लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर- ६ ले ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो

लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर- ६ ले ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न  गर्यो

कपन अनलाइन

काठमाडौं माघ १३ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, नयाबस्तीमा संचालित  लर्ड्स लाइट एकेडेमीले २८५६ औं जिवा (मुसा) सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । माघ १० गते शुक्रबार बिध्यालय प्रांगणमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, बिद्यालयका एकेडेमिक डाइरेक्टर रुद्र कुवर, बोर्ड अफ डाइरेक्टर जयदेव लामा, इन्चार्ज सागर राना, समाजसेवीहरु कृष्ण लामा , वांछु शेर्पा, अमलादेवी श्रेष्ठ लगायत  अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता लर्ड्स लाइट एकेडमीका प्रिन्सिपल निराजन आचार्यले गरेका थिए ।

परम्परागत संस्कार र संस्कृतीलाई जोगाइराख्नुको साथै त्यसको उचित सम्बर्द्धन एवं प्रबर्द्धन गरि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने   उद्देश्यले कार्यक्रम आयोजना गरिएको बिद्यालयले जानकारी गराएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका सांसद छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यवाद दिदै हाम्रा संस्कृतिक पर्वहरुले हामीलाई एक आपसमा भाइचाराको भावना अभिब्रिद्दी गर्न सघाई रहेको बताएका थिए ।

उनले बागमती प्रदेशका उत्तरी क्षेत्र रसुवा नुवाकोट सिन्धुपाल्चोक धादिङ दोलखा लगायतका जिल्लमा मनाइने सोनाम ल्होछारको आफ्नै बिशेषता रहेको बताए । उनले नेपाल बहुजाति बहुभाषी बहु सांस्कृतिक बिशेषता भएको मुलुक भएको पनि बताए ।उनले बिद्यार्थीहरुलाई सो को बारेमा प्रत्यक्ष जानकारी दिने उदेश्यले आयोजित कार्यक्रम सफलताको शुभकामना समेत दिएका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले तामाङ खाना भेषभुषा कला संस्कृति लगायतको प्रदर्शन गरिएको थियो भने बिद्यार्थीहरुले तामाङ गीतमा नृत्य मार्फत मनोरन्जन प्रदान गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए।  अध्यक्षताको आसन बाट बोल्दै लर्ड्स लाइट एकेडमीका प्रिन्सिपल नीराजन आचार्यले पछिल्लो समय नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएकोमा  बिद्यालय तह बाट नै बिद्यार्थीलाइ सोको बारेमा जानकारी गराउने उदेश्य सहित बिभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले लर्ड्स लाइट एकेडमीले किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षामा जोड दिएको पनि बताए ।   उनले श्रीपंचमीको अवसरमा  प्ले ग्रुप देखि यु केजी सम्म नि:शुल्क भर्ना खुलेको पनि जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।