बुढानिलकण्ठ नगरपालिका वडा नं १३ वटाबुँ कल्भर्ट निर्माण हुदै
कपन अनलाइन
काठमाडौ,माघ २७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ वटाबुँ कल्भर्ट निर्माण कार्य भैरहेको छ । सो स्थानमा आवतजावतको सहजताका लागि स्थानीयको पहलमा वडा नं १३ को रु १५००००० सहयोगमा सो कल्भर्ट निर्माण गर्न लागिएको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का विभिन्न स्थानमा विकास निर्माणका कार्य अगाडी बढिरहेको र अझै वडालाई सम्मुनत बनाउन पहिला भौतिक निर्माणलाई प्राथमिकता दिएको अध्यक्ष श्री कृष्ण श्रेष्ठले बताए ।
वटाबुँ कल्भर्ट निर्माण सम्पन्न भए पछी सो क्षेत्रमा आवतजावत र अन्य यातायातको लागि सहज हुनुका साथै त्यस क्षेत्रको आर्थिक र अन्य गतिविधिमा समेत सहयोग पुग्ने स्थानीय कल्भर्ट निर्माण समितिका सचिव नविन श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया ।