चम्पादेवी गाउँपालिका ओखलढुंगाको खेलकुद सप्ताह फागुन ७ गते बाट हुने

चम्पादेवी गाउँपालिका ओखलढुंगाको खेलकुद सप्ताह फागुन ७ गते बाट हुने

कपन अनलाइन

काठमाडौ, फाल्गुन ३ ।

चम्पादेवी गाउँपालिका गाउकार्यपालिकालको कार्यलय कालिका ओखलढुंगाको आयोजनामा खेलकुद सप्ताह हुने भेएको छ । उक्त  खेलकुद सप्ताहमा  सहभागी हुन चहाने इच्छुक खेलाडीहरुलाई  सार्बजनिक सूचना मार्फत सहभागी हुन अनुरोध गरेको छ ।

उक्त खेलकुद सप्ताह मा खेलाइने खेलहरु निम्न रहेका छन।

१ खेल : चम्पादेवी गाउपलिका खुल्ला रनिंग शिल्ड भलिबल प्रतियोगिता

खेल हुने स्थान गोल्मादेबी प्रा.बि सिमलटार चम्पादेवी २ पलापू ओखलढुंगामा संचालन हुनेछ । सो खेलमा  दर्ता गर्न चाहनेले फाल्गुन ६ गते बिहान १० बजे देखि ३ बजे सम्म गर्न सक्ने जनाइएको छ। साथै उक्त खेल फाल्गुन ७ गते सुरु हुने खेलको टिम दर्ता शुल्क ५ हजार रहेको छ।

उक्त खेलमा प्रथम हुने टिमले नगद रु ७० हजार,दितीयले नगद ५० हजार ,तितिय हुने टिमले नगद३० हजार र सान्त्वना पुरस्कार नगद १० हजार प्राप्त गर्नेछन भने बेस्ट स्ट्राइकर,बेस्ट प्लेयर र बेस्ट डिफेन्डरले  २५ सय नगद सहित मेडल र  प्रमाण पत्र प्राप्त गर्नेछ ।

खेल २  : चम्पादेबी गाउपलिका म्याराथुन दौड पर्तियोगिता पालिका स्तरीय उक्त खेल चम्पादेबी गाउपलिका  कार्यालय कालिका देखि घोरा खोरी सम्म संचालन हुनेछ ।

उक्त खेलमा १८ वर्ष देखि ४० वर्षसम्मको खेलाडीले सहभागीता जनाउन सक्छन नागरिकता र निरोगिताको प्रमाण पत्र ल्याउनु पर्नेछ।  टिम दर्ता शुल्क १५ सय तोकिएको छ टिम दर्ता गर्ने मिति फाल्गुन ८ गते सम्म रहेको छ ।

उक्त खेलमा प्रथम हुनेले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र रहेको छ भने दितीय र तितिय हुनेले क्रमश १० हजार र ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

खेल ३

४० वर्ष भन्दा माथि उमेर समुहका चम्पादेबी गाउ पालिका म्याराथन दौड प्रतियोगिता पालिका स्तरीय खेल हुने स्थान चम्पा देबी गाउपलिकाको कार्यालय देखि घोरा खोरी सम्म सहभागीता जनाउन सक्छन । खेलमा सहभागी हुनेले नागरिकता र निरोगिताको प्रमाण पत्र ल्याउनु पर्नेछ । टिम दर्ता शुल्क १५ सय तोकिएको छ। टिम दर्ता गर्ने मिति फाल्गुन ८ गते सम्म रहेको छ। उक्त खेलमा प्रथम हुनेले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र रहेको छ भने दितीय  तितिय र चौथो हुनेले क्रमश १५ हजार  १० र ५  हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

खेल ४ : सट पुट पालिका स्तरीय

खेल हुने स्थान घोराखोरी टिम दर्ता शुल्क २०० रहेको छ भने टिम दर्ता गर्ने मिति फाल्गुन ८ गते सम्म रहेको छ।

उक्त खेलमा प्रथम हुनेले  नगद ५ हजार सहित मेडल र प्रमाण पत्र  प्राप्त गर्नेछ भने दितिय र तृतीय हुनेले  क्रमश नगद ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

खेल ५ : बोको झुन्ड्याउने (पालिका स्तरीय )

खेल घोराखोरीमा हुनेछ भने त्यसमा शहभागी हुन चाहानेले टिम दर्ता शुल्क २ सय कायम गरिएको छ टिम दर्ता गर्ने अन्तिम मिति फाल्गुन ८ गते सम्म रहेको छ

खेल: बौद्धिक सर्कल हाजिरीजवाफ

खेल हुने स्थान घोरापोखरीमा हुने टिम दर्ता शुल्क ५०० रहेको छ ।एक टिममा  ३ जना सहभागी हुन सक्नेछन जसमा एक जना महिला अनिबार्य रहेको छ ।टिम दर्ता गर्ने अन्तिम मिति फाल्गुन ८ गते सम्म रहेको छ सो खेलमा प्रथम पुरस्कार नगद ७ हजार सहित मेडल र प्रमाणपत्र रहेको छ । दितीय र तृतीय क्रमश ३ हजार, र २ हजारसहित मेडल र प्रमाण पत्र रहेको छ ।

खेल ७: अपांगहरुको हाजिरीजवाफ

खेल हुने स्थान घोरखोरी सो खेलमा सहभागी हुनको लागि अपांगता भएको प्रमाणपत्र ल्याउनु पर्नेछ।

टिम दर्ताको लागि १सय रुपैया लाग्नेछ ।

सो खेलमा एक टिममा ३ जना सहभागी गराइनेछ। टिम दर्ता गर्ने अन्तिम समय फाल्गुन८ गते सम्म रहेको छ भने उक्त खेलमा पुरस्कारनगद ७ हजार सहित मेडल र प्रमाणपत्र र अक्सफोर्ड डिक्सनेरी प्राप्त  गर्नेछ।  दितीय र तृतीय हुनेले क्रमश नगद ३ हजार र २ हजार  सहित मेडल र प्रमाणपत्र सहित अक्सफोर्ड डिक्सनेरी प्राप्त गर्नेछ।

खेल ८: हाते कुस्ती

खेल हुने स्थान धाराखोरी

उक्त खेल हुने स्थान घोराखोरीमा संचालन हुनेछ ।

टिम दर्ता शुल्क रु २०० सय तोकिएको छ । सो खेलमा प्रथम हुने ले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दितीय हुनेले नगद ३ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

खेल ९: तान डोरी

खेल  घोराखोरीमासंचालन हुनेछ भने उक्त खेलको एक टिममा ७ जना खेलाडी हुनु पर्नेछ।  टिम दर्ता गर्ने शुल्क रु ५ सय  लाग्नेछ भने टिम दर्ता गर्ने अन्तिम समय फाल्गुन ८ गते सम्म रहेको छ।

उक्त सम्पूर्ण खेलमा सहभागी हुने आयोजकले सार्बजनिक सुचना मार्फत अनुरोध गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।