अत्तरखेल युवा समाज गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

अत्तरखेल युवा समाज गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं, माघ २२ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित  प्रथम उप मेयरकप सेभेन ए साइड फुटबल प्रतियोगिताको पाचौं दिन बुधबार दोस्रो सेमिफाइनल  खेल सम्पन्न भएको छ  ।

युवालाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्ने  र नगर भित्र रेहेका फुटबल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल  खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने  उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनि नजिक रहेको च्यासीडोल खेल मैदान मा जारी रहेको छ।

आज बुधबार भएको दोस्रो  सेमिफाइनल खेल नयांपाटी फुटबल क्लब ए  र अत्तर खेल युवा समाज बीच भएको थियो। उक्त खेलमा नयांपाटी फुटबल क्लब ए लाइ अत्तरखेल युवा समाजले १-० गोल अन्तरले पराजित गर्दै आफुलाई फाइनलको सशक्त दाबेदारको रुपमा प्रस्तुत गरेको छ।  निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल पहिलो हाफ बराबरीमा सकिएको थियो ।

मध्यान्तर अघि सम्म दुवै टीमले गोल गर्ने प्रयास गरे पनि त्यो प्रयास गोलमा परिणत हुन सकेन  दोस्रो हाफको १० मिनेटमा अत्तरखेल युवा  समाजका जर्सी नं ४ का उदयीमान खेलाडी सुरज लामाले आकर्षक गोल गर्दै टिमलाइ फाइनलको यात्रा तय गराएका हुन। एक गोलले पछि परेको नयाँपाटी फुटबल क्लब ए ले खेलमा फर्कनको लागि धेरै प्रयास गरे पनि अत्तरखेल युवा क्लबका खेलाडीहरुको डिफेन्स लाइन मजबुत हुदा गोल गर्नको लागि गरिएको प्रयास सफल हुन सकेन।

अन्तत नयाँपाटी फुटबल क्लब ए अत्तरखेल युवा समाज संग १-० गोल अन्तरले पराजित हुदै बाहिरिएको छ। पराजित भए पनि नयाँपाटी फुटबल क्लब ए का खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । आजको खेलमा गत खेलमा घाइते भएका सुजन बस्नेतले पुनरागमन गरेका थिए भने अत्तरखेल युवा क्लबका उत्कृष्ट खेलाडी दिनेश राइले आजको खेलमा प्रदर्शन सुधार गरेका थिए।शनिबार अत्तरखेल युवा समाजले नयाँपाटी फुटबल क्लब बि संग उपाधि को लागि फाइनल खेल खेल्नेछ ।

आजको प्रतियोगिता रेफ्री प्रदिप लामा र कुमार खड्काले खेलाएका थिए ।कुल ८ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ ।प्रतियोगितामा प्रथम र दितीय हुने टिमले क्रमश नगद पुरस्कार रु ४० हजार र २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।