भन्ने भावना घट्दै गएको र मिहेनत गर्ने बानी पनि हट्दै गएकोमा चिन्ता ब्यक्त गरेकी थिइन् ।
कार्यक्रममा सम्मानित हुने शिक्षक हरुको तर्फ बाट शुभकामना मन्तब्य राख्दै शिक्षक रामहरी अर्याल, जयन्ति लम्सालले लामो समय कार्यरत शिक्षक हरुलाई पुर्व बिद्यार्थी मंचले सम्मान गरेकोमा खुसि ब्यक्त गरेका थिए। उनीहरुले बिद्यालयले गर्ने कार्यक्रमहरुमा आफुहरुलाई नबोलाउने गर्दा दुख लाग्ने गरेको भन्दै आगामी कार्यक्रमहरुमा आफुहरुलाई पनि बोलाउन अनुरोध गरेका थिए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,बिध्यालय व्यवस्थापन समिति का सल्लाहकार दिपक सिंह भण्डारी वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा चामुण्डा माबी पुर्व बिद्यार्थी मन्चका उपाध्यक्ष रत्नमान लामा आँशुले धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रमको अध्यक्षता गरेका चामुण्डा माबी पुर्व बिद्यार्थी मन्चका अध्यक्ष कुमार राज सुवेदीले उपस्थित सबैलाई धन्यबाद सहित कार्यक्रम समापन गरेका थिए ।