कपन बहुमुखी क्याम्पसको प्रचारात्मक र्याली सम्पन्न

कपनकै पहिलो र एकमात्र सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसले भर्ना सम्बन्धि प्रचारात्मक र्याली मंसिर १४ गते सम्पन्न गरेको छ ।

क्याम्पसमा आगामी शैक्षिक सत्रका लागि बि.ए. , बि.बि.एस् र बि.एड संकायमा भर्ना खुलेको जानकारी गराउन क्याम्पस प्राङ्गण, कपन मिलनचोक बाट बिहान ७ः३० बजेबाट शुरु भएको र्यालीमा पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी, एमाओवादी क्षेत्रीय सचिव सञ्जय अर्याल, स्थानीय राजनैतिक पार्टीका प्रमुखहरु काँग्रेश कपनका सभापति बिनोद चालिसे, एमाले कपनका अध्यक्ष धु्रबराज न्यौपाने, एमाओवादी कपन अध्यक्ष शिव बजगाई, र नेकपा–माओवादी कपन ईन्चार्ज धु्रबकुमार बस्नेत, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु, प्राध्यापकहरु, विद्यार्थी, बाल उद्धार उ.मा.वि. का विद्यार्थीशिक्षकशिक्षिका, स्थानीय क्लबहरुका प्रतिनिधि, टोल सुधार समितिका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, कपनमै बसोवास गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूदकर्मी, पत्रकार, बुद्धिजीवि, साहित्यकार लगायत बरिष्ठ कलाकार सरिता लामिछाने र कलाकारनिर्देशक उद्धवराज भट्टराई, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत शैक्षिक क्षेत्रमा क्रियाशिल एंव शिक्षाप्रेमी स्थानीय वासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
DSC09482

क्याम्पस ब्यवस्थापन समिति अन्तर्गत प्रचार प्रसार उप समितिले आयोजना गरेको कार्यक्रमको शुरुवात संयोजक ठाकुर खकुरेलको स्वागत मन्तव्य र सञ्चालक समिति अध्यक्ष कुमार प्रसाद ओझाले कार्यक्रमको प्रकाश पार्दै गरिएको थियो ।

भर्ना खुलेको माईकिङ्ग, ब्यानर र प्रचा सहित कपन मिलन चोक, सातत्तल्ले, नारायण चोक, निलोपुल, आकाशेधारा, दुर्गा मन्दिर कपन चौकी हुँदै क्याम्पस प्राङ्गणमै पुगेर समापन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष कुमार प्रसाद ओझाले कपनको शैक्षिक वातावरणमा गुणस्तरीय, सर्वसुलभ शिक्षा प्रदान गर्ने क्याम्पसको उद्देश्य रहेको र यसमा समाजको प्रभुत्व व्यत्तित्वहरुको साथ र सहयोगको आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउँदै र्यालीमा सहभागि सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका थिए ।

DSC09478
कार्यक्रम समापन पश्चात क्याम्पस प्राङ्गणमै हर्षित मुद्रामा भलाकुसारी गर्दै गरिरहेकी कपनमै वसोवास गर्ने बरिष्ठ कलाकार सरिता लामिछानेसँग कपन अनलाईनले कार्यक्रमको प्रतिक्रिया माग्दा उनले भनिन् ः ‘‘आफ्नै घर आँगनमा शैक्षिक आयाम बढेकाले अत्यन्तै खुसी छु र क्याम्पसले यस्तो अभियानमा मलाई सम्झेकोमा क्याम्पस प्रति आभार व्यक्त गर्दछु ।’’ थप प्रष्ट्याउँदै उनले भनिन् – ‘‘सामुदायिक शिक्षाले पनि मनैबाट पढ्ने र पढाउने वातावरण बनाउने हो भने र नाफा कमाउने उद्देश्य नराखी सस्तो र सुलभ शिक्षा प्रदान गर्ने हो भने फलदायी हुन्छ र यस्तो कदम चालेको क्याम्पस प्रति सामाजिक र सचेत प्राणी अनि स्थानीयको नाताले मेरो सम्पूर्ण प्रकारको साथ र सहयोग रहने छ ।’’
कपन अनलाईन सँगै कुरा गर्दै क्याम्पस सञ्चालक समिति सदस्य पुरुषोत्तम नेपालले भने – ‘‘गत वर्ष मात्रै सन्ध्याकालीन सत्रमा शिक्षा संकाय तर्फ वि.एड कक्षा सञ्चालन गरेको कपन बहुमुखी क्याम्पस स्थानीय समाजसेवी, बुद्दिजीवि, राजनैतिज्ञ, साहित्यकार र स्थानीय वासिन्दाको पहलकदमीमा स्थापित कपनकै पहिलो र हालसम्मको एउटै मात्र सामुदायिक क्याम्पस हो ।’’ उनले थप्दै भने – ‘‘सस्तो र सर्वसुलभ शुल्कमा दक्ष तथा अनुभवि प्राध्यपकहरुबाट गुणस्तरीय शिक्षा अध्यापन हुने यस क्याम्पसमा यसै शैक्षिक सत्रबाट शिक्षा संकाय तर्फ वि.एड. सहित स्नातक तर्फकै व्यवस्थापन संकायको बि.बि.एस र मानवीकि संकायको बि.ए. का बिहानी र रात्रीकालिन कक्षाहरुमा भर्ना खुलेको जानकारी गराउन समाजमा स्थापित व्यक्तिहरु सहित र्याली आयोजना गरेको र आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम निरन्तर रहने छ । ’’

तपाइँको प्रतिक्रिया ।