नेसनल प्याब्सन गोकर्णेश्वर द्वारा आयोजित प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिता बिहिबार बाट सुरु

नेसनल प्याब्सन गोकर्णेश्वर द्वारा आयोजित प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिता बिहिबार बाट सुरु

कपन अनलाइन

काठमाडौँ, मंगसिर २७ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल –प्याब्सन) गोकर्णेश्वर द्वारा स्व. बाल कुमार गुरुङको स्मृतिमा आयोजित  प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिता बिहिबार बाट सुरु भएको छ । काठमाडौं जिल्लाका निजी तथा सामुदायिक बिद्यालयहरु मध्ये कुल ३९ वटा बिद्यालयका ४४ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता  बिहिबार बाट  ब्राइट जोन स्कुलको फुटसल मैदान जोरपाटी नयाबस्तिमा सुरु भएको हो।

सो प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सन गोकर्णेश्वर अध्यक्ष मदन सुवेदी , प्याब्सकका अध्यक्ष  गेन्द्र लामा , निसानका अध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल  ओम प्रसाद ढकाल , भेनस कलेजका चिफ कृष्ण गौतम ,प्याब्सकको केन्द्रिय महासचिव  एबम पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठ , ब्राइट जोन का प्रिन्सिपल  मदन रेग्मी , राष्ट्रिय  भलिबल संघका उपाध्यक्ष एवम लायन्स पुर्ब गभर्नर कुमारराज सुबेदी, गोकर्णेश्वर शिक्षक संघका अध्यक्ष पुष्पराज भण्डारी,  चन्द्र प्रसाद पौडेल , भेनस पब्लिक  स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल  लगायत सहभागी बिद्यालयका प्रिन्सिपल र बिद्यार्थीहरुको उपस्थिति  रहेको थियो ।कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले गरेका थिए। कार्यक्रम संचालन भेनस नेसनल कलेजका पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए ।

शैक्षिक ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउनुको साथै स्व बाल कुमार गुरुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाइ स्मरण गर्दै उनको स्मृतिमा उक्त प्रतियोगिता आयोजना  गरेको  नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले जानकारी गराए। डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ  गोकर्णेश्वर ६  पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल थिए भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव रहेका थिए ।उनको २०७६ जेठ ३० गते निधन भएको थियो। उनकै सम्झनामा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गरिएको पनि जानकारी गराइएको थियो।

कार्यक्रममा स्व गुरुङ प्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राख्दै स्व. गुरुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा  गरेका थिए भने  प्रतियोगिता सफलताको शुभकामना  समेत ब्यक्त गरेका थिए। कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य तथा मार्च पास प्रदर्शन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसालले रेफ्रीलाइ बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटन गरेका थिए। सो प्रतियोगिताको पहिलो उद्घाटन खेल लिबर्टी एकेडमी र टाइमलाइन इन्टरनेसनल स्कुल बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो  खेलमा लिबर्टी एकेडमीले टाइमलाइन इन्टरनेसनल स्कुललाई टाईब्रेकरमा ६-५ गोल अन्तरले पराजित गरेको  थियो। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

पहिलो दिन पहिलो चरणका १२ खेल खेलाइएको थियो। प्रतियोगिताको  दोस्रो खेल बाल संसार स्कुल र मिल्कि वे स्कुल बीच भएको थियो। सो खेलमा बाल संसार स्कुलले मिल्कि वे स्कुललाइ ३ -२ गोल अन्तरले पराजित गरेको थियो। बाल संसारको जितमा भविष राज बंशीले २ र जिकेले थप एक गोल गर्दै टिमलाइ बिजयी बनाए । मिल्कि वेको लागि मिलन तामाङ र रोहित खड्गीले गोल गरेका थिए।

