बुढानिलकण्ठ नगरपालिका – ७ को निशुल्क स्वास्थ्य शिविर संचालन सम्बन्धि सूचना
कपन अनलाइन
काठमाडौं, मंसिर २६ । बुढानिलकण्ठ नगरपालिका वडा नं -७ को कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ। वडा अध्यक्ष बस नारायण महर्जनद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस नगरपालिको आयोजना तथा प्रिभेन्ट क्यान्सर नेपालको प्राविधिक सहयोगमा मिति २०७६ मंसिर २७ गते बिहान ९: ०० बजे देखि ३; ०० बजे सम्म खड्क भद्रकाली स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।३० देखि ६० बर्ष उमेर समुहको महिलाहरुको लागि संचालन उक्त शिविरमा पाठेघरको मुखको प्रारम्भिक परिक्षण तथा स्तन क्यान्सर’ निशुल्क जांच हुने भएकोले सम्बन्धित सबैले मौकाको फाइदा उठाउनु हुन् यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।