स्थानीय सरकारले आफ्नो नीति निर्माण गर्दा ध्यान दिनुपर्ने तत्वहरु

स्थानीय सरकारले आफ्नो नीति निर्माण गर्दा ध्यान दिनुपर्ने तत्वहरु

कपन अनलाइन 

काठमाडौ,फागुन ३ /पुन्यराज पुडासैनी 

नेपाल लामो समय पछी ऐतिहासिक परिवर्तनको पहिलो पाइलामा रहेको छ । नेपालको एकात्मक राज्य सत्ता परिवर्तन भएर संघीय संरचनमा प्रवेस गरे संगै नया परिवेश अनुरुपको नीति निर्माण  तथा व्यवस्था को मजबुतीकरण को प्रक्रियामा रहेको यो अवसथामा स्थानीय सरकारहरुको नीति निर्माण र कार्य सम्पादन निकै महत्वपूर्ण कार्य रहेको छ ।

स्थानीय सरकारले बनाउने नीति र तिनको कार्यन्वयन प्रक्रियाले नेपालको परिवर्तनलाई संस्थागत गर्नका लागि जग को कार्य गर्ने हुनाले यसको निर्माणमा धेरै महत्वपूर्ण पक्षहरुका वारेमा सघन बहस र छलफल हुनु पर्ने देखिन्छ ।

यस सामग्रीमा स्थानीय सरकारले आफ्ना नीति निर्माण गर्दा ध्यानमा राख्नु पर्ने केहि महत्वपूर्ण तत्वहरुका वारेमा संक्षिप्त रुपमा चर्चा गरिएको छ ।

स्थानीय सरकारले आफ्नो नीति निर्माण गर्दा ध्यान दिनुपर्ने तत्वहरु  

  • स्थानीय शासन ऐन

स्थानीय तहले आफ्ना नीतिहरु बनाउँदा सरकारले तयार गरेको ऐन भित्र रहेर अधिकतम स्थानीय तहको हित हुने तरिकाले आफ्नो नीति बनाउनु पर्दछ ।कानुन र नियमावली भित्र रहेर स्थानीय  बिसेशता र सामर्थ्यका आधारमा नीति बनाउन सके स्थानीय तहको कार्यसम्पादन र सेवा प्रवाह प्रभावकारी हुने देखिन्छ ।

  • रणनीतिक कार्य योजना निर्माण

प्रत्येक स्थानीय तहले आफ्नो तहमा रहेका रणनीतिक महत्वका विषयहरु पहिचान गर्नुका साथै ति कुराहरुलाई कसरि स्थानीय तहको विकास र समृधिमा प्रयोग गर्न सकिन्छ भन्ने विषयको  सघन अध्ययन र अनुसन्धान गर्न सक्नु पर्दछ ।विभिन्न स्थानीय तहहरु संग सांस्कृतिक ,भौगोलिक , प्राकृतिक आदि विशेष सामर्थ्य हुन् सक्दछन र ति सामर्थ्यको पहिचान गरेर नीति निर्माणमा समावेस गरेर योजना निर्माण गर्दा त्यसले सो तहको प्रवर्धनमा निकै सहयोग पुग्नेछ ।

  • कार्य सम्पादन विधि र सेवा प्रवाह

नेपालमा भर्खर बनेका स्थानीय तहले सबै भन्दा बढी सामना गरेको समस्या भनेको कार्य सम्पादनको हो । दशकौ अगाडी देखि रहेको प्रणाली परिवर्तन भएर नया परिवेस बनेकोले सोहि अनुसारको कार्य सम्पादन र पारदर्शी प्रशासन बनाउनु पर्ने अवस्थामा रहेका स्थनीय तहले सो अनुसारको प्रणाली र कार्य सम्पादन विधिको निर्माण गर्नुपर्ने देखिन्छ ।त्यसका लागि स्थानीय तहले आफ्नो भूगोल र सामाजिक अवस्था अनुसारको कार्य सम्पादन र सेवा प्रवाहको विधि बनाउने तर्फ अध्ययन गरेर विधि तय गर्नु पर्दछ ।

  • आचार संहिता निर्माण

स्थानीय तहको संचालनका लागि आचार संहिता निर्माण अर्को महत्वपूर्ण पक्ष रहेको छ जसमा आर्थिक ,सामाजिक र व्यवहारिक पक्षलाई ध्यानमा राखेर जनप्रतिनिधि ,कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधि हरुको आचार संहिता निर्माण गर्न सके त्यसले सेवा प्रवाह र कार्य सम्पादनमा एकरुपता ल्याउनका लागि सहयोग पुग्नेछ ।यसमा समय ,अर्थ ,कार्यक्रममा सहभागिता जस्ता मुख्य बुदालाई ध्यानमा राखेर आचार संहिता निर्माण गर्न सकिनेछ ।

  • आर्थिक परिचालन विधि

धेरै स्थानीय तहमा आर्थिक परिचालनको निश्चित विधि र प्रक्रिया नहुदा त्यसले आर्थिक अराजकता र बेथिति सृजना गर्ने देखिन्छ ।त्यसैले आर्थिक सहयोग ,विकासमा बजेट परिचालन , प्राथमिकता को छनौटमा आर्थिक दृस्टीकोण आदिलाई आधार बनाएर आर्थिक परिचालन विधिको निर्माण गर्न सके स्थानीय ले तिरेको कर र सम्पति सहि रुपमा उपयोग हुन् सक्नेछ ।

  • जन सहभागिता

स्थानीय सरकारले ध्यान दिनु पर्ने अर्को मुख्य पक्ष भनेको कार्य सम्पादन र नीति निर्माणमा जन सहभागिता रहेको छ जसले गर्दा स्थानीय तहको हरेक गतिविधिमा जनताले अपनत्व महसुस गर्नेछन भने त्यो सहभागिताले कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नेछ ।जनता आफै सहभागी भएर काम गर्दा तयसको दिगोपन र संरक्षणमा पनि प्रभावकारिता हुने हुनाले स्थानीय तहले जन समर्थन र सहभागिताको निश्चित विधि र प्रक्रिया तह गर्ने किसिमको नीति निर्माण गर्नु पर्दछ ।

 नेपाल अहिले ऐतिहासिक परिवर्तनको प्रस्थान विन्दुमा रहेकोले स्थानीय तहको काम र कार्य क्षमताले यसको आगामी यात्राको गति तय गर्ने हानले सबै स्थनीय तहले सुक्ष्म अध्ययन र सघन छलफल बाट मात्र आफ्ना नीतिहरु तय गर्नुपर्ने देखिन्छ ।यदि आम जनताको सहभागीतामा यस्ता नीति निर्माण हुन् सकेको खण्डमा त्यसको कार्यन्वयनमा पनि सहज हुने देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।