सुरक्षित गर्भपतन सेवा सम्बन्धि जानकारी सबैलाई हुन आवश्यक
कपन अनलाइन
काठमाडौं ,मंसिर २६ ।
नेपालमा गर्भपतनले कानूनी मान्यता पाउनुको बाबजुत पनि ५८ प्रतिशत महिला यसबारे जानकार नहुनुमा सहि सुचनाको कमी भएको महसुस गर्न सकिन्छ । सुचना महिलाले मात्र थाहा पाउनु पर्छ भन्ने होइन यसमा दुबै महिला पुरुषले जानकार हुनु अति आवश्यक छ ।
अशुरक्षित गर्भपतनलाई कम गर्न सहि सुचनाको विस्तार गर्नु हामी सबैको दायीत्व हो । नेपाल सरकाले सुरक्षित गर्भपतन सेवालाई सबै जिल्लामा निःशुल्क गरेता पनि ५८ प्रतिशत महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था, व्यत्तिबाट गराइरहेको पाइएको छ ।
धेरै महिलाहरुले सुरक्षित तथा कानुनी मान्यता प्राप्त सेवा लिन नसक्नुमा कानुन र सेवाबारे कम जानकारी हुनु सबैको लागि सहज तथा पहुचयोग्य सेवा हुन नसक्नु लैङ्गिक असमानताको कारणले महिला आफैले निर्णय लिन नसक्नु र गर्भपतन प्रतिको समाजको नकरात्मक धारणा र गर्भपतन गर्ने महिलाहरुमाथि लाग्ने लाञ्छना आदि रहेको पाइन्छ ।
आधुनिक गर्भनिरोधका साधनहरुको प्रयोग दर मात्र ४३ प्रतिशत रहेको छ । अनिच्छित गर्भ रहन नदिन गुणस्तरिय परिवार नियोजनका कार्यक्रमहरुको विस्तार बढाउनु पर्ने, सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी रुपमा सर्वसुलभ तथा पहुचयोग्य बनाउन ग्रामिण भेग सम्म विस्तार गरि कानुनी व्यवस्था र सेवाका बारेमा व्यापक जनचेतना जागृतका लागि सबैले पहल गर्न आवश्यक रहेको रुओन नेपालकी कार्यक्रम संयोजक संझना पहाडी बताउछिन् ।
लाञ्छना लगाउने डरले अथवा सहि सुचनाको कमिले आफैं औषधि किनेर खाने, धामीझाँक्री लगाउने, झिरले पाठेघर घोच्ने । यस्तै अभ्यासका कारण पछिल्लो समय असुरक्षित गर्भपतन बढेको छ । किशोरी, लागूपदार्थ प्रयोगकर्ता महिला र नवविवाहित महिला र ग्रामीण महिला यसको मारमा छन् । जसको कारणले ‘बाँझो पनि हुने, पाठेघर संक्रमण हुने र महिलाको ज्यानैसमेत जाने स्थिति आउन सक्छ ।
अनिच्छित गर्भ रहन नदिन हामीले विभिन्न किसिमका परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न सक्छौ । जस्तै तिन महिने सुइ, नरप्लान्ट र कपर टी, कण्डम, चक्किहरु निलोकन हवाइट, सुनौलो गुलाब, ओके पिल्स, ओभेलोन, माला–एल, ओभरल आदी मध्ये कुनै एक खानेचक्की प्रयोग गर्न सकिन्छ । यस्ता साधनको प्रयोगले परिवार व्यवस्थापन गर्न सजिलो बनाउछ ।
यी साधन हामीले चाहेको बेला प्रयोग गरि आनन्दीत विजनयापन गर्न सक्छौ । यदि अनिच्छित गर्भ बसिहाल्यो भने नजिकैको सुचिकृत अस्पतालमा गई गुणस्तरिय, निःशुल्क र सुरक्षित गकर्भपतन सेवा लिन सकिन्छ । असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा पार्नु भन्दा तपाई हामी सबैले सहि सुचना सम्बन्धित स्थानमा पुर्याई सहयोग गर्न आवश्यक छ ।