शरद र बसन्तको उत्कृट प्रदर्शनले युएइलाई हराउँदै नेपाल टुर्नामेन्टमा तेस्रो

कपन अनलाइनमंसिर १५ गते
टि २० विश्वकपमा यसअघि नै प्रवेश गरिसकेको नेपालले आज तेस्रो स्थानका लागि भएको खेलमा युएइलाई हराएको छ । आज युएइमा भएको खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गर्दा खेलको हिरो भए शरद भेषवाकर । रन चेज गर्दा सदाजस्तै नेपाली इनिङको अन्तिममा जीतका लागि रन बनाउने क्रममा शरदले उत्कृष्ट ब्याटिङ गरे । नेपालको लागि लागि सर्वाधिक रन बनाउने क्रममा उनले ४३ रन बनाए । उनको ४३ रनको इनिङमा शानदार ३ छक्का समेत थियो । ३ छक्कामध्ये दुई छक्का अन्तिम ओभरमा हानेको थिए । उनले छक्का हानेर जीत दिलाएका थिए । १३१ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको नेपालले सम्हालेर इनिङको सुरुवात गरेता पनि ३३ रनमा सागर पुनको आउट भएपछि लगातारजस्तो विकेट गुमाइरहेको अवस्थामा सुवास खकुरेलले सम्हालिएर रन जुटाएका थिए । उनले ३८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गर्दै युइएले १३१ रन बनायो । युएइलाई सानो स्कोरमा समेट्न स्पिन बलर बसन्त रेग्मीले उत्कृष्ट प्रदर्शन गरे । २०- २० खेलको इतिहासमै एकै खेलमा सर्बाधि धेरै विकेट लिने नेपाली खेलाडी बन्ने क्रममा बसन्तले ४ विकेट लिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।