रास्ट्रिय एचआइभी तथा एड्स महासंघले सरोकारवालालाई ११ बुँदे चितवन घोषणाको जानकारी गरायो
कपन अनलाइन
काठमाडौ,फागुन ३।
रास्ट्रिय एच आइ भी तथा एड्स महासंघले चितवन रास्ट्रिय भेलाले पारित गरेको घोषणा पत्रका वारेमा जानकारी गराउनका लागि साझेदार र सरोकारवाला निकाय संग छलफल गरेको छ । चितवन रास्ट्रिय भेलाले पारित गरेका मुख्य बुदाहरुको वारेमा जानकारी दिने तथा संक्रमित हरुका समस्या र मुद्दाको वारेमा जानकारी प्रदान गरिएको सो कार्यक्रममा यस क्षेत्र संग सम्बन्धित विभिन्न सरकारी निकाय ,सहयोगी तथा संचार माध्यमको सहभागिता रहेको थियो ।
महा संघका कार्यक्रम अधिकृत अमृत बिक्रम राइले चितवन घोषणा पत्रमा उल्लेख गरिएका मुख्य विषयहरुका वारेमा जानकारी प्रदान गरेको सो कार्यक्रमको अध्यक्षता रास्ट्रिय एच आइ भी तथा एड्स महा संघका अध्यक्ष अच्युत सिटौलाले गरेका थिए । राईले सो अवसरमा चितवन रास्ट्रिय भेलाले पारित गरेका मुद्दाहरुको वारेमा प्रस्तुतीकरण दिएका थिए भने छलफल मा सहभागीहरुले सो विषय माथि आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा बोल्दै एन सी एस सी का प्रमुख बासुदेव पाण्डेले अव नेपाल सरकार ले आफ्नै पहल र सहयोगमा संक्रमित हरुलाई औसधि को व्यवस्था गर्न लागेको जानकारी दिएका थिए भने उनले २०१६ -२०२१ रणनीति आइसकेको हुनाले यस क्षेत्रको गुणात्मक परिवर्तनमा निकै सहयोग पुग्ने बताएका थिए ।उनले संघियताको मर्म र भावना अनुसार आगमी नीति निर्माण हुने जानकारी पनि दिएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै नानगानका प्रतिनिधिले अव हुने रणनीतिक छलफल र मुद्दा हरुको विषयमा सबै सरोकारवाला र सम्बन्धित पक्षले संयुक्त रुपमा पहल गर्नु पर्ने धारणा राखेका थिए ।उनले अव रास्ट्रिय संजाललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै त्यसका लागि सबैले एकिकृत पहल गर्नु पर्ने बताएका थिए ।
त्यस्तै लिंकेजेज का प्रतीनिधिले चितवन घोषणा पत्रले आगामी दिनमा हुने नीति निर्माणको कामलाई सहयोग गर्ने भन्दै स्थानीय तह संगको सहकार्यमा आफ्ना गतिविधि अगाडी लागिरहेको जानकारी दिएका थिए ।यस घोषणा पत्रले सबै सरोकारवाला निकायको नीति निर्माण गर्ने कार्यलाई आधार तयार गरेको उनको धारणा थियो ।
त्यस्तै ए एच एफका दिपक ढुंगेलले घोषणा पत्रमा उल्लेख भएका प्रावधानहरु लागु गर्नु पर्नेमा जोड दिएका थिए ।उनले विविध प्रचारका मध्यम बाट स्थानीय ठ र सरोकारवाला पक्षलाई यी प्रावधान हरुका वारेमा जानकारी गराउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा एन जी ओ महासंघ र रास्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले पनि संक्रमितहरुका मुद्दा र विषयमा सकारात्मक किसिमले सहयोग गर्ने र उनीहरुका समस्या समधानका लागि पहल गर्ने जानकारी दिएका थिए ।