बिहिबारनै सम्पन्न तेस्रो खेल भेनस पब्लिक स्कुल बि र बिपुल शिक्षा नेकतन ए बीच भएको थियो ।सो खेलमा विपुल शिक्षा निकेतनले भेनस पब्लिक स्कुल बि लाइ ७-० गोलको भारी अन्तरले पराजित गरेको छ। विपुलको लागि हेमन्त मगरले सर्वाधिक ४  गोल गरे भने बिपुलकै सम्राट बस्नेतले थप ३ गोल गर्दै टिमलाइ बिजयी बनाए। प्रतियोगताको चौथो खेल लर्ड्स लाइट र सृजना स्कुल बीच भएको थियो। सो खेलमा लर्ड्स लाइटले सृजना स्कुललाइ पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले पराजीत गरेको हो ।सोहि दिन भएको पाँचौ खेल गोल्डेन फ्युचर र एटलान्टिक स्कुल बीच भएको थियो। सो खेलमा गोल्डेन फ्युचरले एटलान्टिक स्कुललाइ ३-० गोल अन्तरले पराजित गरेको थियो ।गोल्डन फ्युचरको जितमा समिर तामाङले दुइ गोल गरे भने सक्षमले थप १ गोल गर्दै टिमलाइ बिजयी बनाए।

छैठौ खेल वर्ल्ड युथ स्कुल र प्रारम्भ एकेडमी बीच भएको थियो। सो खेलमा वर्ल्ड युथले प्रारम्भ एकेडेमीलाइ २-० गोल ले पराजित गरेको थियो। वर्ल्ड युथको लागि प्रनामश्रेष्ठ र रोहित घिमिरेले एक एक गोल गरेका थिए ।बिहिबारनै सम्पन्न सातौ खेल इष्ट पोल माबी र  आकाशदिप स्कुल बीच भएको थियो। सो खेलमा इष्ट पोल माबीले आकाश दिप स्कुललाइ ६ -३ गोल अन्तरले पराजित गरेको छ। इष्टपोलको लागि कृषले सर्वाधिक ६गोल गरेका थिए । आकाश दिपको लागि प्रयास मिर्चेंगले १ गोल गरे भने बिशाल श्रेष्ठले २ गोल गरेका थिए।

  सोहि दिन भएको   आठौ खेल जीवन तारा एकेडमी  र ब्राइट जोन बीच भएको थियो। सो खेलमा ब्राइट जोनले जीवन तारा एकेडमीलाइ पराजित गरेको थियो। त्यसै गरि नवौ खेल बालबाटिका स्कुल र त्रिकोण स्कुल बीच भएको थियो सो खेलमा त्रिकोण स्कुलले बाल बाटिका स्कुललाइ पराजित गरेको थियो ।त्यसै गरि दशौ खेल बोधीसदन स्कुल र बिद्या आर्जन स्कुल बीच भएको थियो। सो खेलमा बोधिसदनले बिद्या आर्जन स्कुललाइ २-१ गोल अन्तरले पराजित गरेको थियो । बोधीसदनको लागि निश्चल थापाले दुइ गोल गरेका थिए भने बिद्या आर्जनको तर्फ बाट अनिशले एक गोल गर्न सफल भए।

त्यसैगरि बिहिबारको अन्तिम खेल एकता जेम्स र बिपुल शिक्षा निकेतन बि बीच भएको थियो। सो खेलमा एकता जेम्सले बिपुल शिक्षा सदनलाइ ५ -० गोल अन्तरले पराजित गरेको थियो ।एकता जेम्स को लागि अविन थिंग ले ३ गोल गरेका थिए भने पेम्बा तामाङ र अर्पण गोलेले थप एक एक गोल गर्दै टिमलाई बिजयी बनाए। प्रतियोगितामा प्रथम दितीय, तृतीय तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिने जानकारी गराइएको थियो ।कक्षा ८ सम्मका ४ फिट १० इन्च उचाई भएका १३ बर्ष सम्मका खेलाडीहरुलाइ प्रतियोगितामा समाबेश गरिएको पनि जानकारी गराइएको थियो। प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि गोकर्णेश्वर नगरपालिका, भेनस नेसनल कलेज, इष्ट पोल इन्टरनेसनल कलेज  , संजीवनी पब्लिकेसन , शुभारम्भ पब्लिकेसन , पी एस एल फाइबर ग्लास, युनिक पब्लिकेसन ,छहारी बुक्स एण्ड स्टेसनरीको सहयोग रहेको  साथै प्याब्सन  गोकर्णेश्वर नगर कमिटिको पनि साथ रहेको  छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।