टोखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत केशब प्रसाद बिमली

टोखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत केशब प्रसाद बिमली

कपन अनलाइन

काठमाडौ,माघ २७  ।

टोखा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा  केशब प्रसाद बिमली रहेका  छन। माता  स्व. टिका देबी बिमली र पीता स्व. राम चन्द्र बिमली ३ जना  सन्तान मध्ये जेठो सन्तानको रुपमा झापामा साबिक बुधबारे  गाबिस  वडा नं ५ हाल बुद्द शान्ति गाउपलिकामा   सामन्य कृषक परिवारमा जन्मिएका केशब प्रसाद बिमलीले आफ्नो प्राम्भिक शिक्षा बुधबारे कै श्री बुद्द आदर्श माध्यमिक बिद्यालय बाट सुरु गरेका थिए ।  उनले सोहि बिद्यालय बाट २०४० सालमा एस एल सी उत्तीर्ण गरेका थिए भने २०४१ सालमा स परिवार काठमान्डौ आएको बताउछन ।

उनले उच्च शिक्षा काठमाडौमा रहेको नेपाल ल क्याम्पसबाट ४१ साल बाट सुरु गरेका उनले २०४७ सालमा बि यल उत्तीर्ण  गरेका थिए ।आफ्नो स्नातक  तह सके पछि लोकसेवाको तयारीमा लागेको बताउने उनले उनले आफ्नो पढाई स्नातकोत्तर सम्म गरेका छन।

२०४६ सालमा पढ्दा पढ्दै सालमा लोक सेवाको खुल्ला प्रतिष्पर्धा  बाट नायब सुब्बा नाम निकालेर आवास तथा भौतिक योजना मन्त्रालय बाट  सरकारी सेवा प्रवेश गरेका थिए ।

त्यहा बाट सरुवा भएर तेह्रथुम गएको बताउने उनले २० ५१सालमा लोक सेवाको  खुल्ला प्रतिस्पर्धा मार्फत   सालमा नेपाल सरकारको अधिकृतमा नाम निकाल्न सफल भएका थिए नाम निकाले पछी  उनको पोस्टिंग संसद सचिवालयमा भएको थियो ।उनले त्यहा करिब ८ वर्ष काम गरि अनुभव हासिल गर्ने मौका पाएको बताउछन् ।

उनले २०५९ सालमा आफु कृषि बिभागमा डेढ वर्ष  रहेर काम गरेको र  पछि स्थानीय विकास मन्त्रालय अन्तर्गत सरुवा भएर सिराह मा २०६०मा योजना अधिकृतको रुपमा  योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा काम गरेको समेत अनुभव संगालेका छन् ।त्यहा उनले करिब २ वर्ष काम गरे। त्यहा बाट उनको सरुवा सोहि पदमा बिरगंज सरुवा भएको बताउछन् ।

उनले त्यतिखेर सरुवा हुने कारण तत्कालीन शाहीकालको क्षेत्रीय र अंचल प्रशासकको घटना पनि जोडिएको बताउदै  त्यतिखेर ७ दिनसम्म उनीहरुले भनेको काम नगरेको कारणले कानुन बिधि भन्दा बाहिर गएर आफुले काम गर्न नसक्ने भन्ने जानकारी दिएपछि आफुलाई  बेपता पारेको नमिठो अविस्मरणीय क्षण रहेको पनि बताए ।

उनले त्यतिखेर उनीहरुले बिना जानकारी बिना कानुनि आधार  बिभिन्न ठाउमा थुन्ने लाने धम्कि दिने मानसिक यातना दिने सम्मको काम गरेको बताए। पछि विभिन्न मिडिया मार्फत आफन्तले थाहा पाएर  आफुले छुट्कारा पाएको नमिठो अनुभव रहेको पनि सुनाए। सोहि  कारणले आफुलाई बिरगंज सरुवा गरिएकोर त्यहा दुइवर्ष बसेको  समेत बताउछन् । त्यसपछि उनको सरुवा दोलखा जिल्ला विकास समितिमा भएको र त्यहा पनि उनले दुइ वर्षा सेवा गरेका थिए।

त्यहा बाट  २०६५ सालमा  आन्तरिक बढुवा भएर उपसचिव भएको तर त्यसमा मुद्दा परेर २०६६ सालमा मात्रै नियुक्ति पत्र पाएको उनले  २०६६ सालदेखि आफु पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयमा २०७२ साल असोज कार्तिक सम्म त्यहा रहेर काम गरेर अनुभब हासिल  गरेका थिए। त्यहा बाट फेरी स्थानीय विकास मन्त्रालयको स्थानीय विकास अधिकारीको  रुपमा कैलाली जिल्लामा करिब दुइ वर्ष रहेर कम गरेको र हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा टोखा नगरपालिका को  जिम्मेवारी निर्वाह गर्दै आएका छन्  ।आफ्नो सेवाको दौरानमा  उनले जापान ,कोरिया कम्बोडिया भियतनाम लाओस थाइल्याण्ड,जर्मनको  समेत भ्रमण गरेका छन् ।

टोखा  नगरपालिकाको सेवा प्रवाहमा पारदर्शिता र प्रभाव कारितालाई प्राथमिकता सुचिमा राखेर काम गर्ने योजना बनाएका  केशब  बिमली ले नगर परिषद बाट पारित भएका योजना कार्यन्वयनमा जोड दिने कपन अनलाइनलाई बताए ।

उनले नगर सभा संचालन कार्यविधि देखि लिएर धेरै नियम र कानुनहरु नगरपालिका संचालनका लागि बनाउनु पर्ने अवस्था रहेको बताए । त्यसमा ठुलो चुनौती रहेको त्यसमा दक्ष कर्मचारीको अभाब भएकै कर्मचारीको क्षमता अभिबृद्धि गरेर अघि बढ्नु पर्ने चुनौती पनि रहेको बताए। त्यसो गर्दा समय पनि लाग्ने अवस्था रहेको त्यसो हुनाले यो साल उपलब्धि अलिकम हुने बताउदै सबै भन्दा पहिले नगर क्षेत्रको सुचना आवश्यक रहेको हामी कुन अवस्थामा छौ कहाँ कहाँ केके छ  सडकको अवस्था के छ पानी ढलको अवस्था के छ पूर्वाधार को अवस्था कस्तो छ सामजिक बिकासको क्षेत्र  अवस्था कस्तो छ कति जनशंख्या बस्छन् कसले के काम गर्छन त्यो सबै भएको  सुचना पहिले आवश्यक रहेको जुन कुरा नगरपालिकामा नभएको हुनाले नगर प्रोफाइल निर्माणको धारणा राखेको उनले कपन अनलाइनलाई बताए।

तर नगर प्रोफाइलमा थोरै बजेट भएकोले झारो टार्ने खालको मात्र बजेट भएकोले राम्रो नगर प्रोफाइल बन्दैन भन्ने आफुलाई लागेको बताए। साथै उनले शासन कायम गर्ने प्राथमिकता सूचिको पहिलो काम हुने र आफ्नो कार्यकालमा जनप्रतिनिधि संग समन्वय गरि जनहित र सरल सेवा प्रदान गर्न सक्रीयता पुर्वक लाग्ने उनले प्रतिवदत्ता पनि व्यक्त गरेका  छन ।

तपाइँको प्रतिक्रिया ।