असल संस्कार र व्यवहारिक शिक्षामा प्रतिवद्ध शुभकामना मन्टेश्वरी स्कुल

असल संस्कार र व्यवहारिक शिक्षामा प्रतिवद्ध शुभकामना मन्टेश्वरी स्कुल

कपन अनलाइन

काठमाडौं, माघ १३। गोर्कणेश्वर नगरपालिका वडा नं- ४ स्थित उत्तरवाहिनी मन्दिर जानेवाटोमा विगत ३ वर्ष अगाडी स्थापित शुभकामना स्कूल पूर्णतया मन्टेश्वरी शिक्षण पद्धतीमा आधारित विद्यालय हो । नर्सरी देखि कक्षा एक सम्म संचालित यस विद्यालयमा सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन।

यस विद्यालयले सुसंस्कार र ससुस्कृत शिक्षालाई वैज्ञानिक ढंगवाट वालमैत्री शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । आजको सिकाई र भोलीको नेतृत्व (learn today, lead tomorrow)को नारा लिएको यस विद्यालयले समाजका हरेक क्षेत्रमा कुशल, नैतिकवान र सवल नागरिक वनाउने लक्ष्य तय गरेको छ ।समुन्नत नेपालको संभावना नै कुशल ,सवल र नैतिकवान नेतृत्व विना असंभव छ । यस विद्यालय अभिभावकहरुको रुचीको विद्यालयमा पर्दछ ।

आगामी दिनमा अझै शसक्त ढंगवाट नेपालकै नमूना विद्यालय वन्ने उद्धेश्यमा प्रतिवद्ध यस विद्यालयका विशेषताहरु यस प्रकार छन ः

१. बाललमैत्री कक्षाकोठाहरु

२. मन्टेश्वरी शिक्षण पद्धतीमा आधारित

३. प्रशस्त खेलमैदान र खेल सामाग्री

४. स्वस्थवद्र्धक खाना र खाजाको व्यवस्थ

५. सि सि टि भि मार्फत सुरक्षाको व्यवस्था

६. अन्र्तराष्ट्रिय विद्यालयहरु संग मैत्रीपूर्ण सम्वन्ध

७. अभिभावक र शिक्षकहरु वीच समय समयमा अन्र्तक्रिया कार्यक्रम

८. शैक्षिक भ्रमण , स्थलगत भ्रमण एवम व्यवहारिक ज्ञानमा जोड

९. न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिनुका साथै विद्यालय यातायातको व्यवस्था

यस विद्यालयले वसन्त पञ्चमीको पावन अवसरमा आयोजना हुने पूजा तथा अक्षरारम्भ कार्यक्रममा सीमित सिटमा प्ले ग्रुपमा निः शुल्क भर्ना कार्यक्रम पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया ।