सकिन्छ भने साथ देउ, नभए हात देउ

सकिन्छ भने साथ देउ, नभए हात देउ

कपन अनलाइन

काठमाडौं, पुस १६ /प्रकाश अधिकारी

आज जवनरी एक इश्वी सम्वत अनुसार नयाँ वर्षको पहिलो दिन आज विश्व नयाँ वर्षको उल्लासमा रमाइरहेको वेला नेपालीहरुले आफनो शीरमा ढाका टोपी पनि पहिरेको देख्न सकिन्छ ।

यसलाई नकारात्मक र सकारात्मक वुझने आफनो स्व निर्णयको अधिकार हो । हाम्रो पहिचान संग गासिएको टोपी प्रति सम्मान गर्नुमा नेपाली हुनुको अर्थ पनि रहन्छ । जव म २०१५ मा डेनमार्क गएं त्यहाँ मेरा विदेशी साथीहरु मेरो स्वागत गर्न ढाका टोपी लगाएर वसेको देख्दा मलाई अत्यन्त गौरव महशुस भयो र उनीहरुले राष्टप्रति देखाउनुपर्ने सम्मानको पनि वोध गराएको अनुभुति भएको थियो । सकिन्छ ३६५ दिनै ढाका टोपी लगाएर हिडौं , सकिदैन भने जनवरी एकमा त लगाउन नर्बिसौ। ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायजसो ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् ।

आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन् । प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ । पाल्पाली ढाकाटोपीलाई देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ । कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा खस भाषामा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ।

उहिलेका जमानामा घरेलु धागा बाट मुख टाउको छोप्ने मखरल, टोपी,र महिलाहरुले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। केहि विश्लेषकहरुले टाउको ढाक्नेू हुनाले टाउको ढाक्ने टोपीलाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि भनेका छन् । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहेको छ ।

यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि स्वस्फूर्तरुपमा जागरुक युवा अभियान, नेपाल लगायत बिभिन्न समुह, सस्था र व्यक्तिहरुले देश तथा बिदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात(जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति (जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो । १ जनवरीका दिन आ—आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ ।

लेखक सामाजिक अभियन्ता तथा सहायक प्र.अ. ईष्टपोल मा.वि.

तपाइँको प्रतिक्रिया ।