गोकर्णेश्वर नगरपालिका -४ को अभिमुखीकरण कार्यक्रम सम्बन्धि सूचना

गोकर्णेश्वर नगरपालिका -४ को अभिमुखीकरण कार्यक्रम सम्बन्धि सूचना

कपन अनलाइन

काठमाडौं,माघ १३। गोकर्णेश्वर नगरपालिका वडा नं – ४ को कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडा नं ४ भित्र रहेको सम्पूर्ण उपभोक्ता समितिका पदाधिकारी लगायत जनसरोकारवालाहरुलाई गोकर्णेश्वर नगरपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम मिति २०७६ माघ १४ गते बिहान ८:०० बजे सुनगाभा पार्टी प्यालेस अत्तरखेल गोकर्णमा हुने भएको हो।

उक्त कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थिति जनाउनको लागि यसै सुचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।