“काल्पनिक” समाचारले तनावमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल
कपन अनलाइन
काठमाडौं ,माघ १५।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल उनकै भाषामा “काल्पनिक” समाचारले तनावमा परेका छन। यो काल्पनिक भन्ने शव्द उनी खरेलले एउटा एक संचार माध्यममा प्रकासित समाचारमा गरेको कमेन्ट बाट लिइएको हो ।
हेर्नुहोस समाचारको लिंक र प्रमुख खरेलको कमेन्ट :
समाचारका अनुसार विवादित ब्यक्ती अध्यक्ष रहेको कार्यक्रममा प्रमुख अतिथी बनेर गएका खरेलले सोही कार्यक्रमका वारेमा एक स्थानीय संचार माध्यममा आफुलाई फसाउने प्रयास भएको भन्ने अभिब्यक्ती दिएको कुरा प्रकासित भए पछी तनावमा परेका हुन् ।
आफुलाई प्रभावशाली स्थानिय सरकारको प्रमुख रहेको बारम्बार बताउदै आएका खरेल माघ १३ गते कम्युनिटी केयर नामक संस्थाले आयोजना गरेको फूटबल प्रतियोगीताको प्रमुख अतिथि बनेर गएका मात्र थिएनन् त्यहा उनले भाषण समेत गरेका थिए।
त्यती मात्र हैन यस अघी पनी सो संस्थाले बंगलामुखी मन्दिरमा आयोजना गरेको कार्यक्रममा खरेल उपस्थित भएर प्रसंशा सहित भाषण गरिसकेका छन।तर अहिले सोहि संस्थाको कार्यक्रममा प्रमुख अतिथि बन्दा उनले तनावको सामना गर्नु परेको छ।
प्रमुख खरेलले विवादित भनेर संचार माध्यममा उल्लेख गरिएका ब्यक्ती हुन उनै खरेलले विस्वास गरेर नगरपालिकाको नक्सा शाखा प्रमुख बनाएका बिजेन्द्र श्रेष्ठ।
सो संस्थाका अध्यक्ष श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी सहित पक्राउ परेका थिए जसको मुद्दा अहिले चलिरहेको छ।
साथै मुद्दा चलिरहेका व्यक्तिले समाजसेवा गर्न पाइन्छ वा पाइदैन भन्ने विषयमा प्रचलित कानून र चलिआएको व्यवस्था अनुसार हुनेछ तर यसमा नगर प्रमुखको व्यक्तित्वको क्षेयिकरण र आयोजक संस्थाको प्रतिष्ठा स्खलन हुने गरि प्रचार हुदा यसले पक्कै सकारात्मक सन्देस दिएको देखिदैन।
उनै श्रेष्ठलाई जोडेर एक स्थानीय अनलाइनमा प्रकासन भएको समाचारमा खरेल स्वयंले सफेद काल्पनिक र बेतुक समाचार भनेर कमेन्ट गरे संगै यो विषयले अन्यौलता सिर्जना गरेको छ।
के उक्त समाचारमा प्रमुख खरेलले भनेको कुरा काल्पनिक थियो वा थिएन सो को वास्तविकता कि भन्नेलाई थाहा हुन्छ कि त लेख्नेलाई जुन आगामी समय संगै आउने अपेक्षा गर्न सकिन्छ तर यो प्रसंगले सिर्जना गरेको बहस भने सुखद रहेको देखिदैन ।
यसले अवका दिनमा जनप्रतिनिधिले कुनै पनि कार्यक्रममा जानु भन्दा अगाडी उक्त संस्थाका सदस्यहरुको प्रहरी प्रतिवेदन र बायो डाटा माग्नु पर्ने अवस्थामा पुगेको एक जनप्रतिनिधिले व्यंग्य मिश्रित प्रतिक्रिया जनाए।
यो प्रसंगले उक्त कार्यक्रममा नगर प्रमुख जानु हुन्थ्यो वा हुदैनथ्यो भन्दा पनि अवका दिनमा यस्ता विविध कार्यक्रममा जानु हुन्छ कि हुदैन भन्ने प्रश्न जन्माएको ति जनप्रतिनिधिको भनाइ रहेको छ ।
गृह प्रवेस पुजा ,पास्नी ,सत्यनारायणको पुजा ,जन्मोत्सव लगायतका अवसरमा पनि पुग्नेपर्ने बाध्यतामा रहेका जनप्रतिनिधि विविध सामाजिक गतिविधि गर्दै आएको संस्थाले आयोजना गरेको कार्यक्रममा जानु अनुचित नभए पनि यसैलाई जोडेर नकारात्मक प्रचार हुदा यसले प्रिय अवस्था भने सिर्जना नगरेको अर्का जनप्रतिनिधिको भनाइ रहेको थियो।
कार्यक्रममा सहभागिताले कार्यसम्पादनमा असर ?
२०७४ शालमा स्थानीय तहको निर्वाचन पश्चात उनीहरुले संग ५ वर्ष अर्थात् १८२५ दिन पाएका थिए जसको लगभग आधा समय करिव ९१२ .५ दिन निन्द्रामा बितेर गएका छन । त्यति मात्र हैन त्यसमा पनि यस्ता कार्यक्रम जुन कहिले पनि निर्धारित समयमा शुरु हुदैनन् त्यसमा जादा उनीहरुको अधिकांश महत्वपूर्ण समय भाषण गरेर वा सुनेर बित्ने गरेको छ ।
यो गम्भीर पक्ष तर्फ जनप्रतिनिधि सचेत नबन्दा स्थानीय तहको सुशासानमा असर त् परेको छ नै यसले जनता बाट कार्यालयमा आफ्ना प्रतिनिधि नभेट्ने गुनासोको पनि उतिकै सामना गर्नु परेको छ जसको निराकरण नीतिगत निर्णय गरेर गर्न सकिने देखिन्छ।
जनताको मत र मनलाई जितेर उनीहरुको नेतृत्व गरेका जनप्रतिनिधिले खालि माला र खादाको लोभ गरेर मन्चमा उभिए रहर गरेझै देखिने परिपाटीको अन्त्य हुनुपर्ने लामो समय देखि विकास र सुसासनको क्षेत्रमा कलम चलाउदै आएका एक बुद्दिजीवी बताउछन। त्यस्तै वडा भित्र आयोजना हुने सानातिना कार्यक्रममा नगर प्रमुख र उप प्रमूख नै कुद्नु पर्ने के बाध्यता हो ? उनले गम्भीर प्रश्न समेत गरेका छन ।
बुढानिलकण्ठ नगरपालिकाको यो प्रसंग त् केवल एक प्रतिनिधिमुलक घटना मात्र हो तर यो प्रवृति नेपालका ७५३ वटै स्थानीय तहमा देखिएको छ भने त्यस बाट प्रधानमन्त्री ,मन्त्रि र सांसद पनि अछुतो रहेका छैनन्।